स्थानीय तह
स्थानीयका २५ कर्मचारी बढुवाका लागि सिफारिस भएका छन् । गण्डकी प्रदेशमा कार्यरत स्थानीय प्रशासन,स्थानीय स्वास्थ्य र कृषि सेवाका २५ कर्मचारीलाई बढुवाका लागि सिफारिस गरिएको हो । बढुवा सिफारिसमा परेका कर्मचारीहरुमा स्थानीय प्रशासन सेवातर्फका ३,स्वास्थ्य सेवातर्फका १९,कृषि सेवा समूहतर्फका ३ जना कर्मचारी रहेका छन् । उनीहरुलाई जेष्ठता,कार्यक्षमता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको हो । […]
उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई सामुदायिक विद्यालयबाट भाडामा लिएका सटर बन्द नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश लेखनाथ पौडेलको इजलासले असार ७ सगतेम्मका लागि सामुदायिक विद्यालयले भाडामा लगाएका सटर बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार असार ७ मा नै अन्तरिम आदेशको छलफलका लागि काठमाडौं […]
अख्तियारले अर्काे स्थानीय तहको तत्कालीन अध्यक्ष,उपाध्यक्ष,कर्मचारी सहित १४ उपर भ्रष्टाचार मुद्धा चलाएको छ । अख्तियारले नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभाकुमारी यादव भन्ने शोभा कुमारीसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, लेखापाल सोमप्रसाद आचार्य, इन्जिनीयर कृष्णा साह, सब इन्जिनियर सन्तोषकुमार यादव समेत १४ जनाउपर सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । […]
उत्तरी छिमेकी मुलुकसँग सीमाना जोडिएको जिल्ला रसुवाको एक पालिकाका अध्यक्ष तथा नेकपा एमाले रसुवाका उपाध्यक्षका गतिविधि शंकास्पद् देखिएको छ ।चीन विरोधी गतिविधि गरिरहेका धार्मिक नेता दलाई लामाको शरणमा रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ पुगेसँगै अहिले उनका गतिविधिको आलोचना हुन थालेको हो । तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामा र रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका […]
निजामती प्रशासन किन यसरी बुटिलिँदै र गन्हाउँदै गयो ? कर्मचारीहरुलाई मालदार ठाउँ नै चाहिने,ऐन,कानुन मिचेर लामो हात गरी कुस्त कमाइहाल्नुपर्ने,मन्त्री देखि जनप्रतिनिधिहरुका एसम्यान बन्नु पर्ने र सात पुस्ताले पुग्ने गरी धन थुपारीहाल्नु पर्ने रोगका कारण निजामती प्रशासन बदनाम खेप्दैछ । जस्तो :- सोमबारमात्र अख्तियारले दुई उपसचिवलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा चलायो । जसमा एक छन्,कृष्णदेव […]
स्थानीय तहमा स्वीकृत दरबन्दीभन्दा ३२ हजार ७६९ कर्मचारी कम रहेको लोकसेवा आयोगले जनाएको छ । आयोगको पछिल्लो प्रतिवेदन अनुसार,६५ हजार ६०४ स्वीकृत दरबन्दी रहेको स्थानीय तहमा अहिले ३२ हजार ८३५ कर्मचारी कार्यरत छन् । यो भनेको स्वीकृत दरबन्दीभन्दा ३२ हजार ७६९ कर्मचारी कम हो । आयोगको तथ्यांक अनुसार,विविध सेवातर्फ ११९५ कर्मचारी दरबन्दी स्वीकृत गरिएको भए […]
काठमाडौँ महानगरपलिकाकाका मेयरका रुपमा वालेन साह आएसँगै चालु शैक्षिक सत्रमा झण्डै १९ हजार विद्यार्थीले छात्रवृत्ति पाएका छन् । काठमाडौं महानगरपालिका शिक्षा शाखाका अनुसार ४७३ विद्यालयले छात्रवृत्ति विवरण पेश गरेका छन् । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७४ शिक्षा नियमावली, २०५०, काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा काठमाडौँ महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार महानगरपालिका […]
स्थानीय तहका डन कर्मचारीका रुपमा चिनिएका सहसचिव वीरेन्द्रदेव भारती ‘गोदावरीकाण्ड’मा परेर निलम्बनमा परेका छन् । हाल भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका भारतीलाई समेत प्रतिवादी बनाएर अख्तियारले मुद्धा चलाएसँगै उनी स्वत निलम्बनमा परेका हुन । सरकारले गत वै्रशाखमा २८ सहसचिवको सरुवा गर्दा एक जना सहसचिवलाई महानगरपालिकाबाट महानगरपालिकमै खटाएको छ,प्रमुख प्रशासकीय अधिकृतको रुपमा । ललितपुर महानगरपालिकाको […]
निजामती प्रशासन किन यसरी बुटिलिँदै र गन्हाउँदै गयो ? कर्मचारीहरुलाई मालदार ठाउँ नै चाहिने मौका पाएपछि कुस्त कमाइहाल्नुपर्ने रोगका कारण निजामती क्षेत्र कसरी रसातालमा भासिदैंछ,केही उदाहरण हेरौं जस्तो : सोमबारमात्र अख्तियारले दुई उपसचिवलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा चलायो । जसमा एक छन्,कृष्णदेव जैसी अनि अर्काे विश्वराज मरासिनी । यी दुबै स्थानीय तहका ’डन’ कर्मचारी थिए […]
रसुवा जिल्लाका ५ स्थानीय तहलाई सङ्घीय सरकारबाट रु १ अर्व ९ करोड ८४ लाख अनुदान बजेट पाउने भएका छन् । जिल्लाका पाँच गाउँपालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष ८१/ ८२ का लागि समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक शीर्षकमा यो बजेट पाउने भएका हुन । पाँच पालिकामध्ये सबैभन्दा धेरै अनुदान उत्तरगया गाउँपालिकाले पाउने छ […]