बिजनेस/अर्थ
गरिमा विकास बैंक लिमिटेडले बैशाख १ गते बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालको विदाई तथा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । यस विकास बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका भएका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा […]
आगामी नयाँ वर्ष २०८१ को वैशाख १ गतेदेखि लागु हुने गरी १३ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । वैशाख महिनाका लागि १३ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने ५ वटाले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । वैशाखका लागि २ वटा बैंकले भने ब्याजदर बढाएका छन् । बैंकहरुमा अधिक तरलता थुप्रिएका कारण बैंकहरुले निक्षेपको […]
एभरेष्ट बैंक लिमिटेडले २०८१ साल वैशाख १ गतेदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ३.१५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । त्यसै गरी बैंकले मुद्दति निक्षेपमा ५.५० देखि ७ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले कर्जाको ब्याजदर निर्धारण […]
आउँदै गरेको नेपाली नयाँ वर्ष २०८१ लाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१ प्रतिशत वा अधिकतम रु २०० नगद फिर्ता योजना सार्वजनिक गरेको जनाइएको छ । यस योजनाअन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड […]
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ६ जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ८ हजार ९२० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले बैंकको सेयर शाखा […]
सांग्रिला डेभलपमेन्ट बैंकले २ जना संस्थापक सेयरधनीहरुको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४२ हजार ९८२ कित्ता सेयर बिक्रीमा राखेको हो । खरिद गर्न चाहने बैंकका विद्यमान संस्थापक शेयरधनीले बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। सो समयावधिभित्र बिक्री नभएमा प्रचलित नियमानुसार सर्वसाधारणका लागि खुला गरिने पनि बैंकले […]
एनआईसी एशिया बैंकले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.७५० प्रतिशत कायम गरेको छ । जुन चैत महिनामा प्रदान गरिएको अधिकतम ब्याजदरको तुलनामा ९.३३ प्रतिशतले कम हो । बैंकले चैत महिनामा व्यक्तिगत निक्षेपतर्फ अधिकतम ८.५४८ प्रतिशत ब्याजदर दिएको थियो । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ […]
एनएमबि लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः आनन्द पाण्डे नियुक्त भएका छन् । चैत २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पाण्डेलाई सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आगामी ४ वर्षको लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरुको बढ्दो खराब कर्जाले ठूलो समस्या निम्त्याउन सक्ने बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । बैंकहरुको बढ्दो खराब कर्जा चिन्ताको विषय भएको बताउँदै उनले भने, ‘चालू आर्थिक वर्षको ६ महिनामा बैंकहरुको मुनाफा उल्लेख्य मात्रामा घटेको छ । अघिल्लो वर्षको सोही […]
गरिमा क्यापिटल लिमिटेड र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिबीच व्यवसायिक साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । गरिमा क्यापिटल लिमिटेडको कमलपोखरीस्थित प्रधान कार्यालयमा बुधबार सम्पन्न सम्झौतामा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र नेक्सजेन म्यानेजमेन्ट सोलुसनका तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार गरिमा क्यापिटलले नेक्सजेन म्यानेजमेन्ट सोलुसनका ग्राहकवर्गहरुलाई पूँजीबजार सँग सम्बन्धित […]