Author: कर्मचारी प्रेस
काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक आज सिंहदरवारस्थित कानून मन्त्रालयमा ९ बजे बस्ने बताइएको छ । यस अघि विहिबार बसेको कार्यदलको बैठक सकारात्मक भएको बताइए पनि निष्कर्षमा पुग्न भने सकेको थिएन । सत्ता पक्षले आज सहमति हुने दाबी […]
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यही असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले उत्तरपुस्तिका परीक्षण कार्य अन्तिम चरणमा पुर्याएको जनाएको छ ।अहिले उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम भइरहेको बोर्डले जानकारी दिएको छ । […]
काठमाडौँको चन्द्रागिरिबाट ४ लाख घुस लिएको अवस्थामा एक अख्तियारको फन्दामा परेका छ्न । अख्तियर दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरि नगरपालिका–२ बस्ने ध्रुव बहादुर कडायतलाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ का अध्यक्ष भाइ कृष्ण तामाङको निर्देशनमा कडायतले घुस रकम लिएको अख्तियारले गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आरोपीले सेवाग्राहिबाट लिइसकेको अवस्थामा २ लाख […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ११ स्थानीयवासीले ‘विकास निर्माण’ का योजना बनाउँदा बनाउँदै यसको (विकास व्यवस्थापन) योजना पनि बनाउनु पर्ने सुझाव दिएका छन् । चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाई र आगामी आर्थिक बर्षको योजना तर्जुका लागि आज आयोजना गरिएको कार्यक्रममा धारणा राख्ने वडावासीले निर्माणसँगै व्यवस्थापनको सुझाव दिएका हुन् । कार्यक्रममा उनीहरुले विकास तथा सेवा […]
काठमाडौं । नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा नुवाकोट ककनी गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-१६ बसन्तनगर बस्ने २९ वर्षीया रश्मी लामालाई प्रहरीले पक्राउ गरेको छ । लामाले प्रलोभन देखाई विभिन्न होटल तथा गेष्ट हाउसहरूमा नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ नयाँ बानेश्वरबाट पक्राउ गरेको हो […]
काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा देबेन्द्ररमण खनाल नियुक्त भएका छन्।किरणकुमार श्रेष्ठ दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत भएर अवकाश पाएपछि खनाललाई कामु प्रमुख कार्यकारी बनाइएको थियो। बैंकको संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा खुला आह्वान गरेपछि १९ जनाले आवेदन दिएका थिए। अघिल्लो साता ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो।खनाल चार्टर्ड एकाउन्टेन्ट हुन्। उनी १६ वर्षअघि […]
सीता एअरको ठक्करबाट एक जना घाइते भएका छन्। मुगुस्थित रारा ताल्चा विमानस्थलमा बिहीबार नेपालगन्जका लागि यात्रु भरेर उड्ने तयारीमा रहेको सीता एयरले एक जना घाइते बनाएको हो । सीता एयरको टुइनेटर विमानको अघिल्लो भागले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत मुगु स्टेशन प्रमुख धिरेन्द्र भाम घाइते भएका हुन्। भाम विमानका पाइलटलाई विमान उडानका लागि संकेत (कम्युनिकेशन) […]
झण्डै एक दर्जन प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्नेल) हरुको यताबाट उता भएका छन् । सैनिक सचिव विभागको हिजोको पत्रानुसार सेनाका ११ जना कर्नेलको सरुवा भएको हो । विभागले नरसिंहदल गणका प्रमुख सेनानी प्रमोदकुमार शर्मा ५ नम्बर बाहिनी अड्डामा,श्रीनाथ गणका सुरेश देवकोटालाई पूर्वी पृतना हेडक्वार्टर र रुरु भैरवदल गणका हिमाचलजंग शाहलाई नम्बर १८ वाहिनी अड्डामा सरुवा गरिएको […]
चीनबाट ल्याएको ६ अर्ब रुपैयाँ बराबरको आर्मड् पर्सनल क्यारियर (एपीसी) बख्तरबन्द गाडी लगायतको सामान २९ करोड रुपैयाँ भन्सार तिरेर जाँचपास भएको छ। सेनाले ४५ थान एपीसीको लागि २७ करोड ३९ लाख ७१ हजार ६ सय रुपैयाँ राजस्व बुझाएको छ। संयुक्त राष्ट्रसंघको मिसनमा खटिने शान्ति सेनाका लागि सो एपीसी ल्याइएको हो। त्यस्तै सेनाले एपीसीमा प्रयोग हुने […]
कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले २ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ८७ हजार ५३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा […]