प्रशासन
एमालेकै प्रधानमन्त्री र भूमि मन्त्री नै एमालेका बनेसँगै गिरिबन्धु टी स्टेटमा जोडिएका कर्मचारीलाई हाइसञ्चो भएको छ । व्यापारी तथा विचौलियाहरुलाई पोस्ने गरी केपी ओली सरकार हुँदा यो प्रक्रिया अगाडि बढेको हो । र, यो प्रक्रिया अगाडि बढाउने उपसचिव हुन ओली निकटका उपसचिव रोशनशंकर घिमिरे । जो चार बर्षदेखि भूमी व्यवस्था तथा अभिलेख विभागको निर्देशकको कुर्सीमा […]
विशेष अदालतले निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई ५० हजार रुपैयाँ धरौटीमा छाडेको छ । अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बयानपछि अर्यालसँग ५० हजार रुपैयाँ धरौटी बुझाएर उनी आईतबार नै रिहा भएका छन् । अदालत बाहिर निस्किने क्रममा उनले पत्रकारलाई व्यङ्ग्य प्रहार गरेका छन्।‘तपाईंहरुको इच्छा पूरा भएन, के फोटो खिच्नु हुन्छ […]
भ्रष्टाचारको आरोपमा निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याल ५० हजार रुपैयाँ धरौटी तारेखमा रिहा भएका छन् । अख्तियारले मुद्धा लगेको ३५ दिनपछि बयानका लागि आज विशेष अदालतमा पुगेका पूर्वमुख्य सचिव डा वैकुण्ठ अर्याललाई विशेष अदालतले ५० हजार धरौटीमा रिहा गरेको हो । थुनछेक प्रयोजनका निम्ति आइतबार विशेष अदालत पुगेका अर्यालको बयान साकिएपछि भएको थुनछेक बहस भएको […]
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार झण्डै सात घण्टा लामो समय नेपाल सरकारका सचिवहरूसँग ब्रिफिङ लिएका छन्। प्रधानमन्त्री ओलीले सरकार गठन भएपछि पहिलोपटक उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलसहित सबै मन्त्री तथा सचिव र योजना आयोगका पदाधिकारीहरूलाई संयुक्त बैठक राखेर ब्रिफिङ लिएका हुन्। बिहान ११ बजेदेखि सुरु भएको बैठक साँझ पौने ६ बजेसम्म चलेको थियो। बैठकमा […]
भ्रष्टाचारको आरोपमा निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याल ५० हजार रुपैयाँ धरौटी तारेखमा रिहा भएका छन् । अख्तियारले मुद्धा लगेको ३५ दिनपछि बयानका लागि आज विशेष अदालतमा पुगेका पूर्वमुख्य सचिव डा वैकुण्ठ अर्याललाई विशेष अदालतले ५० हजार धरौटीमा रिहा गरेको हो । थुनछेक प्रयोजनका निम्ति आइतबार उपस्थित हुने निवेदन साथ विशेष अदालत पुगेका अर्यालको बयान साकिएपछि […]
गत असार पहिलो साता भ्रष्टाचार मुद्धा चलेर निलम्बन भएका मुख्यसचिव बैकुण्ठ अर्याल अहिले विशेष अदालतमा पुगेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ असारमा मुख्यसचिव डा बैकुण्ठ अर्याललगायत १२ जनाविरुद्ध अन्तशुल्क स्टिकर खरिदमा भ्रष्टाचार गरेको भनी विशेष अदालतमा मुद्दा दायर गरेसँगै निलम्बनमा परेको अहिले बयानका लागि विशेष अदालतमा पुगेका हुन । अख्तियारले ३८ करोड ६७ […]
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूसँग मन्त्रालयगत कामकारबाहीबारे ब्रिफिङ लिन सुरु गरेका छन् । आइतबार सिंहदरबारमा सबै सचिवहरुलाई बोलाएर ब्रिफिङ लिन थालिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्रालयका मन्त्री एवं सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्षका अलवा प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो प्रतिवेदनमा अधिकृत तहका कर्मचारी सबैभन्दा भ्रष्ट र प्राविधिकतर्फका कर्मचारी धेरै घुस्याहा रहेको प्रतिवेदन केलाउँदा भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो प्रतिवेदन अनुसार अधिकृत तहका कर्मचारी सबैभन्दा भ्रष्ट र घुस्याहा रहेको भेटिएको छ । कार्यालयको ढोका र भ¥याङमै ‘म भ्रष्टाचार गर्दिनँ, हुन पनि दिन्न’ लेखेर टाँस्ने, व्यवहारमा चाहिँ मिलेसम्म र […]
गृहमन्त्री रमेश लेखकले भुटानी शरणार्थीको फाइल अघि बढाउने प्रहरी अधिकारीको सरुवा गरेका छन् । अपराध महाशाखाको प्रमुख हुंदा नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खांडसहित उच्च अधिकारीहरु पक्राउ गर्ने डीआईजी मनोज केसीको दुई महिना नपुग्दै सरुवा भएको हो । सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको दिन बुधबार नै गृहमन्त्री स्तरीय निर्णयबाट केसीलाई जिम्मेवारीबाट हटाइएको हो […]
कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनको शोकमा आज काठमाण्डौ उपत्यकाभित्रका सबै पालिका र पालिका मातहतका निकायमा सार्वजनिक बिदा भएको छ । काठमाण्डौ उपत्यका मेयर्स फोरमले मेयर नकर्मीको निधनमा काठमाडौं, ललितपुर र भक्तपुरका पालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । लामो समयदेखि मिर्गाैलाको समस्याबाट पीडित कीर्तिपुरका मेयर नकर्मीको उपचारको क्रममा अस्ति शनिवार बेलुका निधन भएको […]