कर परीक्षणको नाममा ५ लाख घुस माग्ने कर अधिकृत पक्राउ, अख्तियारको ‘ट्र्याप’मा परे पाल

लहान । आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा रंगेहात पक्राउ परेका छन्।अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले बिहीबार कार्यालय परिसरमै विशेष योजना (ट्र्याप) सञ्चालन गरी पाललाई नियन्त्रणमा लिएको हो।

बिज्ञापन

अनुसन्धानका अनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने क्रममा पालले ५ लाख रुपैयाँ घुस मागेका थिए। उनले आफूभन्दा माथिल्लो तहका कर्मचारीलाई समेत मिलाउनुपर्ने भन्दै घुस नदिएसम्म अडिट प्रक्रिया अघि नबढ्ने संकेत दिएका थिए।

बिज्ञापन

घुस लेनदेनको तयारीका क्रममा कम्पनीका प्रतिनिधिलाई सुरुमा बुधबार दिउँसो कार्यालयमा बोलाएर लामो समय प्रतिक्षा गराइएको थियो। पछि पालले फोनमार्फत आफू गोलबजार क्षेत्रमा रहेको जानकारी दिँदै भेटघाट अर्को दिनका लागि सारेका थिए। उनले एक बिचौलियाको सम्पर्क नम्बरसमेत उपलब्ध गराएका थिए।
भोलिपल्ट बिहान कार्यालयमै रकम ल्याउन निर्देशन दिएपछि कम्पनीका प्रतिनिधिले अख्तियारको समन्वयमा रकम लिएर पुगेका थिए। सोही क्रममा पालले घुस रकम बुझ्दै गर्दा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।

अख्तियारले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा घुस माग्ने क्रममा अन्य कर्मचारीको नामसमेत जोडिएको दाबी भएकाले त्यसतर्फ पनि अनुसन्धान केन्द्रित हुने स्रोतले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

७२ कम्युटर अपरेटरहरुको सरुवा : १८ लाई गृह,२२ भूमि व्यवस्था तथा अभिलेख विभाग

अन्तर्वार्ताको सूचीबाट हटाइए उपसचिवका तीन उमेद्धार

कुमारी बैंकका अध्यक्ष र माननीय विदूषीविरुद्ध अंश मुद्धा दायर

२५ उपसचिवको सरुवा : १३ लाई प्रमुख प्रशासकीय अधिकृत,पाँच भित्रिए सिंहदरबार

२५ उपसचिवको सरुवा, अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

सचिव बढुवाका लागि सहसचिव कुँवरको एकल नाम सिफारिस

जासुसको सर्टिफिकेट नै नक्कली,अख्तियारले हाल्यो मुद्धा

प्रशासनिक संयन्त्रप्रति मन्त्रीको आक्रोश : ‘कर्मचारीले मलाई टेरेनन्, केही गर्न सकिन’

बिशेष