बीमा कम्पनीको सीइओका लागि खुल्यो दरखास्त,के चाहिन्छ योग्यता ?

राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरिएको छ । कम्पनीले आज सूचना प्रकाशित गर्दै आवेदन मागेको हो ।

बिज्ञापन

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी २१ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा आवेदन पेश गर्न सक्ने सूचनामा भनिएको छ । आवेदकले बीमा, मौद्रिक, बैंकिङ, वित्तिय, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्क शास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा पाँच वर्ष वा आर्थिक, बैंक वा वित्तिय क्षेत्रमा भए आठको अनुभव हासिल गरेको हुनुपर्ने जनाइएको छ ।

बिज्ञापन

त्यस्तै, दुवै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभवसहित कम्तीमा सात वर्षको अनुभव भएको हुनुपर्नेछ । चार्टर्ड एकाउन्टेन्सी वा सोही विषयहरुमा स्नातक वा सो सरहको उपाधि हासिल गरेको हकमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा दश वर्ष, बैंक वा वित्तिय क्षेत्रमा भए १५ वर्ष तथा दुवै क्षेत्रमा भए बीमा एक वर्षको अनुभवसहित कम्तीमा १२ वर्षको अनुभव भएको हुनुपर्ने जनाइएको छ ।

यस्तै, नियामक निकायबाट सीईओ हुन अयोग्य हुने भनी तोकिएको अवस्था नभएको तथा दरखास्त बुझाउने अन्तिम दिनसम्म ६५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

बिज्ञापन

3-1707275675.jpg

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एडीबी निर्देशनालयमा ढकालको ‘एकछत्र राज’ : कमिसन खेल, राजनीतिक आड र अलपत्र राजमार्ग

‘हिरोइज्म’ होइन वैकल्पिक राजनीति

सरकारी कोषमा खर्बाै रकम,उदेश्य एउटा अन्यत्रै खर्च

आजदेखि दल र उमेद्धारले चुनाव प्रचार प्रसार गर्न पाउने

गोली प्रहार गरी सब इन्जिनियर यादवको हत्या

४४ वर्षदेखि नेमकिपामा राज, भक्तपुर १ चुनावी गढ : घोषणापत्रमा के छ खास ?

अनुदान कटौतीपछि स्थानीय तहका दुई ठूला संगठनको आन्दोलनमा उत्रने चेतावनी

प्रलोपाको घोषणापत्र : निजामती सेवाको पुनसंरचना,दलीय ट्रेड युनियन खारेज

बिशेष