राष्ट्रिय सभामा आज विधेयक केन्द्रित एजेन्डा, सामाजिक सञ्जाल र पर्यटन विधेयकमाथि छलफल

 

बिज्ञापन

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ।

बिज्ञापन

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरू उठ्ने छन्, जसको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूचीमा समावेश छ।

बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रिय सभा समक्ष प्रस्तुत गर्नेछिन्। उक्त विधेयक पछिल्लो समय व्यापक चासोको विषय बनेको छ।

बिज्ञापन

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले पर्यटन विधेयक, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव राख्नेछन्। छलफलपछि सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि आजै प्रस्तुत हुने कार्यसूची छ।

यसका अतिरिक्त, राष्ट्रिय सभाका अध्यक्षले पूर्वसदस्य शुक्रराज संयोकको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रमसमेत रहेको छ।

आजको बैठक विधायन प्रक्रियाका दृष्टिले महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

राष्ट्रिय किताबखानामा संगठन तथा पद दर्ताको काम तीव्र, १० मन्त्रालयका १३७ निकायको दर्ता सम्पन्न

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

१०० भन्दा बढी अधिकृतको सरुवाको तयारी, मन्त्री रावलमाथि ‘बेमौसमी सरुवा’मा केन्द्रित भएको आरोप

चर्चा थियो २० हजार कर्मचारी कटौतीको,हुनेछ बढीमा २ हजार दरबन्दी कटौती

बिशेष