निजामती सेवाभित्रको एउटा प्रेमिल जोडीले हालै एकै पटक अधिकृतमा नाम निकालेर रेकर्ड कायम गर्न सफल भएको छ । भन्छन्, जीवन नियममा होइन संयोगले चल्दछ । अक्सर मान्छेहरू सफलतालाई मात्र देख्छन् तर सफलता प्राप्त गर्नका लागि गरिएको त्याग र संघर्ष देख्दैनन् । संघर्षको भट्टीमा खारिएर, दुःखका आरनमा अर्चापिएर शाखा अधिकृतसम्मको बाटो तय गर्न सफल जोडी हो– […]

बिशेष अदालतले २५ हजार घुस लिने सब इञ्जिनियरलाई दोषी ठहर गरेको छ । अख्तियारको टोलीले गत असोज १६ गते २५ हजार घुस लिँदै गरेको अवस्थामा चन्द्रागिरी नगरपालिका १४ नम्बर वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सव इन्जिनियर विजया लक्ष्मी पन्तलाई पक्राउ गरेर मुद्धा चलाएको थियो । घर निर्माण गरिसकेको प्रमाणपत्र उपलब्ध गराए बापत पन्तले घुस लिइसकेको अवस्थामा […]

न्याय सेवा आयोगले सहसचिव,उपसचिव र शाखा अधिकृत तहका कर्मचारीहरुको सरुवा तथा पदस्थापनका लागि सिफारिस गरेको छ । आयोगको आज बसेको बैठकले कानुन समूहका पाँच,सरकारी वकिल समूहका २ राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीहरुको सरुवा प्रस्ताव गरेको हो । सरुवा प्रस्ताव गरिएका सहसचिवहरुमा निर्मला अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,धर्मराज कुइकेल र दलबहादुर अधिकारीलाई कानु्न,न्याय तथा संसदीय मामिला मन्त्रालय, […]

जल ,जङ्गल र जमिन भौतिक सम्पत्ति मात्र होइनन्। देशको संस्कृति र सम्पदा पनि हुन्। भौतिक आविष्कारका सबै स्रोत यिनैमा निश्रित छन्। मानिस आधुनिक नै किन नहोस् यी तीन धरातल भन्दा बाहिर बाँच्न सक्दैन। यी आदिम र वैदिक साम्यवादका सम्पत्ति हुन्। आधुनिक पुजीवादका सिद्धान्त र सबै तर्क जल जमिन र जंगलको सेरोफेरोमा घुम्छन्। मानिसकाे सभ्यता र […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वेक्षक र नासुसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले नापी कार्यालय ललितपुरका सर्वेक्षक र मालपोत कार्यालय ललितपुरका नासुसहित ५ जनाविरूद्ध आज विशेष अदालतमा मुद्धा दायर गरेको हो । गत फागुन ९ गते २ लाख ५० हजार घुस लिएको अवस्थामा रंगेहात पक्राउ गरेको ती पाँचै जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर […]

संघीय संसद सेवाका कर्मचारीहरुलाई १५ वर्षमै पेन्सन दिने प्रस्ताव गरिएको छ । प्रतिनिधि सभाका १७ जना सांसदहरुले संघीय संसद सेवाका कर्मचारीहरुलाई १५ बर्षमै पेन्सन दिने प्रस्ताव रादेका हुन । सत्ताधारी र प्रतिपक्षी दलका १७ सांसदले यस्तो प्रस्ताव राखेका हुन । प्रस्ताव राख्नेमा कांग्रेसका राजेन्द्रकुमार केसी, एमालेका ठाकुरप्रसाद गैरे, गोकुल बास्कोटा, अच्युतप्रसाद मैनाली, दीपा शर्मा, ईश्वरी […]

सेवाग्राहीसँग १ लाख रुपैंया घुस लिने बरिष्ठ सईलाई विशेष अदालतले दोषी ठहर गरेको छ । शुक्रवार विशेष अदालतले बुढानिलकण्ठ प्रहरी प्रभागका वरिष्ठ हवल्दार विनोद सिंह दोषी ठहर गर्दै एक लाख रुपैयाँ जरिवाना र ५ महिना कैद हुने सजाय सुनाएको छ । अख्तियारले ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस […]

गृह मन्त्रालयले मुलुकभर अतिक्रमित तथा कानून विपरीत भोगचलन भइरहेका सरकारी, सार्वजनिक जग्गाको विवरण माग गरेको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई सरकारी, सार्वजनिक जग्गा अतिक्रमण, कब्जा र कानून विपरीत भोगचलन गर्नेमाथि कारबाहीको प्रक्रिया अघि बढाउने प्रयोजनको निम्ति विवरण पठाउन निर्देशन दिएको छ । पछिल्लो समय सरकारी, सार्वजनिक वा निश्चित प्रयोजनका लागि उपभोग गर्न दिइएका […]

नेपाल नागरिक उड्डयन प्राधिकरणले ठूलो संख्यामा विज्ञापन खोलेको छ । प्राधिकरणले एकै पटक सहायकदेखि उपमहानिर्देशक तहसम्मका ९८ जना कर्मचारी माग गरेको छ । प्राधिकरणले प्राविधिकतर्फ दसौं तहको उपनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत १/१ जना तथा ४३ जना एयर ट्राफिकतर्फ वरिष्ठ अधिकृतमा दरखास्त मागेको छ । त्यस्तै, विभिन्न उपसमूहतर्फ वरिष्ठ सहायक र सहायक पदमा पनि दस्खास्त […]

प्रधानमन्त्री कार्यालयमा १४ सहसचिव बरण्डामा छन् । सामान्य प्रशासनबाट बढुवा सिफारिस भएर आएका २७ सहसचिवको प्रमाणीकरण हुन सकेको छैन महिना दिनदेखि । आठ महिना बढी भयो संघीय निजामती सेवा विद्येयक प्रधानमन्त्री कार्यालयको घर्रामा थन्किएको । निजामती प्रशासन निकम्मा भयो, म निजामती कर्मचारी हुँ भन्दा लाज र पीडा हुने स्थिति बन्दैछ र मुख्यसचिवमाथि अभिभावक बन्न नसेखाएका […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।