प्रशासन
काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै बैंठकले वर्तमान मन्त्रिपरिषद्का सदस्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको सरकारी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनले भनिन्, ‘हिजो बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान […]
नेपाल राष्ट्रिय कर्मचारी संगठन केन्द्रीय समितिले सरकारी कर्मचारीहरूको हितको लागि एउटा कल्याणकारी कोष स्थापना गर्नुपर्ने माग गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणका लागि कल्याणकारी कोष स्थापना गर्नुपर्ने माग गरेको हो। कल्याणकारी कोषको लागि निजामती कर्मचारी योगदान कोषमा जम्मा हुने रकम, कर्मचारीको तलबबाट ३ प्रतिशत योगदान, सरकारले योगदानको तीन गुना रकम, कर्मचारीले […]
सरकारले नायव सुब्बा चिरञ्जीवी भुसाललाई सेवा अवधिमा बढीमा सात वर्ष थप गरी अवकाश दिने निर्णय पनि भएको छ । शुक्रबार सिंहदरबारमा नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी गराएकी हुन् ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा कडा रोग लागि नियमितरूपमा सेवा गर्न असमर्थ भएकाले निजको सेवा अवधिमा बढीमा सात वर्ष […]
काठमाडौँ । गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशकलाई थप अधिकार प्रत्यायोजन गरेको छ । अध्यागमन प्रशासनलाई थप व्यवस्थित र जिम्मेवार बनाउन गृह सचिव एकनारायण अर्यालले अधिकार प्रत्योजन गरेका हुन् । अध्यागमन विभागका महानिर्देशकले आगमन बिन्दुमा भिसा (अन अराइभल भिसा), गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने गरी पहिलो पटक अधिकार प्रत्यायोजन भएको हो […]
भ्रष्टाचारविरुद्धको सामाजिक अभियानले कैलालीको जानकी गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार भएको खुलासा गरेको छ । अभियन्ताहरुले जानकी गाउँपालिका–९ मा एउटै नागरिकताबाट दोहोरो परिचय पत्र बनाएर र मृत्यु भइसकेको मानिसहरुको नाममा सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार भएको उनीहरुले बताएका छन् । सामाजिक अभियन्ता, भ्रष्टाचारविरुद्धको अभियानका संयोजक कृष्ण सोडारीले वडा अध्यक्ष खकेन्द्र भण्डारी र वडा सचिव प्रेमबहादुर […]
नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) का लागि बढुवा सिफारिस भएका छन्। शुक्रबार बेलुका बसेको बढुवा समितिको बैठकले एसएसपीहरु कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, मनोजकुमार केसी र राजन अधिकारीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। पोखरेल एसएसपीमा पहिलो नम्बरमा थिए। उनी २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा […]
पहिलो नम्बरमा सिफारिस मावि शिक्षकले त्यो पद त्याग्दै खरिदारमा नियुक्ति लिएपछि सामाजिक सञ्जालहरूमा चलेको बहस मावि शिक्षक ठूलो कि खरिदार ? ★ निजामती सेवाको यात्रा बाहिरबाट देखे जस्तो आकर्षक छैन, यस भित्रका कथा व्यथा असाधारण छन् ।यस सेवाभित्र पनि आफ्नो सेवा समुह भन्दा अन्य सेवा समुह प्रतिको आकर्षण त्यस्तै छ। ★ खरिदारमा प्रवेश गरेको मान्छे,अन्य […]
लोकसेवा आयोगले सहसचिव तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगको विज्ञापन नम्बर १६६५८- ०८/ ८१ (खुला) तर्फ लिएको प्रशासन,न्याय सेवाको अन्तिम नतिजा सार्वजनिक गरेको हो । आयोगका अनुसार प्रशासन सेवातर्फ २ जना नियुक्तिका लागि सिफारिस भएका छन् । जसमा कृष्णकुमारी श्रेष्ठ र कृष्ण पौडेल रहेका छन् । यस्तै महिला कोटामा कविता रेग्मी,मधेसी कोटाबाट श्रीराम […]
काठमाडौं । इलाका प्रशासन कार्यालय, थारमारे, सल्यानमा कार्यरत कम्प्युटर अपरेटर (नासु) गणेश भण्डारीलाई प्रहरीको फन्दामा परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले नासु भण्डारीलाई बुधबार पक्राउ गरेको हो । नक्कली लाइसेन्सको छानविनमा उनी पक्राउ परेका हुन् । भण्डारी यसअघि यातायात कार्यालयमा रहँदा परीक्षा नै नदिई लाइसेन्स वितरणमा संलग्न रहेको खुलेपछि सिआइबीले पक्राउ गरेको हो । सोही […]
सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) कुमार न्यौपानेलाई दिईएको छ । यसअघि प्रवक्ता रहेकासशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल, नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकको जिम्मेवारीमा सरुवा भएपछि डिआईजी न्यौपानेलाई सो जिम्मेवारी दिईएको हो । नायव महानिरीक्षक न्यौपाने यसअघि सशस्त्र प्रहरी बल, नेपाल […]