Author: कर्मचारी प्रेस
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा विसं २०२२ माघ १० गते स्थापना भएको बैंकले व्यावसायिक कुसलतासहित निजी क्षेत्रका बैंकसँग प्रतिस्पर्धा गरिरहेको छ । विसं २०८० असार मसान्तसम्ममा बैंकको अधिकृत शेयर पुँजी रू ३० अर्ब, जारी र चुक्ता शेयर पुँजी […]
ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादव घुससहित समातिएका छन् । सेवाग्राहीसँग घुस मागिरहेको अवस्थामा उनीसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो साँझ कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो । उनीहरु घुस रकम २ लाख ५० हजार नगदसहित पक्राउ परेको अख्तियारले जनाएको छ । पक्राउ पर्नेमा सर्वेक्षक यादवसहित लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारी […]
सरकारले माघ २९ गतेदेखि संघीय संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ देखि अधिवेशन बोलाउने निर्णय गरेको सरकारी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन बोलाउने संवैधानिक प्रावधान छ । पुसमै शुरू […]
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) ऐन, २०८०’ सम्बन्धी विधेयकमाथि सुझाव मागेको छ । सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित प्रयोग गर्न तथा यसको दुरुपयोगबाट व्यक्ति र समाजमा पर्न सक्ने नकारात्मक प्रभावलाई निरुत्साहन गर्न ऐन ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । विधेयकमा सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवद्र्धन गर्न […]
सरकारले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जानका लागि नयाँ नियम लागू गरेको छ । भिजिट भिसामा यात्रा गर्दा सहजीकरणको लागि यसअघि जारी भएको निर्णय खारेज गर्ने गर्दै अध्यागमन विभागले नयाँ व्यवस्था गरेको हो । जस अनुसार,जसअनुसार यात्रा अनुमति पाउन कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्नेछ । यस्तै सम्बन्धित देशको प्रवेशाज्ञा वा अनअराइभल […]
यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गते बिहीबारदेखि हुने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । सोमबार तालिका सार्वजनिक गर्दै यस वर्षको एसईई परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । परीक्षामा ४ लाख ८९ हजार परीक्षार्थीले सहभागी हुन आवेदन दिएका छन् । पहिलो […]
म सानो कक्षामा पढ्दै देखि खाना पकाउने गर्दथे। बिहानको खाना प्रायः मैले नै बनाउनु पर्थ्यो। परिवारमा म र मेरी दिदी मात्र थियौ। दिदी बिहानै काममा जाने हुदा मैले खाना बनाएर खाना खाएर स्कुल जानु पर्दथ्यो जुन मेरो दैनिकी जस्तै थियो। जानी नजानी पकाउदा पकाउदै निर्वाह हुन थाल्यो। पहिला पहिला वाध्यताले पकाउन थालेको पछि पछि रहरै […]
बागमती प्रदेशको लोक सेवा आयोगले एकै पटक १ हजार १ सय १३ कर्मचारी माग गरेको छ । बागमती प्रदेश सरकारका विभिन्न मन्त्रालय र स्थानीय तहहरूका लागि अहिलेसम्मकै सर्वाधिक संख्यामा कर्मचारी मागसहित विज्ञापन खुलाएको हो । बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौँ तहका खुला तथा समावेशी तर्फको […]
नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकमा कार्कीलाई नियुक्त गरेको हो । रमण नेपालले कार्यकाल सकिएसँगै रिक्त रहेको कोषको कार्यकारी निर्देशकमा नियुक्त भएका कार्की ४ बर्षे कार्यकालका लागि नियुक्त भएका हुन । कार्की नेपाल राष्ट्र बैंकको ३० वर्ष काम गरेर कार्यकारी निर्देशक पाएका कर्मचारी हुन […]
सरकारले २७ जना सहसचिवहरूको सरुवा गरेको छ ।आज बसेको क्याविनेट बैठकले २७ जना सहसचिवहरूको सरुवा भएको हो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रस्ताव पठाएको १० दिन पछि आज बसेको क्याविनेट बैठकले २७ सहसचिव सरुवा गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन […]