न्यायालय प्रमुखमा प्रकाशमानसिंह राउतको आगमनसँगै न्यायपरिषद्ले सर्वोच्च अदालतभन्दा अगावै उच्चमा न्यायाधीश नियुक्तिका लागि अन्तिम तयारी गरेको छ । हाल सर्वाेच्च अदालतमा १५ न्यायाधीश बहालरत छन । संविधानमा प्रधान न्यायाधीश बाहेक सर्वोच्च अदालतमा २० जना स्थायी न्यायाधीश हुने भनिएको छ । ६ न्यायधीश पद रिक्त छ । अहिले अदालतमा २६ हजारभन्दा धेरै मुद्दा छन् । त्यहाँ […]

शुरुमा मजबुरी देखाएर हात फिजाउने,रकम पाइसकेपछि काम गर्न नसक्ने । यस्तो लाचारीपना देखाएको छ,रसुवा जिल्लाको एउटा गाउँपालिकाले । उक्त पालिकाले सोही क्षेत्रभित्र रहेको एक जलविद्युत परियोजनासँग हात तल पारेर एम्बुलेन्स खरिद गर्नका लागि रकम माग्यो । तारान्तार रकम माग गर्दै पत्राचार गर्ने काम भए पछि सिअएसआर अन्र्तगत उक्त जलविद्युत परियोजनाले ८७ लाखभन्दा बढी रकम पालिकाको […]

एउटा सुब्बाले सिंगो विभागका हाकिमहरुलाई हल्लाइदिन्छन् भन्दा पत्याउन गाह्रै पर्ला । तर प्रधानमन्त्री कार्यालय मातहतका विभागका एक मामुली सुब्बा तहका कर्मचारीले पटक पटक सरुवा उल्टाएर सोही कार्यालयमा टिकिरहन सफल भएको भेटिएको छ । ती सुब्बा तहको कर्मचारीको पावर र हैसियत यतिसम्म छ कि उस्ले मर्यादाक्रममा आफूभन्दा धेरै माथि रहेका मन्त्री,सचिवदेखि सहसचिवसम्मले गरेका निर्णयलाई पानीको फोका’ […]

श्रष्टाहरु यसै सामाजिक परिवेशका पात्रहरु हुन्। यी परिवेशका घटना वा अनुभूतिहरु श्रष्टाका कच्चा पदार्थहरु हुन् यिनैको मदतले श्रष्टाहरुले गीत, कविता वा कथा सिर्जना गर्ने गर्दछन् ।रचनाहरु सामाजिक परिवेशको प्रतिविम्व मात्र होइन यो सन्देशमूलक वा सूचनामूलक पनि हुनु आवश्यक छ । फरक यत्ति हो घटना वा परिवेशहरु यथार्थमा आधारित हुन्छन् ती यथार्थहरु जव श्रष्टाका अनुभूति वा […]

जिबी राईलाई नेपालबाट भगाउने भूमिका खेलेको आरोप खेप्दै आएका एक सहसचिवलाई सरकारले कार्यदलको सदस्य सचिवको जिम्मेवारी दिएको हो । मुख्य सचिव एकनारायण अर्यालले आज सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिको प्रतिवेदन, २०८१ ले औँल्याएका कानुनी सुधारका कार्य अगाडि एक कार्यदल गठन गर्दै उक्त कार्यदलको सदस्य सचिवको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा […]

भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेका तत्कालीन मुख्य सचिव वैकुण्ठ अर्याल राष्ट्रिय योजना आयोगमा हाजिर हुने भएका छन् । चार महिना अघि गत असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा ३८ करोड रुपैयाँ घोटाला भएको निष्कर्षसहित विशेष अदालतमा मुद्दा दायर गरेपछि मुख्यसचिवको पदबाट स्वतः निलम्बनमा परेका थिए । यस लगतै सरकारल आयोगमा […]

८ महिना अगाडि स्थायी नियुक्ति लिएर काम गर्दै आएका १२९ कर्मचारीको नियुक्ति खारेजीमा परेको छ । प्रचलित ऐन कानुन विपरित मनलाग्दी ढङ्गबाट स्थायी नियुक्ति गरिएका ती कर्मचारीहरुको नियुक्ति खारेज गर्न लोकसेवा आयोगले पोखरा महानगरपालिकालाई पत्र काटेको हो । पोखरा महानगरपालिकाले ०८० फागुनमा लामो समयदेखि करार सेवामा कार्यरत १ सय २९ जना कर्मचारीलाई स्थायी नियुक्ति दिएको […]

काठमाडौँको बल्खुमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । सानेपाबाट कलङ्कीतिर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर चालक भूपति पाण्डेको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले बताए । ३४ वर्षीय पाण्डे अध्यागमन अधिकृत हुन् । उनी ब्याच नम्बर–३५ का शाखा अधिकृत हुन् । नेपाल विद्यार्थी […]

चालु आर्थिक बर्षको प्रथम त्रैमाससम्ममा राजश्व लक्ष्यको २० प्रतिशत समेत संकलन नभए पछि अर्थमन्त्री विष्णु पौडेलले राजश्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुको बैठकमा अर्थमन्त्री पौडेलले औषत भन्दा माथि उठेर काम गर्न र मातहतका कर्मचारीहरुलाई काममा लगाउन निर्देशन दिएका हुन। सरकारले चालु आर्थिक बर्षमा १४ खर्ब […]

कोप सम्मेलनमा सहभागी जनाउन वन मन्त्रालयका स्टोरकिपरदेखि सचिवसम्मका कर्मचारी अजरबैरान जाने भएका छन् । यही कात्तिक २६ सुरु भई मङ्सिर ७ गतेसम्म सञ्चालन हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन ९कोप–२९० मा भाग लिन यही वन मन्त्रालयका ३० भन्दा बढी कर्मचारीमध्ये केही त्यसतर्फ पुगिसकेका छन् भने केही कर्मचारी जाने तयारी […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।