Author: कर्मचारी प्रेस
सरकारले एकै पटक ६० जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को गत २७ वैशाखको बैठकले विभिन्न मन्त्रालय,निकायमा रहेका ६० सहसचिवहरुको सरुवा गरेको हो ।जसमध्ये केहीको पदस्थापन गरिएको हो ।सरुवाको सूची अनुसार प्रशासन सेवाका ४३,कृषि सेवाका ४,इञ्जिनियरिङ सेवातर्फका ६,स्वास्थ्य सेवाका ४ र बन सेवाका ३ गरेर ६० सहसचिवको सरुवा भएको हो । सरुवाको सूची अनुसार,उद्योगमा कार्यरत […]
सरकारले एकै पटक पाँच दर्जन सहसचिवहरुको सरुवा गरेको छ । ०८१ बैशाख २७ मा बसेको क्याविनेट बैठकले एकै पटक ६० सहसचिवहरुको सरुवा गरेको हो । संघ तथा प्रदेशका विभिन्न मन्त्रालय मातहतमा कार्यरत सहसचिवहरूको सरुवा गरिएको छ । सरकारले एकैपटक संघ र प्रदेश तहमा ठूलो संख्यामा सहसचिव हेरफेर गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह, […]
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक पुष्पराज शाहीले आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाएका छैनन्। सम्पत्ति शुद्धीकरण विभागकै महानिर्देशकले विवरण नबुझाएकोमा राष्ट्रिय सतर्कता केन्द्रका उच्च कर्मचारीहरूले आश्चर्य प्रकट गरेका छन्। केन्द्रले सार्वजनिक पदमा बहाल व्यक्तिले बुझाएको सम्पत्ति विवरणको सूची सोमबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बुझाएको छ। उक्त सूचीमा विभागका महानिर्देशक शाहीको विवरण नराखिएको सतर्कता स्रोतले […]
डा. दामोदर रेग्मी नेपालको संविधान २०७२ को कार्यान्वयन पश्चात नेपाल एकात्मक राज्यप्रणालीको परम्परागत स्वरुपबाट परिमार्जित हुदै संघीय लोकतान्त्रिक राज्यमा रुपान्तरण हुन पुगेको छ। संवैधानिक व्यवस्था अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ प्रदेश र स्थानीय गरी तीन तहको हुने र राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान तथा कानून वमोजिम गर्न सक्ने […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हचुवाको भरमा मुद्धा दायर गर्ने गरेको भन्दै विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको ध्यानाकर्षण गराएको छ । विशेष अदालतले अर्काेको हकमा हचुवा र अनाहकमा मुद्धा दायर गर्ने गरेको भन्दै आरोपदावीको सम्बन्धमा अख्तियारका सम्बन्धित आरोपपत्र तयार गर्ने अभियोजनकर्तालाई ध्यानाकर्षण गराउदै प्रमुख आयुक्तलाई जानकारी लेखी पठाउने निर्णय गरेको हो । विशेष […]
त्रिभुवन विश्वविद्यालयले नतिजा सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०८० साल असार,साउन महिनामा संचालित विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फ (४ वर्षे तर्फको वि. एस्सी. (4B.Sc. III Year) तेश्रो वर्षको नियमित तथा आंशिक परीक्षाको परीक्षाफल प्रकाशित गरिएको हो। उक्त परीक्षाको परीक्षाफल वेभसाईट www.tuexam.edu.np मा हेर्न सकिनेछ र मोबाइलमा 33624 मा SMS […]
स्ट्रिप च्याटमार्फत बालबालिकालाई अश्लील यौनजन्य क्रियाकलापमा संलग्न गराउने व्यक्ति पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सिन्धुपलाचोकको पाँचपोखरी घर भई हाल काठमाडौंको माकलबारी बस्ने १९ वर्षीया अंजली अधिकारी रहेकी छन् । अधिकारीले आर्थिक हिसाबले विपन्न परिवारका बालबालिकाहरूलाई आर्थिक प्रलोभनमा पारी अनलाइन टाइपिङको रोजगारी लगाइदिने भन्दै सामाजिक संजालमा (स्ट्रिप च्याट: नि: शुल्क लाइभ सेक्स क्याम र […]
गृहमन्त्री रवि लामिछानेविरुद्ध काँग्रेसले सडक र सदन एकसाथ तताउने भएको छ । काँग्रेसको भातृ संगठनले सडक केन्द्रित र सांसदहरुले सदन केन्द्रित रहेर आन्दोलन गर्ने तयारी गरेका हुन । सहकारी ठगी प्रकरणमा पार्टी सांसदहरुले सदनमा र नेपाली काँग्रेसका भ्रातृ संगठनहरुले सडक केन्द्रित आन्दोलन छेड्न लागेका हुन । नेपाल महिला संघले भोलि र नेपाल तरुण दलले पर्सि […]
कुमारी बैंक लिमिटेड र भरतपुर, चितवन स्थित निको बाल अस्पताल बीच विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई निको बाल अस्पतालबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो । सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले निको बाल अस्पतालबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डद्वारा […]
काठमाडौँ । विशेष अदालत काठमाडौँले लागुऔषध मुद्दामा दोषी ठहर भएका एक अभियुक्तलाई सम्पत्ति शुद्धीकरणमा मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतले मनिष भन्ने दुर्गासिंह तामाङलाई सोमबार दोषी ठहर गरेको हो । उनी यसअघि लागुऔषध मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट कसुरदार ठहर भई १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना भएको थियो । उक्त मुद्दा […]