न्यायपरिषद्को बैठकले ८ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।न्याय परिषद्को आजको बैठकले न्याय सेवाका विभिन्न निकायमा कार्यरत कर्मचारीलाई जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा मङ्गलबार बसेको परिषद्को बैठकले उक्त सिफारिस गरेको हो ।लोक सेवा आयोगको प्रतिस्पर्धामा पास भएका ८ जनालाई न्याय परिषद्ले जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ […]

काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध चारवटा उजुरी परेका छन्। सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाइ समिति बैठकमा प्रधानविरुद्ध चारवटा उजुरी परेको जानकारी दिइएको हो । उक्त उजुरीका सम्बन्धमा आगामी असार २० गते सुनुवाइ हुने समिति सभापति पशुपतिशमशेर जबराले जानकारी दिएका छन् । बैठकले सुनुवाइका लागि प्रस्तावित कार्यतालिकालाई परिमार्जन सहित पारित गरिएको राणाले […]

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कार्यालयमा छापा मारेको छ । मंगलबार अख्तियारले पोखरा महानगरको कार्यालयमा छापा मारेर कागजातहरु नियन्त्रणमा लिएको हो ।मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । उक्त उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको छ । […]

गत जेठ १४ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका कमल भट्टराईले १८ करोडको अर्काे मुद्धा काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गराएका छन् । यस अघि नै बैकिङ कसुरमा सात ७ वर्षको कैद सजाय समेत भइसकेको ​ देव विकास बैंकका तत्कालीन प्रबन्धक समीर बुढाथोकीविरुद्ध १८ करोड ३ लाख ७२ हजार रुपैयाँको मुद्धा जिल्ला […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाका कागजातहरु नियन्त्रणमा लिएको छ । नियम विपरित मणिपाल शिक्षण अस्पताललाई २० औं करोड राजश्व छुट दिएपछि पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखरा महानगरको कार्यालयमा मंगलबार दिउँसो छापा मारेको छ। अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श […]

प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारी नियुक्ति भएकाछन् । हिजोमात्र सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अधिकारीलाई उक्त पदमा नियुक्तिको लागि सिफारिस गरेका थिए । पूर्वसचिव अधिकारीलाई संविधानको धारा १०६ तथा संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ३ बमोजिम नियुक्तिका लागि सिफारिस गरिएकोमा […]

विषय प्रवेश भू–राजनीति विदेश नीति अध्ययन गर्ने विधि र पद्धति हो ।यस अन्तर्गत कुनै खास क्षेत्रको जलवायु, स्थलाकृति, जनसांख्यिकी, प्राकृतिक स्रोत र त्यसको प्रयोग सम्बन्धी विज्ञान सम्मत ढंगबाट व्याख्या र विश्लेशण गरिन्छ । भू–राजनीतिको मूल उद्देश्य मुलुकविशेषको भूगोलको कारणले अन्तर्राष्ट्रिय सम्बन्धमा कस्तो प्रभाव पार्दछ भन्ने विषयको अध्ययन गर्नु हो। भू–राजनीति अध्ययन विधिले मुलुकको भूगोल विशेषको […]

सरकारले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत गरेको छ । मन्त्रीपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभयो । बैठकले जापान सरकारबाट मानवसंशाधन विकासका लागि प्राप्त हुने रु ३८ करोड २२ लाख बराबरको अनुदान सहायता स्वीकृत गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । […]

मौसमजन्य विपद्का कारण हरेक बर्ष ठूलो मात्रामा जनधनको क्षती भइरहेको छ । पछिल्लो एक दशकमा मात्र यस्तो विपद् (बाढी पहिरो, भारी वर्षा र चट्याङ)मा परेर हजारौले ज्यान गुमाएका छन् । करोडौंको जन धनको क्षती भएको छ । भूकम्प,जलउत्पन्न प्रकोप लगायतको हिसाबले  हेर्ने हो भने भूकम्पीय जोखिमका नेपाल ११ औँ, जलउत्पन्न प्रकोपमा ३० औँ, जलवायु परिवर्तनको […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित सिभिल इन्जिनियरलाई नियन्त्रणमा लिएको छ ।ताप्लेजुङको फुङलिङ नगरपालिकामा अधिकृत स्तर छैटौं, सिभिल इन्जिनियर पदमा कार्यरत मो.अख्तर हुसैन एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।   सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले उनलाई सोमबार रंगेहात पक्राउ गरेको हो । हुसैनले […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।