Author: कर्मचारी प्रेस
काठमाडौं । गृहसचिव एकनारायण अर्यालले सरुवा भई जाने प्रमुख जिल्ला अधिकारी(प्रजिअ)लाई आफू कार्यरत रहँदासम्मको जिल्लाको समग्र प्रतिवेदन बुझाएर मात्रै जान निर्देशन दिएका छन् । गृहसचिव अर्यालले जिल्लाको समग्र वस्तुस्थिति, शान्ति सुरक्षाको अवस्था एवं सुधार गर्नुपर्ने विषयहरू समेत समावेश गरी प्रतिवेदन तयार गरेर नयाँ आउने प्रमुख जिल्ला अधिकारीलाई बुझाउने र गृह मन्त्रालयमा पठाउने व्यवस्था मिलाउन निर्देशन […]
काठमाडौं । अनियमितासम्बन्धि छानविनका लागि नेपाली सेनाका एक अधिकृत दुई सातादेखि थुनामा छन् । क्याप्टेन महेश कोइरालालाई सैनिक प्रहरीले थुनामा राखेको हो । क्याप्टेन कोइरालाले भर्नाको क्रममा आर्थिक लेनदेन गरेको उजुरी परेको थियो ।जसमा प्रमाण भेटिएपछि उनलाई सैनिक प्रहरीले पक्राउ नै गरी थुनामा राखेको जंगी अड्डा स्रोत बताउँछ । यो अनियमिततामा सेनाका अन्य अधिकृतहरू समेत […]
वीरगंज । भारतमा अहिले चरणबद्ध रुपमा लोकसभाको चुनाव भइ रहेको छ यसै क्रममा बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा हुने लोकसभा चुनावको लागि पर्सा जिल्लाको सिमानाका तीन दिन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै बिहारसित सिमाना जोडिएका पर्साका नाकाहरु तीन दिनको लागि बन्द हुने जानकारी दिएको छ । जिल्ला प्रशासनले सुचना […]
धनुषा जिल्लाको बिदेह नगरपालिका–९ स्थित ईटहर्वाबाट जेठ ०२ गते करीब १३ लाख ७३ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा विओपी धनौजीले बरामद गरेको हो । यसैगरी विओपी खजुरीले जेठ १ गते करीब २ लाख ३९ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । बरामद लत्ताकपडा जनकपुर […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिदै छन् । प्रधानमन्त्रीले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ । सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपची प्रधानमन्त्रीले पुनः विश्वासको मत […]
सम्पत्तिवालालाई तर्साउने र जे जति झर्दछ बाँढीचुढी खाने काम गर्दै आएको आरोप लागेका सहसचिव पुष्प शाही सरुवामा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार महानिर्देशक पुष्पराज शाहीको कार्यसम्पादन ‘कमजोर’ रहेको र आफ्ना विरोधी तह लगाउने हतियार विभागलाई बनाएको गुनासो उद्यमी तथा व्यपारीहरुले प्रधानमन्त्रीसँग गर्न थालेपछि उनलाई त्यहाँबाट हटाएर हालैमात्र प्रधानमन्त्री कार्यालयमा भित्रिएका कमल […]
काठमाडौँ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, गण्डकी […]
सर्वसाधारणको रगत, पसिना र आँशु जोडिएको छ सहकारीसँग । देशभर ३१ हजार ३ सय ७३ सहकारी र ७३ लाख ८१ हजार सदस्य छन् । जसमा पौने ६ खर्ब बचत, सवा ५ खर्ब लगानी रहेको छ । सहकारीले लगभग ९ खर्बको कारोवार गर्दै आएको छ । ३ सय ३७ वटा सहकारी व्यवस्थापन संघ छन् । तर, […]
लक्ष्मी सन्राइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ। विराटनगर महानगरपालिका वडा नम्वर–७ स्थित हनुमान दास रोडमा रहेका दुई शाखामध्ये एउटा शाखा ५ किलोमिटर उत्तरतर्फ सोही महानगरपालिकाको वडा नम्बर–३ स्थित पुष्पलाल चोकमा स्थानतरण गरिएको हो। स्थानतरण गरिएको साविकको हनुमान दास रोडको शाखाका ग्राहकहरूले सोही ठाउँमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको […]
कुमारी बैंक लिमिटेड र होटेल भिन्टाज होम , भक्तपुर दरबार क्षेत्र बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई होटेल भिन्टाज होमबाट प्रदान गरिने सेवा तथा सुबिधाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले होटेल भिन्टाज होमबाट सेवा लिए बापत गनुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट-क्रेडिट कार्ड अथवा […]