डा. दामोदर रेग्मी सघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ प्रदेश र स्थानीय गरी तीन तहको हुने र राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान तथा कानून वमोजिम गर्न सक्ने व्यवस्था गरेको छ।नेपालको सविधानको भाग–५ ले राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड गर्ने सन्दर्भमा स्थानीय तहको व्यवस्था गरेको छ । जस अनुसार स्थानीय […]

संघीयता विज्ञ तथा राष्ट्रिय सभाका सदस्य समेत रहेर काम गरिसकेका खिमलाल देवकोटाले संघीय निजामती सेवा विद्येयक संघीयता अनुकुल नभएको टिप्पणी गरेका छन् । कर्मचारी प्रेस डटकमसँग कुराकानी गर्दै देवकोटाले हिजो खारेज भइसकेका शिक्षा विभाग,जिल्ला शिक्षा कार्यालयहरु अहिले ब्युताइएर संघीयतामा नपुग्ने जिकिर गरेका छन् । एकातिर सिंहदरबारको अधिकार गाँउ गाँउमा पुर्याउने भनिने अर्काेतिर उनीहरुको कार्यक्षेत्र दोहोरोपना […]

हिमाल आरोहणका लागि नेपाल आउने पर्यटकको संख्या घटेको घट्यै छ, तर दशैँको मुखमा लियाजो अफिसर (सम्पर्क अधिकृत) बनेर जानका लागि तालिममा पठाइदिनुपर्‍यो भन्ने कर्मचारीको संख्याचाहिँ बढेको बढ्यै । यस बर्ष हिमाल सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजंघा, धौलागिरी, ल्होत्से अमादब्लम, जुगललगायत हिमाल आरोहणका ३६ आरोही समूहका ७४ महिला र दुई सय ६० पुरुष गरी कुल तीन सय […]

काभ्रे, २६ चैत्र । काभ्रेको एक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई सरुवा गरिएको बिषयलाई लिएर विद्यार्थीहरुले ताला लगाएका छन् । भुम्लु गाउँपालिका २, मा रहेको श्री अरुणोदय माविका विद्यार्थीहरुले कुशल अध्यापक सरुवा गरेको भन्दै गेटमा तालाबन्दी गरेका हुन् । लामो समयदेखि अरुणोदयमा अध्यापन गराउँदै आएका स्थायी शिक्षक गजेन्द्र सञ्जेल विद्यार्थीदेखि अभिभावकको आँखाका नानी थिए । ती […]

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनी कोषको योजना प्रमुख रहेका बेला ठेकेदारबाट घूस लिएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो । कोषको निर्माणसम्बन्धी ठेक्का लिएका व्यापारी सफिक अहमदबाट इन्जिनियर भट्टराईले तेस्रो व्यक्तिमार्फत ८० लाख रुपैयाँ लिएको आरोप अख्तियारको छ ।भट्टराईले उक्त निर्माण कम्पनीसँग नगद […]

नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष पदका लागि आवेदन दिएकामध्येबाट ५ जनाको नाम सर्टलिस्टमा छानिएको छ । अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले प्रस्तुतीकरण, योग्यता र अनुभवका आधारमा १९ आवेदकमध्येबाट ५ जनाको नाम अध्यक्षका लागि सर्टलिस्ट गरेको हो । समितिले चिरञ्जिवी चापागाईं, कृष्णबहादुर कार्की, मुक्तिनाथ श्रेष्ठ, डा. नवराज अधिकारी र सन्तोषनारायण श्रेष्ठको नाम फाइनल गरेको हो […]

सम्पत्ति शुद्धीकरण मुद्दामा नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदरकुमार न्यौपाने दोषी ठहर भएका छन् ।विशेष अदालतका अध्यक्षसमेत रहेका टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासले आइतबार ९ जना आरोपीमध्ये न्यौपानेबाहेक ८ जनालाई भने सफाइ दिएको छ । विशेषले सफाइ दिएकाहरुमा कलेजका सञ्चालहरु रामरत्न उपाध्याय, लवराज भट्टराई, हरिप्रसाद पाण्डे, प्रेमाकुमारी केसी, ईल्या दीक्षित भट्टराई, उषा न्यौपाने, इन्दिरा […]

राष्ट्रिय मानव अधिकार आयोगले यस अघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट रिजेक्ट भएका मुरारी खरेलको नाम नै सचिव नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ। आयोगको आइतबार बसेको बैठकले यस अघि नै प्रधानमन्त्री कार्यालयले अस्वीकत गरेका खरेललाई नै सचिव नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो। सामन्यता अयोगले सचिव बढुवा सिफारिस गरेपछि मन्त्रिपरिषद्ले अस्वीकार गर्दैन। […]

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि १२२ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । गत चैत्र २१ मा सभामुख देवराज घिमिरेले विधेयकमाथि विचार गरियोस् भनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले राखेको प्रस्ताव सदनबाट स्वीकृत भएसँगै संशोधन दर्ता गराउनका लागि ७२ घण्टाको समय दिएका […]

कर्मचारी छान्ने नेपालको परीक्षा प्रणाली र नियुक्तिको परिपाटी कस्तो अचम्मलाग्दो छ भने, उत्तीर्ण हुनेले मौका पाउँदैनन्, अनुत्तीर्ण हुने धमाधम कालोकोटमा सजिन्छन् । संविधानअनुसार न्यायाधीशको कूल दरबन्दीको ८० प्रतिशत प्रतिस्पर्धात्मक विधिद्वारा पदपूर्ति गर्न सूचना निस्कियो । १ सय ९६ ले परीक्षा दिए तर १८ दरबन्दीका लागि खुलेको परीक्षामा तीनजना मात्रै उत्तीर्ण भए । तीमध्ये पनि एकका […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।