चार महिना अघि सडक विभागमा देखिएको रोग अहिले विद्युत प्राधिकरणमा सरेको छ । गत मंसिरमा सडक विभागमा ९ जना कर्मचारीले लोकसेवा भिडेर स्थायीमा नाम निकाले तर उनीहरु नियुक्तिपत्र लिन नगएपछि विभागले सूचना नै निकालेको थियो । अहिले उसैगरी विद्युत प्राधिकरणमा नाम निकालेका ६ जना स्थायी नियुक्ति लिन नगएपछि प्राधिरणले १५ दिनभित्र नियुक्ति पत्र लिन आउनका […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नयाँ ओएण्डएम सर्भे (संगठन संरचना) प्रस्ताव क्याविनेटमा पुगेको छ । हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा १ सय ७२ जना कर्मचरीको दरबन्दी छ । मन्त्रालयले २० बढी कर्मचारी कटौतीका गरि १५०मा झार्ने प्रस्ताव मन्त्रिपरिषद्को कार्यालयमा पठाएको हो । प्रस्तावित नयाँ संगठन संरचनामा प्रशासनतर्फका ६ जना सहसचिव कायमै रहने […]

अहिले देशभरका सिनेमा हलमा प्रदीप भट्टराई निर्देशित महाजात्रा चलिरहेको छ । उक्त जात्रालाई माथ खुवाउने गरी जात्रा चलिरहेको छ, कर्मचारीहरूको कान्छो संगठनमा । उसै त एमालेसँग फुटेर सानो भएको कर्मचारी संगठन । विद्रोहपछि एकढिक्का भएर लड्नुपर्नेमा पद र कुर्सीका लागि जुहारी शुरु भएको छ । दुई वर्षअघि मात्र गठन भएको एकीकृत सरकारी कर्मचारी संगठनमा रेशम […]

  माननीय प्रतनिधि सभा र राष्ट्रिय सभा सदस्यज्यूहरू, नेपाल राज्य स्थापना भएदेखि नै अन्याय, अत्याचार, बेथितिको अन्त्य गरी मानवअधिकार र सुशासनको स्थापना गरी सामाजिक आर्थिक विकास तथा सामाजिक न्याय, सुख, शान्ति, सुशासन र समृद्धिका लागि पटकपटक भएका आन्दोलन एवम् सामाजिक राजनैतिक परिवर्तनबाट हाल हामी सङ्घीय शासन अङ्गाल्न पुगेका छौं । तर देशमा नयाँ शासन व्यवस्था […]

गृह मन्त्रालयले ९ जना उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले बुधबारको निर्णय अनुसार ९ उपसचिवको सरुवा गरेको हो ।सरुवाका सूची अनुसार ४ उपसचिवलाई अध्यागमनमा खटाइएको छ भने २ जना अध्यागनबाट गृह मन्त्रालयमा तानिएको छ । यस्तै एक उपसचिवलाई इलाका प्रशासन कार्यालयमा खटाइएको भने एकको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरणमा पदस्थापन गरिएको छ । सरुवाको सूची अनुसार […]

प्रतिनिधिसभाको आज बस्ने बैठकमा संघीय निजामती सेवा विद्येयक पेश हुने भएको छ । बिहान ११ बजे बस्न लागेको प्रतिनिधिसभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सभवित कार्यसूची छ । प्रस्तावित विद्येयकमा निजामती कर्मचारीलाई श्रेणीगतबाट तहगत प्रणालीमा लगिने प्रस्ताव गरिएको छ । […]

अमेरिकी लगानीको कम्पनी कोटीभीटी नेपाललाई राजस्व अनुसन्धान विभागले कर छली गरेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेसँगै झण्डै पाँच दर्जन कर अधिकृतहरु छानबिनको घेरामा तानिएका छन् । कोटिभिटीले सेयर स्वामित्व परिवर्तन भएको जानकारी नदिएर आयकर छली गरेको तथा अमेरिकामा रहेको आफ्नै प्यारेन्ट कम्पनीलाई सफ्टवेयर बिक्री गर्दा नेपालमा मूल्य अभिवृद्धि कर नतिरेको आरोप लगाउँदै राजस्व […]

  राष्ट्रिय समावेशी आयोगले सार्वजनिक पद धारण गरेका व्यक्ति,उद्योगी तथा व्यापारीका सन्ततीलाई निजामती सेवामा आरक्षणको सुविधा नदिन सरकारलाई सिफारिस गरेको छ । आयोगले आरक्षण व्यवस्थाबारे सरकारले विभिन्न तीन बुँदे सिफारिस गरेको छ । २०६३ सालदेखि २०७९ सालसम्म भएका संविधान सभा, राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा र यसै अवधिमा संघीय एवम प्रदेश कार्यपालिकामा प्रतिनिधित्व अवस्थाको […]

एकीकृत समाजवादी निकटको  पेसागत महासंघ नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ । पेशागत महासंघको प्रतिनिधिले आज मन्त्री जोशीलाई भेटेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नामै परिवर्तन गर्नेदेखि संघीय निजामती सेवा ऐन चालु अधिवेशनबाटै पारित गर्न  ध्यानाकर्षण गराएको हो । पेशागत महासंघले सातै प्रदेशमा श्रमिक अस्पताल स्थापना […]

नेपाल प्रहरीका बर्खास्त प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् । विशेष अदालतले आज (मंगलबार) उनलाई दुई वर्ष जेल र ८ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले भ्रष्टाचार मुद्दामा केसीलाई दोषी ठहर गरेको हो […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।