सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको ज्यान गएको छ । चालक दलका सदस्यसहित १९ जना सवार जहाज आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो । ९ एन–एएमई सीआरजे ७ विमान आज बिहान काठमाडौंबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो । विमानमा चालक दलका सदस्यसहित १९ जना थिए ।नेपाल नागरिक उडड्ययन प्राधिकरणका अनुसार क्याप्टेन मनिष शाक्यबाहेक सबैको निधन भएको हो ।
बिज्ञापन
क्याप्टेन शाक्यको आँखामा चोट लागेको छ । बोल्न सक्ने अवस्थामा रहेका उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भैरहेको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ ।
बिज्ञापन
दुर्घटनामा ज्यान गुमाउने सबै सौर्य एयरका प्राविधिक कर्मचारी हुन् । अमित महर्जन, सागर आचार्य, दिलिप बर्मा, मणुराज शर्मा, आश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश मरासैनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही, आरिफ रेडा मृत्यु भएको छ । उनीहरुको शव त्रिवि शिक्षण अस्पताल लैजाने तयारी भइरहेको छ ।
बिज्ञापन
सी चेकका लागि बिहान पोखरा जान लागेको जहाज आज ११ बजे उड्नेबितिक्कै दुर्घटनामा परेको हो । ग्राउन्ड छाडिसकेपछि रनवेबाहिर बजारिंदा जहाजमा आगो लागेको थियो । दुर्घटनाग्रस्त जहाज कन्टेनरमा ठोक्किएका कारण बस्ती जोगिएको र थप क्षेती हुन नपाएको प्रहरीले जनाएको छ ।