नक्कली सर्टिफिकेट पेश गरेर शिक्षिका बनेकी गौतमलाई लाग्यो अख्तियार

कास्कीमा एक जना शिक्षिकाको शैक्षिक प्रमाणपत्र नक्कली फेला परेको छ । पोखरा महानगरपालिका ८ स्थित श्रीराम प्राथमिक विद्यालयमा कार्यरत शिक्षिका विन्दु गौतम शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत, काठमाडौंमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गौतममाथि नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा उक्त पदमा नियुक्ति लिएको आरोप छ ।

बिज्ञापन

विन्दुले भारतको उत्तर प्रदेश माध्यमिक शिक्षा परिषद्को एसएलसीको नक्कली प्रमाणपत्र पेश गरी स्थायी शिक्षक पदमा नियुक्ति लिएको अख्तियारको आरोप छ । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम आयोगले मुद्दा दायर गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सचिवबीच छलफल

कर छलीदेखि जनस्वास्थ्यसम्मः ‘एक्सट्रिम–म्याक्स टाइगर’ प्रकरणमा सरकारी निकायकै संरक्षण

बारम्बार तेल चोरी हुने विराटनगर डिपोमा बिनी श्रेष्ठको नजर

करार कर्मचारी व्यवस्थापनको मन्त्रिपरिषद् निर्णयको स्वागत, संघर्षमा साथ दिने सबैप्रति आभार

प्रशासन सेवाका ४२,इन्जिनियरिङका १४ सहित यी ८७ सहसचिव जाँदैछन् घर

घान्द्रुकले सिकाएको मौनताको दर्शन(नियात्रा)

सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा

विदेशी विनिमय अवचलनको अनुसन्धानदेखि उपचार विवादसम्म मुछिएका डा. जितेन्द्र परियारलाई सिभिल अस्पतालको नेतृत्व दिलाउन शक्तिकेन्द्रको दौडधुप ?

बिशेष