सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १ गते दिउँसो ३ बजे नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको हो । त्यस्तै, नेपाल प्रहरीका एआईजीद्वय उमेश जोशी र भिम प्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ । बैठकले दुई […]

बिहीबार न्यायपरिषद् बैठकले तीन जना न्यायाधीशको सरुवा गरेको छ । तीमध्ये दुई जनाको काज सरुवा भएको हो । काज सरुवा र न्याय सेवाका दुई सहसचिवहरूको सरुवा र दुई सहसचिवहरूको पदस्थापन भएको छ। खडकबहादुर केसी उच्च अदालत पोखराको न्यायाधीशमा सरुवा भएका छन । नातिबाबु खड्उकाको उच्च अदालत पोखराको बागलुङ इजलासमा सरुवा भएका छन् । उच्च अदालत […]

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बैठक सुरु भएको हो । आजको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने जनाइएको छ । यस्तै कांग्रेसले माग गर्दै आएको संसदीय छानबिन समिति लगायतका विषयमा बैठकमा छलफल हुनसक्ने एक मन्त्रीले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिवसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले पीपीसी ढलानमा अनियमितता भएको भन्दै तथ्य र प्रमाणसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो । यसरी अख्तियारले पोलेकामा उपसचिव,अधिकृत छैटौं,बरिष्ठ इन्जिनियर,सब इन्जिनियर,कार्यपालिका सदस्यका अलवा तत्कालीन मेयर र उपमेयरसमेत रहेका छन् । अख्तियारले महोत्तरीको जलेश्वर नगरपालिकाको वडा नम्बर १ स्थित […]

पर्यटन विभागको महानिर्देशकमा  दुई रुद्र नाम गरेका सहसचिवको चर्चा चल्न थालेको छ । हालैमात्र त्यहाँका महानिर्देशक चक्रबहादुर बूढा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतको कार्यालय राजश्व अनुसन्धान विभागको महानिर्देशक बन्न पुगेसँगै रिक्त हुन पुगेको महानिर्देशकको कुर्सीमा दुई रुद्रको चर्चा चल्न थालेको छ । गत माघमा मात्र अध्यागमनको महानिर्देशकको कुर्सीबाट निलम्बनमा परेका रुद्रमान सिंह तामाङ वा वालकुमारी घटना […]

नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले  स्थानीय सरकारलाई दिने समानीकरण अनुदान निकास नभए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् । बिहिबार लुम्बिनी प्रदेश कार्यालय बुटवलले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष ढुंगानाले सम्झौता भईसकेका आयोजनाहरु अहिले अन्तिममा आएर अनुदान कटौती गर्ने निर्णय कुनै हालतमा स्वीकार गर्न नसकिने बताए । निलकण्ठ नगरपालिकाका प्रमुख समेत रहेका ढुंगानाले प्रधानमन्त्री […]

काठमाडौँ । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक निरीक्षण गरेका छन् । उनले प्रस्थान र आवगमनका दुवै कक्षसँगै कार्यालयको समेत निरीक्षण गरेका हुन् । यात्रु प्रस्थान गर्ने तर्फबाटै यात्रु भएर विमानस्थल छिरेका गृह सचिव अर्यालले वायुसेवाका काउन्टर, लबी, अध्यागमन, प्रहरी सुरक्षा र सहजीकरणसँगै ब्यागेज कसरी लोड हुन्छ भन्नेसम्मको निरीक्षण गरेक […]

प्रधानमन्त्री तथा मीन्त्रपरिषद् मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले एकै पटक २७ ठेकेदार कम्पनीलाई कलाोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ । कार्यालयले इसा कन्स्ट्रक्सन,बीरगञ्ज,शिवाणी इन्टरप्राइजेज,वीरगञ्ज,एच एण्ड जे ट्रेर्डस,जिसी ब्रर्दस कन्स्ट्रक्सन,प्रंशसा कन्स्ट्रक्सन,ऊर्जा इन्फ्रा एन्ड कन्स्ट्रक्सन, अधिकारी निर्माण सेवा,चन्द्र सुर्य निर्माण सेवा,कुशभ निर्माण सेवा, यूआरसी कन्स्ट्रक्सन, अधिकारी निर्माण सेवा, देउती बज्यै निर्माण सेवा एन्ड ढुवानी सेवा, आयुष […]

९० लाख अकुत आर्जनको मुद्धा खेपिरहेका कर्मचारीलाई विशेष अदालतले क्लिन चिट दिएको छ । ७ महिना अघि गत असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९० लाख अकुत आर्जन गरेको अभियोग लगाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको थियो । स्याङजाको चापाकोट नगरपालिकामा कार्यरत सिनियर अहेव बिन्दु कोईरालामाथि ९० लाख ३९ हजार ६२० रुपैयाँ गैरकानुनी रुपमा आर्जन […]

प्रहरी प्रधान कार्यालयले ५१९ जना इन्स्पेक्टरहरूको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । त्यसमध्ये केही काजमा रहेका छन् । प्रहरी महानिरीक्षकको निर्णय प्रहरी प्रभाग नागढुंगामा हेम कुमार थपलियालाई सरुवा गरिएको छ । इन्स्पेक्टर हरि वलीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा खटाइएको छ । धनुषाको […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।