शाखा अधिकृतमा ४४ जना सिफारिस हुँदा ३८ महिला

शाखा अधिकृत नियुक्तिका लागि ४४ जनाको नाम सिफारिस हुँदा ३८ जना महिला र बाँकी ६ जनामात्र पुरुष परेका छन् ।
लोकसेवा आयोगले सार्वजनिक गरेको पछिल्लो नतिजा अनुसार न्याय सेवातर्फको नतिजामा यस्तो देखिएको हो । यो नतिजा अनुसार झण्डै ८७ प्रतिशत महिलाहरु अधिकृतमा नाम निकाल्न सफल हुँदा १३ प्रतिशतमात्र पुरुष उमेद्धार स्थायी नियुक्तिका लागि सिफारिस भएका हुन ।

बिज्ञापन

आयोगले न्याय सेवातर्फ शाखा अधिकृतको नतिजा सार्वजनिक गर्दा यस्तो देखिएको हो । अन्तर्वार्ता, सामूहिक परीक्षण, सूचना प्रविधि सीप परीक्षण र लिखित परीक्षा समेतको प्राप्ताङ्कको आधारमा ४४ जनालाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ ।

बिज्ञापन

आयोगका अनुसार,लिखित परीक्षाबाट अन्तर्वार्तामा छनौंट भएका ६४ मध्ये अन्तर्वार्तामा उपस्थित रहेका उमेद्धारहरुसँग सामूहिक परीक्षण, सूचना प्रविधि सीप परीक्षण र लिखित परीक्षा समेतको प्राप्ताङ्कको आधारमा ४४ जनालाई स्थायी नियुक्तिका लागि सिफारिस गरिएको हो ।
यसरी सिफारिस गरिँदा ३८ जना महिला र बाँकी ६ जनामात्र पुरुष परेका छन् ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार,सुदर्शन ज्ञवाली, दिपेश योगी,संजीवकुमार प्रजापति लगायत पुरुषहरु परेका छन् भने बाँकी ३८ महिला अधिकृतहरुमा सिफारिस भएका हुन ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अवकाशको संघारमा रहेका कटवाललाई पाँच वर्षे नेतृत्वको तयारी: सञ्चय कोषको प्रशासक नियुक्तिमाथि कानुनी र नैतिक प्रश्न

मन्त्रीको लावालस्कर, कर्मचारीलाई सास्ती : ८५ जनाको नास्ता, ७० जनाको डिनर, २०० जनाको खानाको बिल कसले तिर्छ?

चार अधिकृत र एक सहसचिवलाई सरकारी सेवाबाटै बर्खास्तीको तयारी

मन्त्रीको २२ सल्लाहकार भर्तीको प्रस्ताव,मुख्यसचिवद्धारा होल्ड

चार लाख धरौटी बुझाएर छुटे निलम्बित सचिव

समाचार प्रकाशनपछि भन्सारमा एक्सन : मुस्ताङबाट छुटेका दुई गाडी नियन्त्रणमा, १४ लाख रुपैयाँ जरिवाना

लोकसेवा गुरु झनै शक्तिशाली

कार्यालय प्रमुख र सवारी चालकविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष