पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । चोर्ने क्रममा प्रहरी पुगेपछि उनले हतारमा एक तोला सुन निलेका थिए […]

स्थानीय बिचौलिया नरेश साहसँग मिलेर गैरव्यवसायिक गतिविधिमा लागेको आरोपमा सिराहाका एसपी सन्तोष आचार्यमाथि प्रहरी प्रधान कार्यालयले छानविन थालेको छ । उनको एसपी आचार्यसँग पनि निकटता देखिएको स्रोत बताउँछ । साहको मोबाइलका आधारमा छानविन सुरु भएको छ ।एसपी आचार्य तीन महिनाअघि मात्र सिराहा सरुवा भएका हुन् । साहलाई प्रहरी प्रधान कार्यालयको गोप्य टोलीले शनिबार पक्राउ गरेको […]

काठमाडौं । बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा (नेवारी) पनि सरकारी कामकाजको भाषाकारुपमा लागू भएका छन् ।  प्रदेश सरकारले नेपाली भाषासहित तामाङ र नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषाकारुपमा प्रयोग गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा तामाङ र नेवारी समुदायको बाहुल्य बसोबास रहेकाले ती समुदायको भाषालाई सरकारको कामकाजको भाषाकोरुपमा प्रयोग गर्नु […]

‘टाइटानिक’ र ‘लर्ड अफ द रिङ्ग्स’ जस्ता ब्लकबस्टर र अवार्ड विजेता फिल्मका अभिनेता बर्नार्ड हिलको ७९ वर्षको उमेरमा निधन भएको छ । अभिनेत्री तथा बर्नार्डकी को–स्टार बारबरा डिक्सनले उनको निधनको पुष्टि गरेकी छन् । बारबराले ट्वीटरमा निधनको जानकारी दिँदै भावुक पोस्ट लेखेकी छन् । ‘म अत्यन्त दुःखका साथ भनिरहेकी छु कि बर्नार्ड हिलको निधन भएको […]

गरिमा विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल ९ लाख ५२ हजार ९००.५१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकले कुल सेयरमध्ये ४ लाख २६ हजार ९९०.३० कित्ता संस्थापक सेयर बैंकका हाल कायम संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा […]

एनआईसी एशिया बैंकले देशभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो । विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराइ अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण निर्माणार्थ सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकले उक्त पुस्तकालय भवनहरु निर्माण […]

अब लगभग एकै समयमा ‘भाउजू’ का फाइल खुल्दै छन्, प्रहरीदेखि राजश्व अनुसन्धानसम्मका हाकिम तल–माथि हुँदै छन् । राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानालाई कलकत्ताको निम्ति महावाणिज्यदूत बनाएर पठाउने र त्यहाँ चक्र बूढालाई लैजाने तयारी छ । यसनिम्ति चक्र पर्यटन मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा हाजिर भइसकेका छन् । उनी पहिला विभिन्न जिल्लामा सिडिओ बसिसकेका व्यक्ति हुन्, अर्थको […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले कर्मचारीहरुले सिडिओ हुन हानथाप गर्ने तर प्रमुख प्रशासकीय अधिकृत हुन नचहाने विकृती रहेको उल्लेख गरेका छन् ।सहसचिवको दरबन्दी रहेका ११ उपमहानगरपालिकामध्ये ९ वटा अहिले पनि उपसचिवले चलाइरहेको उल्लेख गर्दै कतै कर्मचारी र कतै जनप्रतिनिधिले सरुवालाई व्यवस्थित गर्न अबरोध सिर्जना गरको प्रसंग जोड्दै उनले ११ वटा उपमहानगरपालिका मध्ये […]

गीतकार तथा प्रशासनविद डा दामोदर रेग्मीको रचना रहेको आनि छोइड्ग डोल्माको स्वर र कीर्ति न्यौपाने संगीतकार रहेको जिन्दगीको पाठशालाले धेरै पढायो, कहिले हंसायो कहिले रुवायो बोल रहेको शव्दको गीतको अडियो सार्वजनिक भएको छ । यो एउटा जीवन को भोगाई र सकारात्मक सोच सँग जोडिएको एउटा निकै मिठो गीत हो यसमा गीतकारले शव्दको अति राम्रो संग […]

व्यापारिक घराना चौधरी ग्रुपको लगानी रहेको नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेजले आयकर नतिरेको भेटिएको छ । आयकर नतिर्ने चौधरी समूहको लगानी रहेको नर्भिकसहित विभिन्न २५ वटा करदाताको सूची ठुला करदाता कार्यालयले सोमबार सार्वजनिक गरेको छ । कर तिर्न अटेर गर्नेमा सरकारी स्वामित्वको कृषि सामाग्री केन्द्रदेखि उदयपुर सिमेन्ट,जनक शिक्षा सामाग्रीसम्म रहेका छन् । यस्तै कर […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।