सरकारले ३ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । गृह मन्त्रालयले म्याग्दीमा गुरुदत्त ढकाललाई सीडीओ बनाएको छ । उनी हाल कास्कीमा सहायक सीडीओ थिए ।यसैगरी रुकुम पश्चिममा कुलबहादुर जिसीलाई सीडीओको रुपमा पठाइएको छ । कालीकोटमा नारायणप्रसाद भट्टराईलाई प्रमुख जिल्ला अधिकारी बनाइएको छ । जिसी र भट्टराई गृह मन्त्रालयबाट जिल्लामा सरुवा भएका हुन् । […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौं २७ को निर्णय अनुसार उपसचिवहरुको सरुवा गर्यो । उक्त सरुवाको सूचीमा यातायात व्यवस्था विभागका उपसचिव मुकेश रेग्मीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्तगत खटाइएको छ । तर सरुवा भएको दुई साता बित्दा समेत उपसचिव रेग्मीले सरुवाको पत्र बुझेका छैनन् । उक्त सरुवाको पत्र नै गायब बनाएर सोही […]

‘विवादित’ प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाही फेरि विवादमा तानिएकी छन्। यस अगाडि पनि पटकपटक बदनाम भएकी इन्सपेक्टर शाही पुनः एकपटक विवादमा तानिएकी हुन्। उनी हाल ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटीमा इन्चार्जको रुपमा कार्यरत छन्।आर्थिक अपचलन गरेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले उनीमाथि अनुसन्धान सुरु गरेको छ । जेठ २३ मा उनलाई भैंसीपाटी पठाइएको थियो । स्रोतका […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको लापरवाहीका कारण एउटै स्थानीय तहमा दुई जना प्रमुख प्रशासकीयको रुपमा खटाइएको छ । बारास्थित जितपुर सिमरा उपमहानगरपालिकाकै घटना दोहोरिएको छ,मधेश प्रदेशस्थित धनुषाको लक्ष्मीनिया गाउँपालिकाको । जसरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माओवादीको मेयर रहेको उक्त पालिकामा यस अघि कार्यरत उर्मिला काफ्लेलाई हटाएर एमाले निकटका कर्मचारीचेतकुमार पोखरेललाई खटाउँदा मुद्धा […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६० भन्दा बढि सचिव र ३० भन्दा बढि महानिर्देशकलाई बोलाएर कामको बारेमा जानकारी लिने भएको छ। अख्तियारले यसअघि गत २०८० साल कार्तिक १२ र १३ गते सरकारका सबै सचिव र विभागीय प्रमुखहरूलाई अख्तियारमा नै बोलाएर व्यापक छलफल गरी ४६ बुदे सुझाव दिँदै त्यसको सशक्त कार्यान्वयन गर्न आदेश दिएको हो । अधिकांश […]

हालैमात्र उद्योगमन्त्री दामोदर भण्डारीले वाणिज्य सचिव मधुसुदन बुर्लाकोटीलाई महिना दिनमै त्यहाँबाट सरुवा गरेर तथ्यांक कार्यालयमा पुर्याए । र,सचिवमा उक्लिएर साता दिन मात्र बाग्मती प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा रहेका गोविन्दबहादुर कार्कीलाई मन्त्रालयमा ताने । महिना दिनमै बुर्लाकोटीको सरुवाको पछि चिनी उद्योगी,मरिच केराउवाला व्यवसायीको ठूलो हात रहेको चर्चा र टिप्पणी हुँदै आएको थियो । नभन्दै उनी सरुवा […]

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि पूरानै प्रक्रिया अगाडि बढाइएको छ । अर्थ मन्त्रालयले बोर्डको अध्यक्ष नियुक्तिका लागि यस अघि सर्ट लिष्टमा परेका तीन उमेद्धारहरुलाई फेरि अन्तर्वार्ताका लागि बोलाएको हो । यस अघि अध्यक्षका लागि आवेदन दिएर अन्तरवार्ता तथा व्यावसायिक कार्ययोजना प्रस्तुतिमा नआएका तीन जना उम्मेदवारलाई फेरि अन्तर्वार्ताका लागि बोलाएको हो । सर्टलिस्टमा परेका दुई […]

महालेखा नियन्त्रककको कार्यालय लेखा समूहका २६ उपसचिवहरुको सरुवा गरेको छ । जसअनुसार ६ उपसचिवलाई प्रमुख कोष लेखा नियन्त्रकको जिम्मेवारी दिएर खटाइएको छ । अख्तियारबाट शिवराम भट्टराईलाई प्रमुख कोष लेखा नियन्त्रककका रुपमा कोष तथा लेखा नियन्त्रकको कार्यालय ववरमहलमा,सार्वजनिक वित्त तासलम व्यवस्थापन कार्यालयबाट प्रमुख कोष नियन्त्रकको जिम्मेवारीसहित ललितपुरमा पठाइएको छ । उदयपुरबाट महेशकुमार दाहाललाई भक्तपुरमा खटाइएको छ […]

चिनियाँ नागरिकलाई सरकारी कर्मचारीहरुलाई आर्थिक प्रलोभनमा परेर नागरिकता दिइएको बाहिरिएको छ । यो प्रकरणमा नायव सुव्वा र शाखा अधिकृतमाथि छानबिनको सुँइ सोझिएको छ भने प्रमुख जिल्ला अधिकारीको भूमिकासमेत शंकास्पद् देखिएको छ । प्रहरीले चिनियाँ नागरिक सोनाम तामाङसँग चार लाख रुपैंया लिएर उनलाई नेपाली नागरिकता बेचेको आरोपमा जिल्ला प्रशासन कार्यालय धादिङका अधिकृत र नासुमाथि छानविन अगाडि […]

लोकसेवा अयाोगले गत बर्ष खुलाएका दुई दर्जन विज्ञापनमा आवेदन नै नपरेको भेटिएको छ । आयोगका अनुसार, गत आर्थिक वर्षमा लोक सेवा आयोगले खुलाएका १ हजार ४ सय ५५ विज्ञापनमध्ये २४ वटा विज्ञापनमा कुनै आवेदन नपरेको हो । आयोगका अनुसार,नेपाल स्वास्थ्य मेडिसियन नेफ्रोलोजी, मेडिसिन कार्डियोलोजी, मेडिसियन पल्मोलोजी प्रमुख कन्सल्टेन्ट न्युरो सर्जन, आयुर्वेदतर्फको कौमारभृत्यलागयतका पदमा कुनै पनि […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।