एक सय विद्यालयमा बम राखिएको धम्कीपूर्ण इमेल

नयाँ दिल्ली । दिल्ली-एनसीआरका क्षेत्रका करिब १०० विद्यालयमा बम राखिएको धम्कीपूर्ण इमेलहरू पठाइएको छ। दिल्ली पुलिसका अनुसार यो धम्की सोही इमेलबाट पठाइएको हो। यो इमेल रूसी सर्भरबाट बिहान ५ः ३६ मा पठाइएको थियो।

बिज्ञापन

दिल्ली प्रहरी, बम डिस्पोजल स्क्वाड, दमकल र एम्बुलेन्स सबै विद्यालयमा पुगेका छन् । बमको खोजी भइरहेको छ । इमेल पठाउनेको पनि खोजी भइरहेको छ ।इमेलमा डीपीएस द्वारका, डीपीएस वसन्त कुञ्ज, डीपीएस नोएडा, डीपीएस रोहिणी, ग्रीन भ्याली नजफगढ, मदर मेरी स्कूल मयुर विहार, संस्कृति स्कूल, डीएभी साउथ वेस्ट र अमिता साकेत लगायत नामहरू देखा परेका छन्। इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार १०० विद्यालयमा धम्कीपूर्ण मेल पठाइएको छ ।

बिज्ञापन

यता गृह मन्त्रालयले भने अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको बताएको । ‘सुरक्षा निकायले कारबाही गरिरहेको छ । प्रोटोकल अनुसार कारबाही भइरहेको छ । यो झूटो धम्की पनि हुन सक्छ,’ मन्त्रालयले भनेको छ ।

कसले कहाँबाट पत्र पठायो ?

बिज्ञापन

रिपोर्टका अनुसार अहिलेसम्म आईपी ठेगाना एउटै रहेको प्रहरीले आशङ्का गरेको छ । एउटै ढाँचाको मेल सबै विद्यालयमा पठाइएको छ। साइबर सेलका अनुसार सर्भर रुसी थियो।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष