प्रशासन
सशस्त्र प्रहरी बल नेपालले सवै कार्यालयहरुमा मनसुनको समयमा बाढी, पहिरो, डुवान एवं विपद्मा परेकाहरुको तत्कालै उद्धारको लागि मनसुन प्रतिकार्य टोली तयारी हालतमा राखेको छ । आवश्यक श्रोतसाधनसहित तैनाथ जनशक्तिले बाढि पहिरो र डुवानको सम्भावित इलाकामा हजार्ड म्यापिङ गरी ती स्थानहरुमा केन्द्रित भई लामो र छोटो गस्ती गर्नुकासाथै देशभरका कार्यालयहरुमा डिजास्टर फोकल पर्सनहरु तोकि आवश्यक समन्वय […]
बाह्रै मास चल्दै आएको कर्मचारी सरुवाको धन्दा हाललाई स्थगन गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हाललाई कर्मचारी सरुवा स्थगन गरिएको जनाएको छ । मन्त्रालय आफैले प्रचलित मान्यता र नियमलाई कुल्चिएर मनलाग्दी ढंगले सरुवा गर्दै आइरहेको थियो । पछिल्लो समय संघीय मामिला तथा सामान्य प्रशसन मन्त्री भानुभक्त जोशी छन् । सोझा मन्त्री जोशीको […]
कीर्ते काण्डमा जोडिएका वडा सचिव पक्राउ परेका छन् । उनलाई कीर्ते प्रकरणमा जिल्ला प्रहरी कार्यालय रसुवाले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले गोसाइकुण्ड गाउँपालिका २ नम्बर वडाका सचिव वाङदी तमाङलाई प्रहरीले आज रसुवाबाटै पक्राउ गरेको हो । सरकारी राजश्व आफ्नै व्यक्तिगत खातामा दाखिला गर्नेदेखि जनप्रतिनिधिको सिग्नेचर कीर्ते गरेर बदमासी गर्दै आएका वडा सचिव वाङदी […]
गृह मन्त्रालयले जाजरकोटको प्रमुख जिल्ला अधिकारी (सिडिओ)को रूपमा उपसचिव उमाकान्त अधिकारीलाई खटाएको छ । आज आइतबार मन्त्रालयले अधिकारीलाई प्रजिअको रूपमा सरुवा गरेको हो । उनी यसअघि गृह मन्त्रालयमै कार्यरत थिए ।
नेपालको इतिहासमा पहिलो निमित्त महिला मुख्यसचिवको जिम्मवारी लीलादेवी गड्तौलाको काँधमा आइपुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेलगत्तै मुख्यसचिव डा बैकुण्ठ अर्याल निलम्बित भएका छन् । चोरबाटोबाट बर्ष दिन अघि मुख्यसचिवको कुर्सीमा पुगेका अर्याललाई त्यहाँ फिट गराउने विकल पौडेलहरु नै भ्रष्टाचार मुद्धा चलेर जेल पुगेसँगै अर्याल समेत भ्रष्टाचारको मुद्धा खेप्ने ठाउँमा पुगेका […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्त शुल्क स्टिकरमा भएको भ्रष्टाचार प्रकरणमा मुख्यसचिव बैकुण्ठ अर्याललाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा चलाएसँगै उनी स्वत निलम्बनमा परेका छन् । अख्तियारले यो प्रकरणमा सहसचिव रितेश शाक्य,उपमहानिर्देशक टंक प्रसाद पाण्डेलागयतलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा चलाएसँगै उनीहरु निलम्बनमा परेका छन् । भ्रष्टाचार निवारण ऐनको दफा ३३ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा […]
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरिरहेको छ । विकल पौडेल सुरक्षण मुद्रण कोषको हाकिम हुँदा उनलाई पक्षपोषण गर्ने गरी ४३ करोड ३२ लाख अन्तःशुल्क स्टिकर ठेक्का प्रकरणमा तत्कालीन सञ्चार सचिव तथा हालका मुख्यसचिव बैकुण्ठ अर्यालसहित ६ जनालाई प्रतिवादी बनाएर अख्तियारले मुद्धा चलाउन लागेको हो । अख्तियारले […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तशुल्क स्टिकर छपाई प्रकरणमा अनियमितता भएको ठहर सहित अहिले विशेष अदालतमा मुद्धा दायर गर्ने तयारी चल्दैछ । अख्तियारको टोली अहिले मुद्धा लिएर विशेष अदालत पुगेको छ । मुख्यसचिवविरुद्ध विशेषमा मुद्धा दर्ता गर्ने तयारी भइरहेको अख्तियारले जनाएको छ । टेरामक्स,टेलिकमको विलिङ,विकल पौडेलसँगको कारोवार,मन्त्रिपरिषद्कै निर्णय कीर्ते लगायतका ६ वटा फरक फरक भ्रष्टाचार र […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली टंगालबाट मुद्धा बोकेर विशेषतिर निस्किएको छ । अन्त शुल्क स्टिकर छपाईमा भएको गडबडीमा तत्कालीन सचिव तथा हालका मुख्यसचिव बैकुण्ठ अर्याललाई समेत प्रतिवादी बनाएर अख्तियारले मुद्धा चलाउन लागेको हो । विकल पौडेल सुरक्षण केन्द्र कोषको प्रमुख हुँदा ४३ करोड ३२ लाख अन्तःशुल्क स्टिकर छाप्नका लागि ठेक्का प्रक्रिया थियो । विकल पौडेलहरुलाई […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिवसहितका उच्च पदस्थलाई भ्रष्टाचार मुद्धा चलाउन खोजेको खबर बाहिरिएसँगै निजामती वृत्तमा हलचल मच्चिएको छ । एक पछि अर्काे गरी विभिन्न ६ वटा भ्रष्टाचार मुद्धामा अख्तियारमा पुगेर बयान दिइरहेका मुख्यसचिव बैकुण्ठ अर्याललाई प्रतिवादी बनाएर अख्तियारले मुद्धा चलाउन खोजेसँगै निजामती वृत्तमा हल्लीखल्ली मच्चिएको हो । मुख्यसचिव अर्याल टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल […]