प्रशासन
जसरी परराष्ट्रमा क्षेत्री त्रयको आतंङ्क छ,उसै गरी भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय मतहतको मालपोतस्थित एउटै कार्यालयमा काका र भतिज पुगेका छन् । यो संयोग होला वा सेटिङ ? त्यहाँ भतिज हाकिम छन् अनि काका नायब सुव्वा पदमा कार्यरत छन् ।उसो त यही मालपोतमा अझैं पनि भण्डारीत्रय दाजुभाईहरुको उस्तै आतंक छ । एउटै आमाका कोखबाट […]
कोशी प्रदेशका चौथो तहका कर्मचारीहरुले बढूवाको विज्ञापनमा सहभागी हुन माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिएका छन । हालैमात्र कोशी प्रदेशले निकालेको बढुवाको विज्ञापनमा सामेल हुनका लागि सेवाकालीन तालिम अनिवार्य भएको सूचना निलकालिएसँगै कोशी प्रदेशका चौथो तहका स्थायी कर्मचारीहरुले उक्त बढुवाका विज्ञापनमा सेवाकालीन तालिम अनिवार्य रहेको व्यवस्था हटाउन माग गरिएको छ । कर्मचारीहरुले मुख्यमन्त्री […]
लोकसेवा आयोगले शाखा अधिकृत तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले ०८० चैत १८, १९ र २० गते लिएको शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।आयोगले प्रशासन सेवा सामान्य प्रशासन,लेखा र राजश्व समूहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले खुलातर्फ १०३,महिला ३०,आदिवासी जनजाती २३,मधेसी २३,दलित ९,अपाङ्ग ४ र […]
देशका ११ उपमहानगरपालिकामध्येको एक बाराको जीतपुर सिमराका मेयर हुन् राजन पौडेल । उपमेयरसहित बहुमत सदस्य एमालेतिर हुँदा माओवादीबाट निर्वाचित उनलाई नगरसभामा विपक्षीले दिनुसम्म दुःख दिएकै थिए । अहिले भने सिंहदरबार नै आफ्नो नगरलाई असफल बनाउन लागिपरेको आरोप छ,उनको । हुन पनि यसवीच तीन महिनामै प्रमुख प्रशासकीय अधिकृत फालिदिएकोदेखि,मेयरप्रति उत्तरदायी भएको आरोपमा यहाँकी प्रमुख प्रशासकीय अधिकृत […]
स्वास्थ्य सेवा विभागको महानिर्देशक फेर्ने तयारी भइरहेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा.संगिता कौशल मिश्रलाई मन्त्रालय फिर्ता बोलाएर त्यहाँ नयाँ व्यक्ति पठाउने तयारी थालेका हुन्। स्वास्थ्य सेवा विभागको महानिर्देशक बन्नका लागि अतिरिक्त सचिव डा. टंक बाराकोटी, डा. विकास देवकोटा र डा.दिपेन्द्ररमण सिंहलागिपरेका छन्। स्रोतका अनुसार ओसिएको विकास देवकोटाको महानिर्देशक […]
काठमाडौं । देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा विस्तार भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री भएलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णय उनी मन्त्री भएको दुई महिनाभित्र पूर्ण कार्यान्वयनमा आएको हो । पहिलो निर्णयका रुपमा उनले क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत गरेका थिए । सोमबार गण्डकी प्रदेशको पोखरा स्वास्थ्य […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ठूलो संख्यामा कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न सेवा समूहका गरी २ सय भन्दा बढी कर्मचारीहरुको सरुवा गरेको हो । मन्त्रालयले विभिन्न सेवा समूहका खरिदारदेखि उपसचिवसम्मका २ सयभन्दा बढी कर्मचारीहरुको सरुवा गरेको जनाइएको छ । मन्त्रालयले निजामती सेवा नियमावली अनुसार सरुवाका लागि आवेदन माग गरेको थियो […]
अर्थ मन्त्रालयबाट सचिव मधु मरासिनीको दाजुभाई नै आउट भएका छन् । लामो समयदेखि अर्थ मन्त्रालयमा बस्दै आएका सचिव मधु र भाइ शम्भु अन्तत अर्थबाट आउट भएका हुन । सरकारले ४० जना सहसचिवहरुको सरुवा गरेको गर्दा भाइ शम्भु पनि अर्थबाट बाहिरिएका हुन । मन्त्रिपरिषदको बिहिबार ९भदौ २७ गते० बसेको बैठकले ४० जना सहसचिवहरुको सरुवा गर्दा शम्भु […]
निजामती कर्मचारीहरुको कान्छो संगठन दुई चीरा परेको छ । पूर्व अध्यक्षहरुले आफू निकटका कर्मचारीलाई अध्यक्ष बनाए पछि पार्टी अध्यक्ष माधव नेपालका भाञ्जी ज्वाई शरण गुरुङहरुको टिमले विद्रोह शुरु गर्दै आएका थिए ।तीन बर्ष अघिमात्र श्रम विभागबाट स्वीकृति पाएर गठन भएको एकीकृत सरकारी कर्मचारी संगठनमा सम्मानजनक स्थान नपाएसँगै शरण गुरुङहरुको समूहले विद्रोह गरेको हो । संस्थापक […]
धनगढी । आर्थिक वर्ष सुरू भएको दुई महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको छ । असार एक गते प्रदेश सभामा प्रस्तुत भएको विनियोजन विधेयेक फिर्ता लिँदै प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सोमबार आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले ल्याएको बजेटमा […]