बिजनेस/अर्थ
मधुमास भनिने १०० दिन प्रचण्ड सरकारका लागि कहाँबाट गणना गर्ने ? पुस १० गतेबाट कि फागुन ११ गतेबाट ? ‘बालकोटका बार्दली बा’ ले समर्थन दिएर प्रधानमन्त्री बनाइदिएका दिनबाट कि कांग्रेसले प्रचण्डलाई एमालेको पोल्टाबाट खोसेर आफ्नो खोकिलामा लुकाएको दिनबाट ? खासमा यो एउटै सरकार हो कि दुइटा ? राजनीतिक, नैतिक र नीतिगत आधारमा प्रचण्डलाई कसको सरकार […]
उनले दुवैलाई केही दिन खबर चक्रबाट पूर्णरुपमा विश्राम दिन चाहेका थिए । किनकि, दुवैको मानसिक स्वास्थ्य अवस्थाबारे उनी चिन्तित थिए । उनले ती दुई पत्रकारलाई बिदा बस्न मात्र भनेनन्, समाचारका स्रोत र सामाजिक सञ्जालबाट पनि टाढा रहन भनेका थिए । कारण – सेखरीले आफ्ना संवाददातामा ट्रमाको संकेत देखिरहेका थिए । हिंसात्मक घटना भएका स्थानमा लामो […]
मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको छ । ज्ञानेन्द्र शाही राजावादी र सामन्तवादी भएको भन्दै मिटर ब्याज पीडितहरुले उनीबिरुद्ध नाराबाजी गरेका हुन् । आफूहरुले नागरिक आन्दोलन गरेको भन्दै उनीहरुले राजावादी र सामन्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने बताए । बिहान टंगालमा धर्ना बसेका उनीहरु भद्रकाली हुँदै माइतीघर मण्डलामा […]
आगामी १० वैशाखमा हुने तीन निर्वाचन क्षेत्रको उपनिर्वाचनमा ५९ जनाको उम्मेदवारी परेको छ । बारा–२ मा २६ जना, चितवन–२ मा २४ जना र तनहुँ–१ मा ९ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएकाले तनहुँ–१, रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएकाले बारा–२ र नागरिकता विवादमा रवि लामिछाने पदमुक्त भएकाले चितवन–२ रिक्त […]
मोटोपन कसरी घटाउने ? यसको चल्तापूर्जा सूत्र हो, खानेकुरामा कटौती । आम मान्छेमा के धारणा छ भने मोटोपनको कारण खानपान नै हो । त्यसैले आफ्नो थालीबाट खानेकुराको मात्रा घटाएपछि पेटको बोसो पनि घट्छ भन्ने बुझाइ छ । तर मोटोपन घटाउने वैज्ञानिक तरिका होइन यो । मोटोपन नियन्त्रणका लागि आवश्य पनि खानपानको भूमिका हुन्छ । त्यसैले […]