एक सय विद्यालयमा बम राखिएको धम्कीपूर्ण इमेल

नयाँ दिल्ली । दिल्ली-एनसीआरका क्षेत्रका करिब १०० विद्यालयमा बम राखिएको धम्कीपूर्ण इमेलहरू पठाइएको छ। दिल्ली पुलिसका अनुसार यो धम्की सोही इमेलबाट पठाइएको हो। यो इमेल रूसी सर्भरबाट बिहान ५ः ३६ मा पठाइएको थियो।

बिज्ञापन

दिल्ली प्रहरी, बम डिस्पोजल स्क्वाड, दमकल र एम्बुलेन्स सबै विद्यालयमा पुगेका छन् । बमको खोजी भइरहेको छ । इमेल पठाउनेको पनि खोजी भइरहेको छ ।इमेलमा डीपीएस द्वारका, डीपीएस वसन्त कुञ्ज, डीपीएस नोएडा, डीपीएस रोहिणी, ग्रीन भ्याली नजफगढ, मदर मेरी स्कूल मयुर विहार, संस्कृति स्कूल, डीएभी साउथ वेस्ट र अमिता साकेत लगायत नामहरू देखा परेका छन्। इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार १०० विद्यालयमा धम्कीपूर्ण मेल पठाइएको छ ।

बिज्ञापन

यता गृह मन्त्रालयले भने अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको बताएको । ‘सुरक्षा निकायले कारबाही गरिरहेको छ । प्रोटोकल अनुसार कारबाही भइरहेको छ । यो झूटो धम्की पनि हुन सक्छ,’ मन्त्रालयले भनेको छ ।

कसले कहाँबाट पत्र पठायो ?

बिज्ञापन

रिपोर्टका अनुसार अहिलेसम्म आईपी ठेगाना एउटै रहेको प्रहरीले आशङ्का गरेको छ । एउटै ढाँचाको मेल सबै विद्यालयमा पठाइएको छ। साइबर सेलका अनुसार सर्भर रुसी थियो।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अध्यागमन विभाग र विमानस्थलमा नयाँ नेतृत्व, पाँच सहसचिवको सरुवा

२४ लाख ५० हजार घुससहित मालपोत प्रमुख रंगेहात पक्राउ

सेवन्तकले लिए शपथ

राजकुमारको ठाउँमा भगवतीलाई मन्त्री बनाउने तयारी

मन्त्रीको राजीनामा पछि निजामती विद्येयक अलपत्र,कार्यसूचीबाट हटाउने तयारी

जग्गा दलालको पछि लाग्दा गुम्यो मन्त्रीको कुर्सी

मन्त्री गुप्ता भन्छन् : ‘ कहिँलेकाँही नखाएको बिष लाग्दो रहेछ’

सामान्य प्रशासन मन्त्रीले अन्ततः राजीनामा दिए

बिशेष