काठ चिर्ने आराले घाँटी काटिएको अवस्थामा युवक फेला

काठ चिर्ने आराले घाँटी काटिएको अवस्थामा एक जना युवक फेला परेका छन्। धादिङको खनियाबास गाउँपालिका–१ झार्लाङमा नेत्रावती गाउँपालिका–५ कटुञ्जेका ईश्वर गुरुङ घाइते अवस्थामा फेला परेका हुन् ।

बिज्ञापन

हिजो राती करिब १ बजे घटना घटेको स्थानीय मनिष तामाङले जानकारी दिए । तामाङका अनुसार घाँटीको रुद्रीघण्टी आराले काटिएको अवस्थामा भेटिएको हो । उनको घाँटीमा ठूलो चोट लागेकोले बोल्न सक्दैनन् ।

बिज्ञापन

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताए । पहिलो प्राथमिकता घाइतेको जीवन बचाउनु हो । उनले भने, ‘अहिले घाइतेको उद्धारमा लागेका छौं । अनुसन्धानपछि मात्रै थप जानकारी आउनेछ।’

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नेपाल एसबीआई बैंकभित्र समस्या नै समस्या

कोदारी राजमार्गमा दुई मन्त्रीको जम्बो निरीक्षण, राजमार्ग खुल्न भने अनिश्चित

हुलाकी सडकको एउटा सानो पुल, जसले जोड्यो दुई किनारा मात्र होइन, स्थानीयको वर्षौंदेखिको प्रतीक्षा

नयाँ संगठन तथा पद दर्ता प्रक्रिया सुरु: राष्ट्रिय कितावखानाले द्रुत प्रक्रियाबाट गर्‍यो २८३ पद दर्ता

खरिदार अधिकारी : असार महिनाको उत्कृष्ट कर्मचारी

‘करिअर डिप्लोम्याट’हरुको समयावधि अनिश्चितकालका लागि थप

जिल्ला प्रशासन कार्यालयका कर्मचारी मृत भेटिए

स्टोरमा जरा गाडेका कर्मचारी : विवरण मागियो, तर सरुवा हुन सकेन, आखिर कसको संरक्षण ?

बिशेष