दशैंका बेला बन्द भएका सरकारी कार्यालयहरु आजदेखि खुलेका छन् । सरकारी कार्यालयहरुमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिइएको थियो आजबाट भने सरकारी कार्यालयका सेवाहरु नियमित रुपमा सञ्चालन हुने छन् ।फुलपातीको दिनदेखि ५ दिनसम्म दशैं विदा मनाएकाहरु आजबाट नियमित काममा फर्किने छन् । पर्व मनाउन आ–आफ्नो पुख्यौली थलो गएकाहरु पनि काठमाडौं फर्कने क्रम शुरु भइसकेको छ […]

तोमनाथ उप्रेती अहंकार अज्ञान हो, आसुरी हो, विनाश हो, पतन हो ।अहंकार आफु अरु भन्दा श्रेष्ठ हु भन्ने भावना हो हो । ‘ आफुले आफुलाई सर्वगुण सम्पन्न र अति जान्ने सुन्ने मान्ने प्रवृति हो अहङ्गार । आफ्नो मात्र मानसम्मान, सुखसुविधा र प्रगतिमा आफुलाई केन्द्रीत राख्छ अहङ्गारले । प्रत्येक व्यक्तिमा चरित्र, धन तथा भोग , शक्ति, […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको कुर्सीमा राजकुमार गुप्ता पुगेसँगै कर्मचारी सरुवामा झनै भद्रगोल शुरु भएको छ । मन्त्रालयको बदमासीका कारण अहिले देशका केही पालिकामा दुई–दुई हाकिम खटाइएको छ ।जस्तो केही अघिमात्र सामान्य प्रशासन मन्त्रालयले जितपुर सिमरा उपमहानगरपालिकामा विरेन्द्र भारतीलाई खटायो । यो त्यही पालिका हो जहाँ यस अघि खटाइएको उर्मिला काफ्लेलाई हटाएर त्यहाँ वन […]

सशस्त्रका प्रहरी निरीक्षक ४२ वर्षीय दिलबहादुर बडुवालको निधन भएको छ । सशत्र प्रहरी अस्पताल बलम्बुमा उपचारको क्रममा सोमबार बिहान ८:०० बजेको समयमा उनको निधन भएको प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेले जानकारी दिए । बर्दिया घर भएका बडुवाल हाल काभ्रेको आइटी पार्कमा सञ्चालन गरिएको सशस्त्र प्रहरी अस्थाइ मनसुन तथा प्रकोप व्यस्थापन बेसको कमाण्डरको […]

दशैंको सरकारी बिदा सकिएर मंगलबार कार्यालय खुल्ने भएपछि उपत्यका भित्रनेको संख्या बढेको छ । आश्विन शुक्लपक्ष द्वादशीका दिन सोमबार दशैंको अन्य दिनको तुलनामा उपत्यकामा सवारी आवागमन बढेको हो । यस वर्षको दशैंमा करिब १३ लाख सर्वसाधारणले उपत्यका छाडेका थिए ।

एमाले स्थायी समिति सदस्य डा बिन्दा पाण्डेले व्यापारी मीनबहादुर गुरुङसँग जग्गा दानबारे बिरोध गरेका छ्न । व्यापारी मीनबहादुर गुरुङसँग जग्गा दान लिंदै उनैलाई पार्टी कार्यालय बनाउन दिने पार्टी नेतृत्वको कदमको उनले विरोध गरेका हुन् । डा पाण्डेले सामाजिक सञ्जालमा लेख्दै यसलाई साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने […]

खानेपानी मन्त्रालयले ठूलो संख्यामा करारमा नियुक्त गर्ने तयारी गरेको छ । मन्त्रालय मातहतका विभाग, आयोजना तथा निकायहरूमा इन्जिनियर, माइक्रोबायोलोजिस्ट, हाइड्रोलोजिस्ट, केमिष्टदेखि कम्प्युटर अपरेटरसम्मका पदमा मन्त्रालयले ठूलो संख्यामा करारमा नियुक्ति गर्ने तयारी गरेको हो । खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग र विभाग मातहतका विभिन्न आयोजनाहरूका लागि ती प्राविधिक जनशक्ति करारमा छनोट गर्ने मन्त्रालयको तयारी […]

विजयादशमीका दिन आज पोखराका विभिन्न सातवटा रुटमा निःशुल्क बस सञ्चालन भएका छन् । पोखराका कोत्रे–पृथ्वीचोक–चिप्लेढुङ्गाहुँदै बागलुङ बसपार्कसम्म, फेदी–हेमजा–हरिचोकहुँदै पृथ्वीचोकसम्म, लामाचौर–बगर–महेन्द्रपुल–चिप्लेढुङ्गा–सृजनाचोक–विरौटाहुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर–महेन्द्रपुल–चिप्लेढुङ्गा–सृजनाचोक–विरौटाहुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर महेन्द्रपुल–पृथ्वीचोक–विरौटा–सहिदचोकहुँदै लेकसाइडसम्म बस सञ्चालन हुनेछन् । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले पोखराका सातवटा रुटमा चारवटा कम्पनीका १८ बसले निःशुल्क सेवा दिने जानकारी दिए । ती बसहरु आज अपराह्न ४:०० बजेसम्म […]

गाउँ-शहर जताततै दशैंको रौनक छ । छरिएर बसेका आफन्तहरु दशैंको टीका र आशिर्वाद लिन कष्ठकर यात्रा गरेर पुग्ने क्रम जारी छ । कतिपय त जन्मघर पुगिसके । अर्कोतिर दशैंको मुखमा आफन्तसँग टाढिएर विदेश उड्नेहरुको पनि कमी छैन । कतिपय उडिरहेका छन् भने कति तयारीमा छन् । फूलपातीको दिन मात्रै झन्डै ७ हजार नेपाली विदेशिएका छन् […]

दशैँलाई नेपालीहरुकै सबैभन्दा महान चाडका रुपमा मनाउने गरिन्छ । किंवदन्ती अनुसार दशैँ वैदिक कालदेखि नै मनाइदै आएको विश्वास छ । दशैँ मनाउने विषयमा मूलत दुइ विश्वासहरु रहेका छन् एक नवदुर्गा भवानीको विजय संग सम्बन्धित र अर्को मर्यादा पुरुषोत्तम रामले रावणमाथि हाँसिल विजय संग सम्बन्धित छ । यसै गरि भगवान रामले दश इन्द्रियहरुमा विजय प्राप्त गरिसकेको […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।