स्थानीय तह
मुकेश कुमार यादव/ सिरहा। पछिल्लो समय स्थानीय तहमा वेथिती व्यापक रुपमा मौलाएको छ। स्थानीयतहको जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा स्थानीय तहमा हुने वेथिती आफैमा अत्यासलाग्दो छ। यसको सानो उदाहरण सिरहको अर्नमा गाउँ पालिका हो। यो पलिकाले योजनाहरुको काम सम्पन्न नै नगरी रकम निकाशा दिएको छ। पालिका अध्यक्ष र प्रशासकीय अधिकृतले कानुन विपरित योजनाका कामहरु सम्पन्न नै […]
कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनको शोकमा आज काठमाण्डौ उपत्यकाभित्रका सबै पालिका र पालिका मातहतका निकायमा सार्वजनिक बिदा भएको छ । काठमाण्डौ उपत्यका मेयर्स फोरमले मेयर नकर्मीको निधनमा काठमाडौं, ललितपुर र भक्तपुरका पालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । लामो समयदेखि मिर्गाैलाको समस्याबाट पीडित कीर्तिपुरका मेयर नकर्मीको उपचारको क्रममा अस्ति शनिवार बेलुका निधन भएको […]
रसुवा जिल्लास्थित नौकुण्ड गाउँपालिकाका अध्यक्ष नर्वु स्याङ्बो घलेलाई सरकारी वकिल कार्यालयले अदालतमा मुद्धा चलाएको छ । गत शनिवार गाउँपालिका अध्यक्ष घलेको बूढानिलकण्ठस्थित घरमै जुवा खेलिरहेको अबस्थामा प्रहरीले उनीसहित १० जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरी टोलीले नगद १ लाख ३६ हजार ५ सय रुपैयाँसहित जुवा खेल्न प्रयोग हुने क्वाइन ३७ वटा र ६ बुक तास […]
एमालेलाई भ्रष्ट कर्मचारी कति प्यारा हुँदा रहेछन् भन्ने एउटा ताजा उदाहरण देखिएको छ । अहिले पर्सा जिल्लाबाटै तीन जना संघीय मन्त्री छन्,जसमध्ये संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको कुर्सीमा छन्,राजकुमार गुप्ता । उनै गुप्तालाई प्रयोग गरेर एमालेका जनप्रतिनिधिहरुले भ्रष्टाचार मुद्धा खेपिरहेको एक कर्मचारीलाई टिपेर पालिकामा पु¥याएका छन् । एमालेका मन्त्रीलाई प्रयोग गरेर माओवादीका जनप्रतिनिधि भएको स्थानीय […]
रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकाको अध्यक्ष चार दिनदेखि प्रहरीको चिसो सिढिमा छन् । गत शनिवार राति बूढानीलकण्ठ–१० स्थित एक घरको जुवाखालबाट पक्राउ परेका नौकुण्ड गाउँपालिकाको अध्यक्ष नुर्वु घलेलाई अनुसन्धानका निम्ति उनलाई हिरासतमा राखिएको हो । अध्यक्ष घले शनिबारदेखि प्रहरीको हिरासतमा रहेका छन् ।प्रहरीले जुवा खालबाट १ लाख ३५ हजार नगद बरामद गरेको जनाएको छ । सोही […]
काठमाडौंका मेयर वालेन साहको निर्णयको विरुद्धमा वडा अध्यक्ष सडकमा आएका छन् । न्युरोडमा फुटपाथ विस्तारको निर्णय फिर्ता लिन माग गर्दै आन्दोलनको नेतृत्व गरिरहेका काठमाडौँ महानगरपालिका २२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जनले सडकमै टेबलकुर्सी राखेर काम शुरु गरेका छन् । धर्मपथ सडकखण्डबाट नेपाल बैंक जाने बाटोमा पाल टाँगी टेबलकुर्सी राखेर उनले त्यहिँबाट वडाको काम गर्न लागेका […]
एमालेका मन्त्री आउने वित्तिकै माओवादी मेयर र उपमेयर भएका पालिकाहरु पेलानमा पर्न थालेका छन् । त्यसकै उदाहरण हो :-जितपुर उपमहानगरपालिका । हालैमात्र माओवादी र एमालेको गठबन्धन फेरिएर काँग्रेस एमाले गठबन्धन बनेको छ र संघीय मन्त्रालयको पेलानमा पर्न थालेको छ माओवादीका मेयर रहेका स्थानीय तहहरु । नवनियुक्त मन्त्री राजकुमार गुप्ताले समेत कर्मचारी सरुवा प्रक्रिया मिचेर नगर्ने […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८०/ ८१ र अघिल्लो आर्थिक बर्ष ७९/ ८० को कार्यसम्पादन मूल्यांकन गर्न वा गराउन परिपत्र गरेको छ । मन्त्रालयले ७६ असार १६ को मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार,चालु आर्थिक बर्षको कार्यसम्पादन गर्न वा गराउन सातवटै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,प्रदेशका मन्त्रालय,आयोग सचिवालय,निर्देशनालय र कार्यालयहरुलाई साउन १ गतेको सचिवस्तरीय निर्णय अनुसार कासमू […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्ष दिनमै ४८ जना प्रमुख प्रशासकीय अधिकृतलाई भ्रष्टाचार मुद्धा चलाएको छ । अघिल्लो आर्थिक बर्ष र चालु आर्थिक बर्षको असार मसान्तसम्ममा स्थानीय तहमा भ्रष्टाचार,अनियमिततासम्बन्धी ८१ वटा मुद्धा दायर भएकोमा ४८ जना प्रमुख प्रशासीकय अधिकृतलाई समेत प्रतिवादी बनाएर अख्तियारले विशेषमा मुद्धा चलाएको हो । सार्केगाड गाउँपालिका हुम्लाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर […]
पढाईमा मात्र अब्बल भएर के गर्नु,कार्यसम्पादनमा खोट देखिएपछि ! अहिले यस्तै प्रश्न उठाउन थालिएको छ,काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत तथा कान्छो सहसचिवका रुपमा आफूलाई चिनाउन चाहने प्रदीप परियारप्रति ।उनी उक्त पालिकाको प्रमुख प्रशासकीय अधिकृतको कुर्सीमा छन्,६ महिनादेखि तर पालिकाको पूँजीगत खर्च २९ प्रतिशत पनि कटेको छैन । यस्मा दोष कस्को एक्ला वालेन साह,सुनिता डंगोल,जनप्रतिनिधिहरुको मात्र […]