Author: कर्मचारी प्रेस
अन्तत स्थानीय तहको कर्मचारीको अवकाश कोष संघमै रहने गरी सहमति जुटेको बताइएको छ । संघीय मामिला तथा सामान्य प्रशासनले मन्त्रालयले गत पुस १७ गते सबै स्थानीय तहलाई परिपत्र गर्दै स्थानीय तहमै अवकाश कोष’ स्थापना गर्न भनेको थियो । संघीय सरकारले संशोधन गर्न लागेको स्थानीय सरकार संचालन ऐन २०७४ मा स्थानीय तहका कर्मचारीले २ बुँदेमा असहमती […]
प्रधानमन्त्री प्रचण्ड सुशासनका कुरा गरेर थाक्दैनन् । प्रचण्ड सरकारकै समयमा ललिता निवास जग्गा प्रकरण,नक्कली भुटानी शरणार्थी प्रकरणदेखि,मेलम्ची खानेपानी भ्रष्टचार प्रकरण अघि बढाएको छ । यही समयमा आइटी क्षेत्रका माफिया मानिएका विकल पौडेलहरु पक्राउ परेका छन् । टेरामेक्स प्रकरणमा भ्रष्टाचार मुद्धा अघि बढाउँदैछ । तर,सिंगो मन्त्रिपरिषद्को सदस्य सचिव मानिएका डा बैकुण्ठ अर्यालका एक पछाडि अर्काे फण्डाहरु […]
धुर्मुस सुन्तलीले अलपत्र पारेर छाडेको गौतम बृद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर खुलाइएको छ । भरतपुर महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको हो । महानगरले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेस गर्न आह्वान गरेको छ । रंगशाला […]
रसुवा जिल्लाको नोकुण्ड गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा बिजोग देखिएको छ । बाग्मती प्रदेशका ११९ वटा पालिकामध्ये सबैभन्दा कमजोर कार्यसम्पादन देखिएको हो । विभिन्न १७ वटा सूचकमा आधारमा गरिएको मूल्यांकनमा नौकुण्ड गाउँपालिकाको सबैभन्दा बिजोग देखिएको हो । रसुवाका कुनै पनि पालिकाले ३० प्रतिशत अंक भार समेत कटाएका छैनन् । जिल्लागत रुपमा विश्लेषण गर्दा ५ पालिकामध्ये कालिका गाउँपालिका […]
भ्रष्टाचार मुद्धामा मेयर,उपमेयर,प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाले सफाई पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन मेयर उदयकुमार बरबरिया र उपमेयर शिलादेवी कापरीका अलवा प्रमुख प्रशासकीय अधिकृतसमेतलाई भ्रष्टाचार मुद्दा दायर गरेकोमा सबैले सफाइ पाएका छन् । सडक निर्माणमा भ्रष्टाचार गरेको दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मेयर बरबरिया, उपमेयर कापरी, तत्कालीन प्रमुख […]
कर्मचारीवृत्तमा काम नगर्ने प्रवृत्ति बढेको गुनासो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले कतिपय अवस्थामा कर्मचारीहरुले निर्णय लिन हिच्किचाउने स्थिति देखा परेको बताए । ‘निर्णय ग¥यो भने जोखिममा परिने हो कि भन्ने चिन्ता र भय कर्मचारीमा अलि बढेको छ ,’ उनले भने,‘बरु काम नगरेपछि त […]
मानव तस्करीको एउटा गतिलो माध्यम बनेको छ ‘भिजिट भिसा’ । सेटिङ्गमा भिजिट भिसामा सर्वसाधारणलाई विदेश पठाइएको र मानव तस्करी गरेको आरोपमा केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका केही अधिकृत र ट्राभल एजेन्सीका सञ्चालकहरु पक्राउ परेपछि यो तथ्य सतहमा आएको हो । पक्राउ परेकाहरुविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ । प्रहरी स्रोतका अनुसार मानव तस्करीका नाइकेहरु […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको एकै पटक १० जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । सिञ्चाई निर्माण सम्झौता गर्दा झुट्टो बिलविजक तयार गरेर रकम हिनामिना गरेको आरोपमा अख्तियारले आदनचुली गाउँपाालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डेसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले पाण्डेसहित इन्जिनियर मकरध्वज शाही, सवइन्जिनियर जयराम छत्याल, योजना […]
आऊ म तिमीलाई सुन्छु तिमी मलाई सुन्नु जब तिम्रो मनले मेरो मनलाई सुन्छ मेरो मनले तिम्रो मनलाई सुन्छ तब सबैले हामीलाई सुन्नेछन्। आऊ म तिमीसँग बोल्छु तिमी मसँग बोल जब तिम्रो मनले मेरो मनलाई बोलाउँछ मेरो मनले तिम्रो मनलाई बोलाउँछ हामीलाई हाम्रै भाषामा सबैले बोलाउने छन्। आऊ तिमी मेरो हात समाऊ म तिम्रो […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती ऐन संसद्मा ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । बुधबार बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिकोे बैठकमा प्रधानमन्त्री दाहालले, मन्त्रिपरिषद्को बैठकले संघीय निजामती ऐनलाई टुङ्ग्याइसेकेको भन्दै त्यसलाई सदनमा प्रस्तुत गर्ने अन्तिम तयारी भइरहेको बताएका हुन् । सरकारको मुख्य जोड नै भ्रष्टाचार नियन्त्रण रहेको भन्दै […]