Author: कर्मचारी प्रेस
लोकसेवा आयोगका अनुसार संघमा स्वीकृत दबरन्दीभन्दा ११ हजार ३१८ कर्मचारी कम रहेका छन् । आयोगका अनुसार, संघमा ५३ हजार ७६ कर्मचारी दरबन्दी रहेको छ । विभिन्न सेवा तथा समूहमा गरी ४१ हजार ७५८ कर्मचारी कार्यरत रहेका छन् । जसमा सबैभन्दा बढी रिक्त प्रशासन सेवातर्फ ९ हजार ४६० दरबन्दी रिक्त छ भने स्वास्थ्य सेवातर्फ ३ हजार […]
काठमाडौँ महानगरपलिकाकाका मेयरका रुपमा वालेन साह आएसँगै चालु शैक्षिक सत्रमा झण्डै १९ हजार विद्यार्थीले छात्रवृत्ति पाएका छन् । काठमाडौं महानगरपालिका शिक्षा शाखाका अनुसार ४७३ विद्यालयले छात्रवृत्ति विवरण पेश गरेका छन् । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७४ शिक्षा नियमावली, २०५०, काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा काठमाडौँ महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार महानगरपालिका […]
पर्वतारोहीहरुले लियोजन अफिसर चाहिनेभन्दा धेरै खटाइएको र उनीहरुले जिम्मेवारी कुशलतापूर्वक निर्वाह नगरेको गुनासो गरेका छन् । १७ पटक सगरमाथाको सफल आरोहण गरेका पर्वतारोही पासाङ्ग टेण्डी शेर्पाले यस्तो गुनासो पोखेका हुन । सगरमाथाको चौथो क्याम्पमा पुग्दा मोवाइल र घडीमा चीनको समय देखाउने गरेको बिषयमा आफूले सरकारी अधिकृतहरुलाई जानकारी गराउन खोजेको भए पनि यस पटक सम्पर्क अधिकृत […]
लोकसेवा आयोगले अघिल्लो बर्षमा पाँच सय तीन बढुवा सूचना, एक सय ४७ आन्तरिक प्रतियोगितात्मक परीक्षा, दुई सय ९९ खुला प्रतियोगितात्मक परीक्षा र ६ सय ६७ वटा विभिन्न समावेशी समूहका विज्ञापन र बढुवाका लागि सूचना प्रकाशित गरेको जनाएको छ । आगामी असार १ गते ७४औँ वार्षिकोत्सव मनाउने तयारी गरिरहेको आयोगका अनुसार सो अवधिमा उक्त विज्ञापनबाट बढुुवातर्फ […]
नेपाल प्रहरीका एक जना बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत इन्स्पेक्टर विदुर शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । १३ बर्षे एक बालिकालाई करणी प्रयास गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । शिवाकोटीलाई प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ । प्रहरी वृत्त सोह्रखुट्टेबाट केही दिनअघिमात्र […]
आफ्नै नेतालाई पार्टी फुटाएर प्रतिस्थापन गरेका नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्यका कर्मचारी सरुवामा मनलाग्दी गर्न थालेका छन् ।नव नियुक्त स्वास्थ्यमन्त्री प्रदीप यादवले सिनियर कर्मचारीलाई जिम्मेवारीबाट हटाएर कनिष्ठलाई जिम्मेवारी दिँदै खटन पटनमा मनलाग्दी सरुवा प्रारम्भ गरेका छन् । मन्त्री यादवले ११ औं तहका हाकिमलाई जिम्मेवारीबाट खोसेर त्यहाँ १० औं तहका कर्मचारीलाई कार्यालय प्रमुख बनाएर […]
नापी कार्यालय ललितपुरका नापी अधिकृत राजन गिरीसहित सात जनाले सफाइ पाएका छन् । जग्गाको कित्ताकाट गर्दा नक्सा र फिल्डमा हुँदै नभएको क्षेत्रफल कायम गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बर्ष भदौंमा उनीहरुविरुद्ध विशेष अदालतमा मुद्धा चलाएको थियो । अख्तियारले नापी कार्यालय, ललितपुरका नापी अधिकृत राजन गिरी र सर्भेक्षक लोकेन्द्र सिंह धामी, मालपोत कार्यालय, ललितपुरका […]
लोक सेवा आयोगले लिएको परीक्षामा चिट चोर्ने एक जना कारबाहीमा परेका छन् । गत वैशाख ३० र जेठ १ गते सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदका लागि लिइएको लिखित परीक्षामा सहभागी ललितपुरको इकुडो–१, का बुद्ध बोम्जनलाई कारबाही गरिएको हो । उनले अंग्रेजी विषयको लिखित परीक्षामा चिट चोरेको पाइएपछि परीक्षा रद्ध गरिएको आयोगले जनाएको छ । […]
लोकसेवा आयोगले अघिल्लो बर्षमा पाँच सय तीन बढुवा सूचना, एक सय ४७ आन्तरिक प्रतियोगितात्मक परीक्षा, दुई सय ९९ खुला प्रतियोगितात्मक परीक्षा र छ सय ६७ वटा विभिन्न समावेशी समूहका विज्ञापन र बढुवाका लागि सूचना प्रकाशित गरेको जनाएको छ । आगामी असार १ गते ७४औँ वार्षिकोत्सव मनाउने तयारी गरिरहेको आयोगका अनुसार सो अवधिमा उक्त विज्ञापनबाट बढुुवातर्फ […]
स्थानीय तहका डन कर्मचारीका रुपमा चिनिएका सहसचिव वीरेन्द्रदेव भारती ‘गोदावरीकाण्ड’मा परेर निलम्बनमा परेका छन् । हाल भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका भारतीलाई समेत प्रतिवादी बनाएर अख्तियारले मुद्धा चलाएसँगै उनी स्वत निलम्बनमा परेका हुन । सरकारले गत वै्रशाखमा २८ सहसचिवको सरुवा गर्दा एक जना सहसचिवलाई महानगरपालिकाबाट महानगरपालिकमै खटाएको छ,प्रमुख प्रशासकीय अधिकृतको रुपमा । ललितपुर महानगरपालिकाको […]