प्रधानमन्त्री कार्यालयमा १४ सहसचिव बरण्डामा छन् । सामान्य प्रशासनबाट बढुवा सिफारिस भएर आएका २७ सहसचिवको प्रमाणीकरण हुन सकेको छैन महिना दिनदेखि । आठ महिना बढी भयो संघीय निजामती सेवा विद्येयक प्रधानमन्त्री कार्यालयको घर्रामा थन्किएको । निजामती प्रशासन निकम्मा भयो, म निजामती कर्मचारी हुँ भन्दा लाज र पीडा हुने स्थिति बन्दैछ र मुख्यसचिवमाथि अभिभावक बन्न नसेखाएका […]

काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा खाली गराउन सार्वजनिक सूचना निकालेको छ । आज सूचना प्रकाशित गर्दै महानगरले ललिता निवास क्षेत्रको जग्गाबाट आफैं हट्न व्यक्ति, कम्पनी र संघसंस्थालाई निर्देशन दिएको हो । विशेष अदालतले फागुन ३ गते गरेको फैसलाबाट बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा जफत ९सरकारी० भएको छ । त्यस्तै, स्थानीय सरकार सञ्चालन ऐन, […]

    केही समय यता गलत वा कमजोर निर्णय प्रक्रियाका वारेमा धेरै प्रश्नहरु उठ्न थालेका छन् । गलत निर्णयको कारणले केही कर्मचारीहरु कारवाहीको प्रक्रियामा परेका छन् । यस कारणले अव कर्मचारीहरु निर्णय गर्न डराउने टिप्पणी पेश गर्न डराउने प्रवृत्ति समेत बढ्न थालेको छ । यसै सन्दर्भमा निर्णय प्रक्रियालाई प्रभावकारी, कानून सम्मत र जवाफदेहिता बहन गर्न […]

सर्वोच्च अदालतले अतिविशिष्ट व्यक्ति (भीभीआइपी) को सवारीका नाममा सर्वसाधारणको आवतजावत प्रभावित नपार्न सरकारका नाममा परमादेश दिएको छ । भीआईपी सुरक्षा र सवारीका नाममा सर्वसाधारण सडकमा अवरोध गर्ने कार्य रोक्न माग गर्दै अधिवक्ता ज्ञानेश्वर कोइरालाले १९ माघ २०७४ मा दायर गरेको रिटमा ६ बर्ष पछि अदालतले यस्तो आदेश दिएको हो । रिट निवेदनको प्रतिवादका क्रममा सरकारले […]

संसदीय समितिबाट क्लिन चिट पाएका अधिकृतविरुद्ध अख्तियारले मुद्धा चलाएको छ । प्रंसग हो, डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टको । वन निर्देशनालयका तत्कालीन निर्देशक हेमराज विष्टविरुद्ध भ्रष्टाचार मुद्दा चलेपछि कृष्णदत्त भट्ट निमित्त वन निर्देशकको भुमिकामा थिए । ७ करोड गैरकानुनी सम्पत्ति मुद्दामा विष्टले गत साउनमा विशेष अदालतबाट सफाइ पाएपछि सुदूरपश्चिम वन निर्देशकमा फर्किएका छन् । विष्टले […]

मुख्य सचिवसँग चार दिनको बिदा स्वीकृत गराएर विदेश उडेका सचिवलाई सतर्कता केन्द्रले पत्र काट्ने तयारी गरेको छ । गत महिना माघ ४ देखि ६ गतेसम्म यूएन हेबिट्याटले प्रायोजन तथा ओडिसा प्रान्त सरकारले आयोजना गरेको इनक्लुसिभ डिसेन्ट्रलाइज्ड सेनिटेसन एन्ड अर्बन ट्रान्सफर्मेसन’ कार्यक्रमको नेतृत्व गर्दै खानेपानी सचिव उडिसा पुगेर फर्किएको रहष्य खुलेपछि सतर्कता केन्द्रले त्यसबारेमा सचिव आचार्यसँग […]

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा सर्वसाधारणको निक्षेप पूर्णरुपमा सुरक्षित रहेको जानकारी गराएको छ । वैंक तथा वित्तीय संस्थाको ऋण मिनाह गराउने अभियान चलाइरहेका राजावादी अभियन्ता दुर्गा प्रसाईले एनआइसी एसिया बैंक डुब्दै गरेको र अन्य केही बैंक पनि टाट पल्टिने अवस्थामा पुगेको प्रचार गरेपछि केन्द्रीय बैंकले त्यस्तो स्थिति नरहेको स्पष्ट पारेको हो । राष्ट्र […]

आइतबार बसेको क्याविनेट बैठकले गरेका दुई दर्जन निर्णयहरु आज सार्वजनिक भएको छ । आइतबार बसेको क्याविनेट बैंठकले नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ । यस्तै नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डीका भट्टलाई नियुक्ति गर्ने निर्णय गरेको छ । यस्का अलवा बाफिया ऐन २०७३ लाई संशोधन गर्न बनेको विद्येयक संघीय संसदमा पेश गर्ने,नेपाल […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत कृष्णदत्त भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले अनुमती लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा मंगलबार लुम्बिनी प्रदेशका प्रदेश सांसद जानकीप्रसाद यादवसहित समितिका तत्कालीन पदाधिकारी र ठेकेदारसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले अनुमती लिएभन्दा […]

नेपाली काँग्रेस निकट कर्मचारी युनियनले संगठन बिस्तार तथा सुदृढीकरणको कामलाई तिव्रता दिएको छ । युनियनले संगठन विस्तार तथा सुदृढीकरण अभियानका लागि संगठनका १०१ पदाधिकारीहरुलाई विभिन्न जिल्लामा खटाएको छ । संगठनका अनुसार उपाध्यक्ष उत्तम कटवाल मनाङ जिल्लामा खटिएका छन् भने अर्काे उपाध्यक्ष यज्ञ ओलीलाई रसुवा र नुवाकोट जिल्लामा खटाइएको छ । यस्तै उपाध्यक्षहरु मानबहादुर वन,राजकिशोर राउत,श्रीराम […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।