कर्मचारी वृत्तमा अनेकन नमुनाहरु देखा पर्दछन्,यस्तै नमुना अधिकृतले सरकारी कागजपत्र कीर्ते गरेर प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिएको खुलेपछि उनीमाथि सरकारी कागजात कीर्ते प्रकरणमा अनुसन्धान अगाडि बढेको छ । अधिकृत सातौं तहका कर्मचारी,सोही पालिकाको सबैभन्दा बरिष्ठ । उनलाई प्रमुख प्रशासकीय अधिकृत हुने रहर जाग्यो,प्रशासनिक र पूर्ण आर्थिक अधिकारसहितको । सोही रहर पूरा गर्न पालिकाले यस अघि […]

विशेष अदालतले सडक निर्माणमा भएको एउटा भ्रष्टाचारको मुद्धामा प्रमुख प्रशासकीय अधिकृतलाई सफाइ दिएको छ भने इञ्जिनियर र सब इञ्जिनियरलाई भ्रष्टचारी ठहर गरेको छ । सडक निर्माणको क्रममा अनियमितता गरेको आरोपसहित अख्तिायरले प्रमुख प्रशासकीय अधिकृत, इञ्जिनियर, सब इञ्जिनियर,वडा अध्यक्ष लगायतलाई प्रतिवादी बनाएर अख्तियारले भ्रष्टाचार मुद्धा चलाएको थियो । अख्तियारले गत ११ माघमा डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिकाको […]

कीर्ते काण्डमा जोडिएका वडा सचिव पक्राउ परेका छन् । उनलाई कीर्ते प्रकरणमा जिल्ला प्रहरी कार्यालय रसुवाले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले गोसाइकुण्ड गाउँपालिका २ नम्बर वडाका सचिव वाङदी तमाङलाई प्रहरीले आज रसुवाबाटै पक्राउ गरेको हो । सरकारी राजश्व आफ्नै व्यक्तिगत खातामा दाखिला गर्नेदेखि जनप्रतिनिधिको सिग्नेचर कीर्ते गरेर बदमासी गर्दै आएका वडा सचिव वाङदी […]

मुलुकका झण्डै एक तिहाई स्थानीय तह निमित्त हाकिमको भरमा चलिरहेको छन् । देशभरका ७५३ स्थानीय तहमध्ये ३२ प्रतिशत स्थानीय तह निमित्तको भरमा सञ्चालन भइरहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार,२३८ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको पदपूर्ति हुन सकेको छैन । प्रमुख प्रशासकीय अधिकृत नभएपछि ती पालिका निमित्तको भरमा चलिरहेका छन् । यसरी […]

बुटवल उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार नगरसभाको १५औ अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरणको विकास गरी बस्नयोग्य सहर बनाउने मूल ध्येय रहेको बताए । उनले बुटवललाई सबै जातजातिले अपनत्व गर्नसक्ने साझा सांस्कृतिक सहरका रुपमा स्थापित गर्ने […]

ऋषि भट्टराई रुपन्देहीको सियारी गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुधबार सियारी गाउँपालिकाको पन्धौं गाउँसभामा गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले नीति तथा कार्यक्रम पेश गरेका हुन् । १५६ बुँदामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक रूपान्तरणका माध्यमबाट विद्यमान गरीबी, असमानता तथा बेरोजगारीको […]

सांसदहरुले स्थानीय सेवाका कर्मचारहिरुलाई पनि निजामतीभित्र समेट्न माग गरेका छन् । विभिन्न १२४ समूहमा सांसदहरुले एक हजार ५८३ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि संशोधन प्रस्ताव हालेका कतिपय सांसदहरुले प्रदेश र स्थानीय तहका कर्मचारीहरुलाई समेत निजामती सेवाभित्र समेट्न माग […]

कर्णाली प्रदेश सरकारले स्थानीय सेवा ऐन ल्याउने तयारी गरेको छ । सोही ऐनको तयारी स्वरुप स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा बनेको विधेयक–२०८१ प्रदेश सभामा दर्ता गराइएको छ । सभामा दर्ता गराइएको विद्येयकका १३९ वटा दफा रहेका छन् । विधेयकको परिच्छेद–१ को ६ नम्बर बुँदामा कार्य विवरण र कार्य सम्पादन सम्बन्धी व्यवस्था गरिएको […]

पछिल्लो समय एक पछाडि अर्काे स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु भ्रष्टाचार मुद्धामा तानिरहेका छन् । यही आर्थिक बर्षमा मात्र ४५ जना प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा चलेको छ । तिनै प्रमुख प्रशासकीय अधिकृतको भीडमा अर्काे शाखा अधिकृत पनि थपिएका छन् । अख्तियारले मकवानपुरको मनहरी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलाई भ्रष्टाचार मुद्धा चलाएको हो । अख्तियारका […]

भ्रष्टाचार मुद्धा लागेर तीन वटा नगरपालिकाको प्रमुख उपप्रमुख निलम्बनमा परेका छन् । यही महिनामात्र गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जन र उपमेयर मुना नेपालसहितका १४ विरुद्ध भ्रष्टाचार मुद्धा चलेर उनीहरु निलँम्बनमा छन् । यस्तै बाग्मती गाउँपालिकाको मेयर,उपमेयर नै भ्रष्टाचार मुद्धामा परेर निलम्बनमा परेका छन् । यस्तै महोत्तरीको जलेश्वर नगरपालिका प्रमुख र उपप्रमुख भ्रष्टाचार आरोपमा निलम्बनमा परेपछि […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।