Author: कर्मचारी प्रेस
भनिन्छ जीवन नियमले होइन संयोगले चल्दछ । यस्तै संयोग देखिएको छ,उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा । त्यहाँ एकै नाम र थर भएका महिला कर्मचारी छन् । उक्त कार्यालयमा कार्यरत तीन कर्मचारीको एउटै नाम छ । घर पनि एउटै जिल्ला रहेको पाइएको छ । उनीहरु हुन् गुल्मीकै विमला अर्याल । पछिल्लो समय निजामतीमा गुल्मीको उपस्थिती बाक्लिदो […]
पाँच दिन अघि मात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एउटा परिपत्र गर्यो । जहाँ, विभिन्न कार्यालयमा सरुवा गरिएका, पदस्थापना गरिएका तथा काज फिर्ता गरिएका कर्मचारीलाई सात दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ। परिपत्रमा सरुवा भएका कर्मचारीलाई हाजिर गराउने र उनीहरूको रमाना व्यवस्थापन गर्न सबै मन्त्रालय, आयोग, सचिवालय, प्रदेश र स्थानीय तहलाई निर्देशन […]
गण्डकी प्रदेश लोक सेवा आयोगले पोखरा महानगरपालिकाले स्थायी गरेका करारका कर्मचारीको नियुक्ति बदर गर्ने निर्णय गरेकोमा उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरु सुदर्शनराज पाण्डे र मेरिना श्रेष्ठको संयुक्त इजलाशले मुद्दा किनारा नलाग्दासम्मका लागि लोकसेवाको उक्त निर्णय र पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्न विपक्षी आयोगका नाममा मंगलबार अन्तरिम आदेश जारी गरेको हो । […]
नेपालको इतिहासमा कोत पर्वलाई इतिहास परिवर्तन गर्ने घटना मानिन्छ। यो घटनाले नेपालको सत्ता र शक्तिभित्र जस्तोसुकै षड्यन्त्र पनि हुन्छ भन्ने चरितार्थ गर्छ। त्यसपछि बागमतीमा थुप्रै पानी बग्यो। हिजोकाे कोत पर्व आज पनि सत्ता र शक्तिमा त्यत्तिकै छ। समय परिवर्तन अनुसार यसका हतियारहरु फरक छन्। राजनीति वा प्रशासन सबै ठाउँमा पद हत्याउने र कुनै तरिकाबाट […]
मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा मंगलवार बसेको सचिवस्तरीय बैठकले हरेक मन्त्रालयमा कर्मचारी दरबन्दी र कार्यरत कर्मचारी संख्याको अद्यावधिक विवरण तयार गर्ने लगायतका ११ निर्णय गरेको छ । आजको बैठकले सबै मन्त्रालयलाई कर्मचारी दरबन्दी र कार्यरत कर्मचारीको अद्यावधिक विवरण तयार गर्न निर्देशन दिएको छ। कार्यालयबाट सरुवा भएका कर्मचारीलाई सात दिनभित्र रमाना दिने व्यवस्था सुनिश्चित गर्न, र संघीय […]
आफू निकटस्थलाई बढूवा गर्नका लागि दरबन्दी थप्ने र अनुकुलका प्रहरीलाई छेक्न दरबन्दी कटौती गर्ने खेलोमेलो विगतदेखि नै चल्दै आएको छ,प्रहरीमा । जस्तो पाँच बर्ष अघि ओली नेतृत्वकै सरकारले कटौती गरेको थियो डीआइजीको दरबन्दी । अहिले उनै ओली सरकारले डीआइजीको दरबन्दी थप्ने तयारी गरिरहेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ चैतमा एकसाथ १२ जना […]
प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे बोलाएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक रोकेर एमाले र काँग्रेसको शीर्षस्थ नेताहरुबीच छलफलमा जुटेका छन् । शीर्ष नेताहरुबीचको छलफल अबेर सुरु भएका कारण ६ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक भने स्थगित गरिएको जनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा चलेको छलफलमा प्रधानमन्त्री […]
प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक डाकेका छन् । आज बस्ने मन्त्रिपरिषद्को बैठक नियमित भएको बताइएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाएको एक मन्त्रीले जानकारी दिए । सामान्यतया साताको सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने गर्छ । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएकाले सोमबार आकस्मिक बैठक बसेर उनको राष्ट्रिय […]
पहिलो चौमासिकमा राजश्व संकलन कमजोर काठमाडौं । सरकारले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा राजश्व संकलनमा उल्लेख्य सुधार गर्न नसकेको पाइएको छ । आन्तरिक राजश्वमा केही सुधार देखिएपनि भन्सारतर्फ उल्लेख्य सुधार नभएको प्राप्त तथ्यांकबाट पुष्टि भएको छ । आन्तरिक राजश्व विभागले लक्ष्यको ७७ दशमलव ८४ प्रतिशत मात्र राजश्व उठाएको छ । विभागले कात्तिकसम्ममा १ खर्ब ४० […]
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो । सीआईबी प्रवक्ता होविन्द्र बोगटी ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको पाइएपछि नियन्त्रणमा लिइएको बताए । प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ । प्रसाईले सोमबार प्रधानमन्त्री केपी […]