प्रशासन
काठमाडौँ । सरकारले यहि साउन २२ र २३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषदका निर्णयहरु सार्बजनिक गरेका हुन् । सरकारले राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा सर्त तथा सुविधासम्बन्धी निर्देशिका, २०८० खारेज गरेको छ । मन्त्रिपरिषद् बैठकले श्रम अदालतको […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवा प्रवेश गरेको आरोपमा एक लेखापालविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको छ । अख्तियारले नेपाल विद्युत् प्राधिकरण, बुटवल वितरण केन्द्रमा सहायक लेखापाल सुधीरकुमार चतुर्वेदीविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दा दायर गरेको छ । चतुर्वेदी २०६६ कात्तिक ९ मा सेवा प्रवेश गरेका थिए । उनी क्लर्क (लेखा तह–घ) […]
सिनियर कर्मचारीहरुलाई वाइपास गर्दै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक नियुक्त भएका प्रदीप अधिकारीलाई जिम्मेवारीबाट हटाउने प्रक्रिया शुरु भएको छ । मन्त्री बद्री पाण्डेले उनलाई हटाउने प्रक्रिया शुरु भएको जनाएका हुन । सांसदहरुले नेपाल नागरिक उड्डन प्राधिकरणको महानिर्देशकको राजीनामा माग गरेका छन् । पछिल्लो दुई सातामा नेपालमा दुई ठूला हवाई दुर्घटना भएका छन्। दुई दुर्घटनामा परी २२ […]
निजामती कर्मचारी वृत्तमा कहिलेकाहिँ रमाइला संयोगहरु देखा पर्दछन् । जस्तो :-एकै जिल्लाका ९ जनाले एकै पटक सिडीओ चलाए । यस्तै एउटै जिल्लाको एउटै विद्यालयमा पढेका ६ जना एकै पटक सचिव बनेर मुलुकको कर्मचारी प्रशासन चलाएर केही अघि रेकर्ड बनाए । एकाघरका दाजु र बहिनी एकै पटक सचिव चलाएर अर्काे रेकर्ड राखे । यस्तै एउटै स्कुलमा […]
मुलुककै पूरानो र ठूलो सरकारी अस्पतालमा व्यापक अनियमितता भएको गुनासो र उजुरी पछि राष्ट्रिय सतर्कता केन्द्र वीर अस्पतालमा प्रवेश गरेको छ । नियम कानुनको बर्खीलाप हुने गरी अस्पतालकै निर्देशक (डाक्टर)ले निजी मेडिकलमा लगानी गरेको,सहायक प्राध्यापक र उपप्राध्यापकको उपाधि पाउँदा समेत गडबडी गरेको,अस्पतालको निर्देशक रहँदा राजनैतिक दलको संगठित सदस्य तथा जनसंगठनको महासचिवको हैसियतले कामकाज गरेको समेत […]
कोशी प्रदेशभरिका प्रशासन कार्यालयमध्ये तेह्रथुम उत्कृष्ट घोषित भएको छ । गृह मन्त्रालयले मंगलबारमात्र देशभरका स्थानीय तहहरुको कार्यसम्पादन मूल्याकनको आधारमा नतिजा सार्वजनिक गरेको थियो । उक्त नतिजा अनुसार कोशी प्रदेशकै जिल्लाहरुमध्ये तेह्रथुम उत्कृष्ट घोषित भएको हो । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसँग कार्यसम्पादन सम्झौताका आधारमा तेह्रथुम ९६ दशमलव आठ सय ७५ अङ्क प्राप्त गरी उत्कृष्ट ठहरिएको […]
मन्त्री परिवर्तन हुन्छन्,ठूलै हल्ला खल्लाका साथ कर्मचारी खटन पटन सम्बन्धी नयाँ मापदण्डको मस्यौदा बन्छ तर कार्यन्वयनमा जाँदैन । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा विगत केही समय देखि देखिरहेको जात्रा हो यो । विगतमा अमनलाल मोदी,अनितादेवी हुँदै एकीकृत समाजवादीको कोटामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका भानुभक्त जोशीसम्मले कर्मचारी […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक सञ्जीवकुमार यादवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ४ लाख घुससहित पक्राउ परेका नापी कार्यालय ललितपुरका सर्वेक्षक सञ्जीवकुमार यादवसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले मुद्दा दायर गरेकामा सर्वेक्षक यादव, भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरका खरिदार […]
लोकसेवा आयोगले अधिकृत तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले विज्ञापन नम्बर १७२४७/ ०८०- ८१ (खुला) तर्फ नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूहतर्फको अन्तिम नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार,खुला तीन,महिला २,आदिवासी जनजाती १,मधेसी एक गरी एकमुष्ठ सात अधिकृतहरुलाई नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको लोकसेवा आयोगले […]
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले असोज अगावैं संघीय निजामती सेवा ऐन पारित गर्ने दावी गरेको छन् ।पूर्व प्रशासक,बहालवाला प्रशासकहरुलाई साक्षी राखेर मन्त्री गुप्ताले अबको साढे दुई महिनाभित्रैमा संघीय निजामती सेवा ऐन ल्याइने दावी गरेका हुन । राजधानीमा आज आयोजित कुशल प्रशाशक एबं ब्यबस्थापक हेमबहादुर मल्ल सम्मान अर्पण कार्यक्रमामा मन्त्री गुप्ताले साढे दुई महिनाभित्रै निजामती […]