मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बैठक सुरु भएको हो । आजको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने जनाइएको छ । यस्तै कांग्रेसले माग गर्दै आएको संसदीय छानबिन समिति लगायतका विषयमा बैठकमा छलफल हुनसक्ने एक मन्त्रीले बताए ।

वैशाख १६-१७ गते सम्पन्न तेस्रो लगानी सम्मेलनमा ७१ लाख खर्च भएको छ । सम्मेलनका लागि सरकारले ८ करोड बजेट छुट्याएकोमा ७१ लाख खर्च भएको लगानी बोर्डले जनाएको छ । सम्मेलनका लागि सरकारले ८ करोड बजेट छुट्याएकोमा ७१ लाख खर्च भएको लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । उनले भने, ‘तेस्रो लगानी सम्मेलनमा ३ वटा […]

सर्वोच्च अदालतका आजका सबै इजलास बन्द भएका छन् । पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि बिहीबार सबै इजलास स्थगित भएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिएका छन् ।गण्डकी प्रदेश सरकार र कोशी प्रदेश सरकार गठडनमा भएको गडबडी विरुद्धको पेसी स्थगित भएका छन् । पेशी तोकेर सुनुवाइमा चढिसकेका सबै मुद्दा आज स्थगित भएको सर्वोच्च प्रशासनले जनाएको […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिवसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले पीपीसी ढलानमा अनियमितता भएको भन्दै तथ्य र प्रमाणसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो । यसरी अख्तियारले पोलेकामा उपसचिव,अधिकृत छैटौं,बरिष्ठ इन्जिनियर,सब इन्जिनियर,कार्यपालिका सदस्यका अलवा तत्कालीन मेयर र उपमेयरसमेत रहेका छन् । अख्तियारले महोत्तरीको जलेश्वर नगरपालिकाको वडा नम्बर १ स्थित […]

पर्यटन विभागको महानिर्देशकमा  दुई रुद्र नाम गरेका सहसचिवको चर्चा चल्न थालेको छ । हालैमात्र त्यहाँका महानिर्देशक चक्रबहादुर बूढा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतको कार्यालय राजश्व अनुसन्धान विभागको महानिर्देशक बन्न पुगेसँगै रिक्त हुन पुगेको महानिर्देशकको कुर्सीमा दुई रुद्रको चर्चा चल्न थालेको छ । गत माघमा मात्र अध्यागमनको महानिर्देशकको कुर्सीबाट निलम्बनमा परेका रुद्रमान सिंह तामाङ वा वालकुमारी घटना […]

वालुवाटारको ललिता निवास जग्गा प्रकरणझैं नक्सालमा रहेको सीता भवन जग्गा प्रकरणमा पनि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले हात हालेको छ । यो प्रकरणमा जोडिएका २० जनाविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । नेपाल बाल संगठनकी तत्कालीन अध्यक्ष रितासिंह वैद्य, उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, महासचिव गणेशभक्त श्रेष्ठलगायतविरुद्ध जाहेरी परेपछि अनुसन्धान थालिएको सीआईबीले जनाएको छ । […]

नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले  स्थानीय सरकारलाई दिने समानीकरण अनुदान निकास नभए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् । बिहिबार लुम्बिनी प्रदेश कार्यालय बुटवलले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष ढुंगानाले सम्झौता भईसकेका आयोजनाहरु अहिले अन्तिममा आएर अनुदान कटौती गर्ने निर्णय कुनै हालतमा स्वीकार गर्न नसकिने बताए । निलकण्ठ नगरपालिकाका प्रमुख समेत रहेका ढुंगानाले प्रधानमन्त्री […]

काठमाडौँ । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक निरीक्षण गरेका छन् । उनले प्रस्थान र आवगमनका दुवै कक्षसँगै कार्यालयको समेत निरीक्षण गरेका हुन् । यात्रु प्रस्थान गर्ने तर्फबाटै यात्रु भएर विमानस्थल छिरेका गृह सचिव अर्यालले वायुसेवाका काउन्टर, लबी, अध्यागमन, प्रहरी सुरक्षा र सहजीकरणसँगै ब्यागेज कसरी लोड हुन्छ भन्नेसम्मको निरीक्षण गरेक […]

प्रधानमन्त्री तथा मीन्त्रपरिषद् मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले एकै पटक २७ ठेकेदार कम्पनीलाई कलाोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ । कार्यालयले इसा कन्स्ट्रक्सन,बीरगञ्ज,शिवाणी इन्टरप्राइजेज,वीरगञ्ज,एच एण्ड जे ट्रेर्डस,जिसी ब्रर्दस कन्स्ट्रक्सन,प्रंशसा कन्स्ट्रक्सन,ऊर्जा इन्फ्रा एन्ड कन्स्ट्रक्सन, अधिकारी निर्माण सेवा,चन्द्र सुर्य निर्माण सेवा,कुशभ निर्माण सेवा, यूआरसी कन्स्ट्रक्सन, अधिकारी निर्माण सेवा, देउती बज्यै निर्माण सेवा एन्ड ढुवानी सेवा, आयुष […]

९० लाख अकुत आर्जनको मुद्धा खेपिरहेका कर्मचारीलाई विशेष अदालतले क्लिन चिट दिएको छ । ७ महिना अघि गत असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९० लाख अकुत आर्जन गरेको अभियोग लगाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको थियो । स्याङजाको चापाकोट नगरपालिकामा कार्यरत सिनियर अहेव बिन्दु कोईरालामाथि ९० लाख ३९ हजार ६२० रुपैयाँ गैरकानुनी रुपमा आर्जन […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।