प्रशासन
मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारका कर्मचारीहरु आन्दोलित भएका छन् । सर्वोच्च अदालतले गत २ असोजको आदेशविरुद्ध प्रशासन सेवा अन्तर्गतका शाखा अधिकृत र उपसचिवहरूले सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअघि प्रदर्शन गरेका छन् । उनीहरुले प्रशासन सेवा बचाउ अभियानका व्यानरमा आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्नासमेत दिएका हुन । गत २ असोजमा सर्वाेच्चले […]
वन तथा वातावरण मन्त्रालयले विज्ञहरुलाई छोडेर मन्त्रालयकै स्टोरकिपरदेखि सहसचिव सचिवसम्मको जम्मो टोलीलाई अजरवैजानमा पठाएको भेटिएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा भाग लिन वन मन्त्रालयका स्टोर हेर्ने कर्मचारीदेखि सचिवसम्म गरी तीन दर्जन कर्मचारी त्यतातर्फ धमाधम उडान गर्दैछन् । सो टोलीमा वनमन्त्रीका छोरादेखि मन्त्रीको सचिवालयमा बस्ने कर्मचारीसम्मलाई छुटाइएको छैन तर विज्ञ र जलवायूकै […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक अध्ययन तथा तालिमका लागि २७ जना अधिकृतको मनोनयन गरेको छ । मन्त्रालयले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका २६ र कानुन समूहका १ गरी २७ जना अधिकृतस्तरका कर्मचारीहरुलाई वैदेशिक अध्ययन तथा तालिमका लागि मनोनयन गरेको जनाएको छ । जसमा उपसचिव तहका २ जना, विभिन्न स्थानीय तहमा कार्यरत […]
पूर्व मुख्य सचिव बैकुण्ठ अर्यालले भोलि राजीनामा दिने भएका छन् । सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्क स्टिकर छाप्न निजी कम्पनीलाई ठेक्का दिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतका न्यायधीशहरु अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले व्यक्ति र कम्पनी गरी १२ प्रतिवादी रहेको मुद्दामा पूर्व मुख्य सचिव अर्याललाई सफाइ दिएको थियो । चार महिना अघि […]
चन्द्र ढकाल समूहले पाथीभरा क्षेत्रमा निर्माण गर्न लागेको केवलकारको बिषयलाई लिएर झडप भएको छ । निर्माण पक्षधर र विरोधी पक्षबिच शुक्रबार भएको झडपमा ४ जना घाइते भएका छन्। केबलकार बनाउन दिने र नदिने पक्षमा रहेकाहरुबीच शुक्रबार झडप भएको हो । जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई […]
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरी न्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको हो । सुनुवाइ समितिले गत असोज १५ गते सूचना प्रकाशन गरेर दुई प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो। दुई न्यायाधीशमध्ये निरौलाविरुद्ध संसदीय सुनुवाइ […]
राहदानी बनाउनदेखि सामाजिक सुरक्षा भत्ता लिनका लागि समेत अनिवार्य गरिएको नेशनल आइटी अर्थात राष्ट्रिय परिचयपत्र अब मोवाइलको सीम लिनदेखि बैंक खाता खोल्न समेत अनिवार्य गर्न लागिएको छ । सरकारले अबको तीन महिना पछि अर्थात आगामी माघ १ गतेदेखि अनिवार्य गर्न लागेको हो । गत असार १० गते नै राजपत्रमा प्रकाशन गरेर सरकारले यस्तो व्यवस्था गरेको […]
आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो । झण्डै ५ महिनासम्म नागरिक उड्डयन प्राधिकरण दैनिक दश घण्टा बन्द हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार,विमानस्थलन स्तरोन्नतिका क्रममा ट्याक्सीवे विस्तार गर्न दैनिक […]
प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले राज्यमन्त्री सञ्चालक रहेको कम्पनीसहित १३ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले १३ वटा कम्पनीलाई कालोसूचीमा राखेको हो । जसमा,कान्छाराम कन्सट्रक्सनसहित १३ वटा कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा परेको मध्ये कान्छाराम कन्सट्रक्सन कांग्रेस नेता एवम् ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको हो ।कार्यालयले कांग्रेस नेता एवम् ऊर्जा राज्यमन्त्री पूर्णबहादुर […]
तस्करको टोलीले सीमामा खटिएका राजश्व अनुसन्धान विभागका कर्मचारी र सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन् । भन्सार छलेर ल्याएको चिनी बरामद गर्न पुगेका राजश्व अनुसन्धान विभागका कर्मचारी र सशस्त्र प्रहरीमाथि आक्रमणमा परेका हुन । भन्सार छलेर ल्याइएको १ सय भन्दा बढी बोरो चिनी बरामद गर्ने पुगेको टोलीमाथि तस्करहरुले आक्रमण गरेका हुन । सशस्त्र प्रहरीका अनुसार,साँझ ५ […]