प्रत्यक्षतर्फ एकलौटी जित निकालिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकमा पनि त्यसैगरी अघि बढेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको ताजा मतपरिणाम अनुसार करिब ७ लाख भोट गणना हुँदा रास्वपाले ५० प्रतिशत बढी मत पाएको छ ।
बिज्ञापन
बेलुका ६ बजेसम्म कूल गणना भएको ६ लाख ७० हजार मतमध्ये रास्वपाले मात्र ३ लाख ६३ हजार २७१ मत पाएको हो ।
यसैगरी नेपाली कांग्रेसले १ लाख १७ हजार ९ सय ४३ मत सहित दोस्रो स्थानमा रहेको छ भने नेकपा एमालेले हालसम्म समानुपातिकतर्फ ९२ हजार १ सय ३९ मत पाएको छ ।
यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले हालसम्म ४२ हजार ८ सय ६४ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २७ हजार ८८६ मत पाएको छ ।
बिज्ञापन
यसैगरी श्रम संस्कृति पार्टीले ११ हजार ८०६ समानुपातिक मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन पार्टीले १३ हजार ४४९ मत पाएको आयोगले जनाएको छ ।


























