दुर्घटनाग्रस्त विमानमा सौर्य एयरलाइन्सकै १७ कर्मचारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्यको विमानमा एयरलाइन्सका कर्मचारी र चालक दलका सदस्य मात्र रहेको पाइएको छ ।

बिज्ञापन

क्याप्टेन एम आर शाक्यले उडाएको विमानमा सुशान्त कटुवाल को पाइलटका रूपमा रहेका थिए । दुर्घटना भएको सौर्य एयरलाइन्सका पाइलट मनिषरत्न शाक्यलाई उपचारका लागि अस्पताल पुर्याइएको छ । शाक्यलाई सिनामंगलस्थित काठमाण्डु मेडिकल कलेजमा राखिएको छ । उनको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

बिज्ञापन

सौर्य एयरलाइन्सको जहाज मर्मतका लागि भनेर काठमाडौँबाट पोखराका लागि उडेको थियो । जहाज सी चेकका लागि पोखरा लैजान लागिएको थियो । ज उक्त जहाजमा अन्य १७ जना एयरलाइन्सकै कर्मचारी रहेको पाइएको छ । १७ मध्ये १ महिला र अन्य पुरुष रहेका छन् । विमानमा सवार कर्मचारीहरूमा अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका छन् । आरिफ भने विदेशी नागरिक हुन् । जहाज ग्राउन्ड छाडिसकेपछि नियन्त्रणबाहिर गएको थियो ।

त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको जहाजबाट १५ जनाको शव फेला परेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । दुर्घटनामा परेको जहाजबाट संकलन गरिएको शव त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिँदैछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

आगामी आर्थिक बर्षमा १६८ विद्येयक पेश हुने : पहिलो प्रथामिकतामा संघीय निजामती सेवा विद्येयक

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

बिशेष