Author: कर्मचारी प्रेस
ट्रायल दिने मान्छे क्यानाडामा छ । यहाँ खेतालाले परीक्षा दिन्छ र लाइसेन्स हात पार्छ । यस्तो रमिता देख्न पाइन्छ यातायात कार्यालय राधेराधेमा । यातायात कार्यालय राधेराधेमा हाकिम दण्डबहादुर बस्नेतको बस्नेतवाद जारी छ तिनै काजीहरुहरुको मिलेमतोमा सरकारी कार्यालयमा भएको गडबडीको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ ।आजीवन यातायातमै घुमेर जागिर खाएका अधिकृत छैटौंद्धय जीवन बस्नेत […]
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा २० जना कर्मचारीलाई स्पष्टीकरण सोधेको हो। यही चैत १४ गते मन्त्रालयका विभिन्न महाशाखा तथा शाखामा गरिएको आन्तरिक छड्केमा ती कर्मचारी हाजिर गरी मन्त्रालयबाट बाहिरिएको पाइएको जनाइएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठको निर्देशनमा मन्त्रालयको प्रशासन शाखाबाट छड्के […]
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले मन्त्रालयका २० कर्मचारीसँग स्पष्टीकरण सोधेकी छिन् । आन्तरिक छड्के निरीक्षणका क्रममा कार्यालय समयमा नआउने र कार्यकक्षमा नभेटिएका २० कर्मचारीलाई स्पष्टीकरण सोधेकी हुन् । चैत्र १४ गते मन्त्रालयभित्रका सम्पूर्ण महाशाखा तथा शाखाहरूमा गरिएको छड्के अनुगमनका क्रममा २० जना कर्मचारीहरू हाजिर गरी मन्त्रालयबाट बाहिरिएको तथ्य खुलेको थियो । शिक्षामन्त्री सुमना श्रेष्ठको […]
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ः समय मध्यम छ । मनलाई शान्त बनाउनुहोस् । आर्थिक स्थिति सुधार हुन सक्छ । बचतमा विचार गर्नुहोस् । साथीसँग आत्मीयता र समर्थन बढाउने समय हो । परिवारसँग समय बिताउनुहोस् । अनावश्यक खर्चबाट बच्नुहोस । • शुभ रंग: सेतो • शुभ अंक – ६ […]
गोखार्ज फाइनान्स लिमिटेडको ग्लोबल मनि विक २०२४ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाका सातै प्रदेशमा रहेका १८ शाखाहरूले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी झण्डै एक हजार विद्यार्थीहरूलाई वित्तीय ज्ञान, सीप र वित्तीय चेतना तथा बैङ्क वित्तीय संस्थाले दिने सेवा र यसमा ग्राहकले अपनाउनुपर्ने सावधानीको सम्बन्धमा जानकारी दिइएको छ । […]
सर्वोत्तम सिमेन्टका सेयरधनी कारोबार खुलेको सातौ दिनसम्म आइपुग्दा मालामाल भएका छन् । दोस्रो बजारमा सेयर मुल्यमा लगातार पोजेटिभ सर्किट लागेपछि सेयरधनी छोटो समयमै मालामाल भएका हुन् । नेप्सेका सुचिकृत भई कारोबार खुलेको दिनदेखि सर्किट लागेको यस कम्पनीको सेयर मुल्यमा आज सातौ दिन पनि सर्किट लागेको छ । कारोबार सुरु भएको केहि मिनेट मै कम्पनीको शेयर […]
गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन्। कम्पनीको चैत्र १४ गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । आगामी वैशाख १ गतेदेखि लागू हुने गरी उनी आगामी ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा […]
सरकारले डा. हरि लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीवार (आज) बसेको मन्त्रिपरिषद् बैठकले डा लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा सिफारिस समितिले सहसचिवत्रय डा हरि लम्साल, केदारनाथ शर्मा र लोकनाथ पौडेलको नाम सिफारिस गरेको थियो । । क्याविनेटले पहिलो नम्बरमा बढुवा सिफारिस भएका डा लम्साललाई सचिवमा बढुवा गर्ने […]
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । आजको बैठकमा एक जना सचिवमा बढुवा गर्न सक्ने बताइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी अवकाशमा गएसँगै रिक्त हुन पुगेको एक सचिव पदका लागि सहसचिवत्रय डा हरि लम्साल, केदारनाथ शर्मा र लोकनाथ पौडेलको नाम सिफारिस हो । बढुवा सिफारिस […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रक्रियामा अनियमितता गरेको अभियोगसहित दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ। मुद्धा दायर गरिएकामा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनालसहित एकजना पूर्ववरिष्ठ निर्देशक, तीनजना बहालवाला निर्देशकहरूसहित २० जना रहेका छन् । उनीहरुविरुद्ध ९१ करोड ९८ लाख ३० हजार […]