तेश्रो लगानी सम्मेलनमा सहभागी हुन पुगेका सरकारका सचिवले बस्ने कुर्सी नै नपाएको खबर छ । लगानी सम्मेलमा सहभागी हुन पुगेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव गणेश पाण्डेले सोल्टी होटलमा आयोजित कार्यक्रममा बस्ने कुर्सी नै नपाएपछि उनी त्यहाँबाट फर्किनु परेको खबर छ ।पाण्डे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रशासन, नतिजा व्यवस्थापन, राष्ट्रिय सुरक्षा तथा सुशासन महाशाखा […]

नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अर्काे कम्युटर इञ्जिनियरलाई पक्राउ गरेको छ । नक्कली लाइसेन्स जारी प्रकरणमा छानबिन समितिले दोषी करार गरेका एक कम्युटर इञ्जिनियर सेटिङ मिलाएर अख्तियारमा पुगेका थिए,उनै इञ्जिनियरलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पक्राउ गरेको हो । झण्डै १ लाख बढी नक्कली लाइसेन्स वितरण भएको भन्दै मन्त्रालयले यातायात व्यवस्था विभागका आईटी […]

आजदेखि तेश्रो लगानी सम्मेलन शुरु भएको छ । लगानी सम्मेलनमा २० वटा आयोजनाका लागि लगानीकर्ताबाट आशयपत्र आह्वान गरिएको छ । जसमा १० वटा जलविद्युत परियोजनाका लागि लगानीतकर्ताबाट आशयपत्र आह्वान गरिएको छ । एउटा प्रशासनिक प्लाजा,दुई वटा आर्थिक क्षेत्र, धुलिखेल मेडिसिटी परियोजना,सुदूरपश्चिम सार्वजनिक यातायात परियोजनादेखि द्रुतमार्ग, हेरिटेज होटल एण्ड कल्चरल भिलेजसम्मका परियोजना शोकेसमा राखिएको छ । […]

नक्कली लाइसेन्स वितरण गर्न सहयोग गरेको आरोपमा प्रहरीले यातायात व्यवस्था विभागका पूर्वकर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिस भट्ट रहेका छन् । भट्ट नक्कली लाईसेन्स प्रकरणका प्रमुख आराेपित मानिएका छन् । नक्कली सवारी लाईसेन्स जारी प्रकरणमा अनुसन्धानका क्रममा सिआईबीले उनलाई नियन्त्रणमा लिएको हो । भट्ट यसअघि नक्कली लाईसेन्स प्रकरणमै अख्तियारबाट प्रतिवादी कायम भईसकेका व्यक्ति […]

लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयमा भएको तोडफोड, निकुञ्जका कर्मचारी माथि भएको हातपात, दुर्व्यवहार र अपमानजनक अभिव्यक्तिप्रति प्रगतिशील वन प्राविधिक सङ्घले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । वैशाख १४ गते दिउँसो नेपाली कांग्रेश नेता एवं तरुणदल रसुवाको सभापतिको नेतृत्वमा उक्त घटना भएको भन्दै सो घटनाको संघले निन्दा एवं भत्सना गरेको हो । २९औं वन्यजन्तु सप्ताह तथा १२औं […]

बझाङ । बझाङ १ (१) मा हेलिकप्टरबाट मतपेटिका ल्याइदैछ । मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बस्ने र दिउँसोसम्ममा मतगणना सुरु गर्ने तयारी छ । साइपाल गाउँपालिकाको दुई वटा मतदान केन्द्रमा खसालिएको मतपेटिका भौगोलिक कठिनाइका कारण मतगणनास्थल पु¥याउन समस्या भएका कारण मतगणनामा ढिलाइ भएको हो । सहायक निर्वाचन अधिकृत प्रकाशबहादुर सिंहका अनुसार ती मतपेटिका लिन अहिले […]

कुनै समय निजामती सेवाको छुट्टै सान र सम्मान थियो । अहिले कर्मचारी र भ्रष्टाचार एक अर्काको पर्याय बन्न पुगेको छ । हुँदाहुँदै कार्यालयमै यौनजन्य गतिविधि गर्ने कर्मचारीको संख्या समेत बढ्न थालेको छ । यस्तै बदमासीमा डामिएका छन् अर्काे उपसचिव,जो काण्ड छरपष्ट भएपछि फरार छन् । यस्तो बदमासीमा डामिएका उपसचिव हुन रुपेशकुमार साह । ५ वर्षदेखि […]

मन्त्रीमा केही नयाँ गरौं भन्ने हुटहुटी छ तर कसरी चल्ने भन्ने ढंग छैन । राजनीतिज्ञले त स्थायी सरकार मानिने ब्युरोक्रेसीलाई हातमा लिएर पो काम गर्नुपर्ने हो तर तिनैलाई दुश्मनको व्यवहार गर्न थालेपछि नयाँ मन्त्रीसँग आजित छन्, कर्मचारी । आधा आधा घण्टामा मिटिङ डाक्ने, घण्टा घण्टामा प्रगति खोज्ने, बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म कर्मचारीलाई थर्काएको–थर्काएकै […]

लाङटाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वार्डेन अणानाथ बरालले पदीय मर्यादा विपरित चरम ज्यादाती र लापरवाही गरेकोले भन्दै ७ दिन भित्र जिल्ला छोडन् नेपाली कांग्रेस जिल्ला कार्यसमिति रसुवाले माग गरेको छ। उनीहरूले हिजो शुक्रबार जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी बेदनीधि खनाल समक्ष ज्ञापनपत्र हस्तान्तरण गर्दै सात दिनभित्र जिल्ला छोड्न र विभागिय कारबाही अगाडि […]

सरकारले २८ सहसचिवको सरुवा गर्दा एक जना सहसचिवलाई महानगरपालिकाबाट महानगरपालिकमै खटाएको छ,प्रमुख प्रशासकीय अधिकृतको रुपमा । ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र भारतीलाई यस अघि अधिकृत हुँदा कार्य गरिसकेको भरतपुर महानगरपालिकामा खटाइएको छ । यस अघिका गणेश अर्याल प्रमुख जिल्ला अधिकारी बनेर गएसँगै भारती गत साउनमा ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बन्न आइपुगेका थिए । […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।