विराटनगर । विराटनगरमा होटल सञ्चालक माथि खुकुरी प्रहार भएको छ । विराटनगरको भूमी प्रशासन चोकमा रहेको मुन होटल तथा गीत गजलका सञ्चालक दिलिपकुमार भगतमाथि खुकुरी प्रहार भएको हो ।खुकुरी प्रहारबाट भगतको देब्रे हात र शरीरको अन्य भागमा चोट लागेको छ । उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका उनकाे अवस्था सामान्य छ । गीत गजलमा […]

डडेल्धुरामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १० ७८ नम्बरको बस डडेल्धुरा अमरगढी नगरपालिका ७ मा दुर्घटना भएको हो । मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका-३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको […]

डडेल्धुरामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १० ७८ नम्बरको बस डडेल्धुरा अमरगढी नगरपालिका ७ मा दुर्घटना भएको हो । मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका-३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको […]

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । आज (मंगलबार) राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ । निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा १ रुपैयाँ र डिजेल र मट्टितेलको […]

खोटाङमा भूकम्प गएको छ । गएराति साढे १० बजे खोटाङ केन्द्र बनाएर भूकम्प गएको हो । कुविन्डे आसपास केन्द्र बनाएर राति १० : ३२ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

गत असोज २४ गते बिहीबार फूलपाती देखि प्रदर्शन भइरहेको फिल्म ‘ज्वाइँ साब’ ले शो पाएका हलमा हाउसफूलका साथ व्यापार गरिरहेको छ। अन्य दुई फिल्म ‘छक्का पन्जा ५’ र १२ गाउँ’ भन्दा कम शो पाए पनि ‘वर्ड अफ माउथ’ ले गर्दा फिल्मप्रति दर्शकको क्रेज बढ्दै गएको निर्माण पक्षले जनाएको छ। वसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’ […]

तोमनाथ उप्रेती अहंकार अज्ञान हो, आसुरी हो, विनाश हो, पतन हो ।अहंकार आफु अरु भन्दा श्रेष्ठ हु भन्ने भावना हो हो । ‘ आफुले आफुलाई सर्वगुण सम्पन्न र अति जान्ने सुन्ने मान्ने प्रवृति हो अहङ्गार । आफ्नो मात्र मानसम्मान, सुखसुविधा र प्रगतिमा आफुलाई केन्द्रीत राख्छ अहङ्गारले । प्रत्येक व्यक्तिमा चरित्र, धन तथा भोग , शक्ति, […]

काठमाडौं । सुख्खा पहिरोका कारण पुनः अवरुद्ध भएको बीपी राजमार्गमा आज(सोमबार) साँझदेखि रुट अनुमति लिएका गाडीहरु चल्न सुरु भएको छ । असोज ११ र १२ गतेको वर्षाले राजमार्ग अवरुद्ध थियो । राजमार्गमा ट्र्याक खोलेर साना गाडीहरु चल्न दिइएको हो ।चौकीडाँडा र माम्ती खोलाको नजिकको डाईभर्सन सुधार गरेर साँझदेखि रुट अनुमति लिएका गाडीहरु चल्ने सडक डिभिजन […]

काठमाडौं । कीर्तिमानी पर्वतारोही दावा याङजुम शेर्पासहितको टोली काठमाडौं उत्रिएको छ । शेर्पा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी छिन् ।३३ वर्षीया शेर्पाको टोलीले हालै तिब्बतस्थित ८ हजार २७ मिटर अग्लो शिशपाङ्मा हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । उनीसहित निमा रिन्जि शेर्पा, मिङमा ग्याल्जी […]

जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन्  ।राम्रोसँग बोल्न नसक्ने महिलामाथि जबरजस्ती करणीको आरोपमा हरिनास गाउपालिकाका-४५ वर्षीय टुकबहादुर थापा पक्राउ परेका हुन् । हरिनास-४ का थापाले ती महिलालाई साँझ ५ बजेतिर ललाई फकाई जंगलतीर लगेपछि धक्याएर जबरजस्ती गरेको प्रहरीले जनाएको छ। थापालाई असोज २५ गते पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए।

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।