चालू आर्थिक वर्ष २०८०/ ०८१ को बजेट भाषणमा निजामती कर्मचारीको कुल दरबन्दीमध्ये १० प्रतिशत कटौती गरी पुनर्संरचना गर्ने घोषणा गरियो । बर्ष दिनबित्दा समेत यो प्रभावकारी कार्यान्वयनमा आउन सकेको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कायम रहेको १७२ दरबन्दीमध्ये २४ जनाको दरबन्दी कटौती गरिएको छ । हालैको मन्त्रिपरिषद्को बैठकले संघीय मामिला तथा सामान्य […]

यातायात व्यवस्था विभागमा कार्यरत सिभिल इञ्जिनियर राहुल पंजियारलाई सेवाबाट हटाइएको छ । उनलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) (छ) को कसुरमा सोही ऐनको दफा ५९ (ख) (१) बमोजिम भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी सचिवस्तरीय निर्णयबाट सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ । नेपाल इञ्जिनियरिङ सेवा,सिभिल समूह,हाइवे उपसमूहको राहुल पञ्जियार (कर्मचारी संकेत नम्बर […]

कोशी प्रदेशका लेखा अधिकृतहरु काममा फर्किएका छन् । विगत ९ दिनदेखि काम छाडेर आन्दोलनमा होमिएका कर्मचारीहरु शुक्रवारदेखि काममा फर्किएका हुन ।प्रदेश सरकारको उधारो आश्वासन पछि उनीहरु आजबाट काममा फर्किएका हुन । कोशी प्रदेश सरकार मातहतका लेखाका कर्मचारीहरू असार ६ गतेदेखि आन्दोलनमा उत्रिएका थिए । आर्थिक बर्षको अन्त्यमा उनीहरुको आन्दोलनका कारण प्रदेशको सबैखाले भुक्तानी रोकिएको स्थिति […]

अर्थ सचिव मधुकुमार मरासिनीले कलम चोप्न नमान्दा धितोपत्र वोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया भाँडिएको छ । पाँच महिनाभन्दा लामो समयदेखि रिक्त अध्यक्ष छनौंटका लागि प्रक्रिया अगाडि बढे पनि कर्पाेरेट वारमा परेर तीन जना उमेद्धारहरुले संगठित रूपमै अनुपस्थित भएसँगै यो प्रकरण महान्यायधीवक्ताको कार्यालयसम्म पुगेको थियो । महान्यायधीवक्ताको कार्यालयले कम्तिमा तीन जनाको नाम सिफारिस गर्ने राय दिएको भए […]

नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले अदालत, सेना, प्रहरी र कर्मचारीको लोकतान्त्रीकरण नगरे मुलुकमा फेरि प्रतिमगनको खतरा रहने बताएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै कर्मचारीतन्त्र पञ्चायतकालीन मानसिकताको रहेको बताए । ब्युरोक्रेसी नयाँ बनाउन सकेनौं, ब्रिटिसकालीन मानसिकता कायम छ । लोकतान्त्रिक र जनमुखी बनाउन बाँकी छ । प्रहरीलाई पंगु बनाएका छौं, पार्टीकरण मात्र […]

काठमाडौं महानगरपालिकाले कर्मचारीलाई खुवाएको,तलब,भत्ता लगायतका बिषयमा प्रश्नै प्रश्न उठाएको छ । महानगरपलिकाको अघिल्लो आर्थिक बर्षको बेरुजुमात्र १ अर्ब १८ करोड ७१ लाख ६२ हजार बेरुजु देखिएको छ । जसमा ९३ करोड १ लाख २९ हजार को प्रतिक्रिया प्राप्त भएकोमा असुल उपर गर्नुपर्ने ५ करोड ६१ लाख ३ हजार,प्रमाण कागजात पेश गर्नुपर्ने ८१ लाख ७१ हजार,नियमित […]

पेन्सन खानेहरुले पनि अब अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र नम्बर पेश गर्नुपर्ने भएको छ । निवृत्तभरण व्यवस्थापन कार्यालयले राष्ट्रिय परिचयपत्र नम्बरसहित निवृत्तभरण अधिकार पत्र अनिवार्य रुपमा अध्यावधिक गर्न सूचित गराएको हो । आज सूचना जारी गर्दै कार्यालयले गत असार १० गते राजपत्रमा प्रकाशित सूचनाअनुसार निवृत्तभरण भुक्तानीका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको जनाएको छ । ‘नेपाल […]

काँग्रेसी कार्यकर्ताहरुको भर्तीकेन्द्र बन्दै आएको वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को वैद्यतामाथि नै प्रश्न चिन्ह उठेको छ । जुन नियमावलीमा टेकेर संस्था अगाडि खडा भएको हो । अभिलेखमा उक्त नियमावली कहिँ कतै नभेटिएसँगै उक्त संस्थाको वैद्यतामाथि प्रश्न उठ्न थालेको छ । जुन नियमावलीमा टेकेर संस्था जन्मियो भनिदैंछ,अभिलेखमा उक्त नियमावली नै कनतै भेटिदैन । त्यही नियमावलीको दोश्रो […]

लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगले आर्थिक योजना तथा तथ्यांक समूहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले गत माघ १९ र २१ गते लिएको परीक्षाको नतिजा हिजो सार्वजनिक गरेको हो । सार्वजनिक नतिजा अनुसार,आन्तरिक प्रतिष्प्रर्धाबाट २ जना माग गरिएकोमा लिखित परीक्षामा सहभागी ३५ मध्ये […]

घुससहित पक्राउ परेका नापी सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नापी कार्यालय चन्द्रौटा, कपिलवस्तुका सर्वेक्षक बेचनप्रसाद गुप्ताविरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको चन्द्रौटास्थित नापी कार्यालयका सर्वेक्षक बेचनप्रसाद गुप्ता तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलबाट खटिएको टोलीले गत जेठ २५ गते उनलाई ३५ हजार […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।