भ्रष्टचार निवारण ऐन २०५९ को दफा ५०(१) वमोजिम सार्वजनिक पद धारण गरेको पदाधिकारी तथा राष्ट्रसेवकले सम्पति विवरण हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिन भित्र तोकिएको निकायमा वुझाइ सक्नु पर्ने व्यवस्था रहे अनुरुप आ.व. २०८२∕८३ को सम्पति विवरण वुझाउने कार्यको थालनि भएकोछ । संघीय निजामती तर्फका कर्मचारीले राष्ट्रिय कितावखानामा र प्रदेश निजामती तथा स्थानीय सेवाका कर्मचारीले सम्वन्धित प्रदेश मुख्यमन्त्रि कार्यालय वा प्रदेश कितावखानामा वुझाउनु पर्ने व्यवस्था रहेकोछ । यस सम्वन्धि व्यवस्थालाइ प्रभावकारी वनाउन राष्ट्रिय कितावखानाले सार्वजनिका सूचना जारि गरिसकेकोछ भने सात वटै प्रदेशका सम्वद्ध कर्मचारीलाइ जुम वैठक मार्फत अभिमुखिकरण पनि गरिसकेकोछ ।
बिज्ञापन
सम्पति विवरण म्याद भित्र नवुझाउने कर्मचारीलाइ रु.दश हजार जरिवाना हुनुका अतिरिक्त सेवावाट अलग हुदा पाउने सवै प्रकारका सुविधा (निवृत्तिभरण, उपदान, संचित विदावापतको रकम, औषधिउपचार सुविधा लगायत) मा रोक लगाईने भएकोले यस वर्ष तुलनात्मक रुपमा नवुझाउनेको संख्या घटने राष्ट्रिय कितावखानाका महानिर्देशक श्रवण कुमार पोखरेलले जनाउनुभएकोछ । गत वर्ष ३,१९६ कर्मचारीले म्याद भित्र सम्पति विवरण वुझाएका थिएनन भने सुविधा रोक्का गरेको कारण विगत ६ महिना भित्र २५० कर्मचारीले जरिवानावापत रु ३७,५५,००० दाखिला गरेका राष्ट्रिय कितावखानाले जनाएकोछ ।
बिज्ञापन
यस वर्ष राष्ट्रिय कितावखानामा मात्र सम्पति विवरण वुझाउनु पर्ने दायित्व भएका अनुमानित कर्मचारी संख्या ७१,५०८ रहेको छ । सातवटै प्रदेशमा वुझाउनु पर्ने १९,६२६ समेत गर्दा कुल ९१,१३४ कर्मचारी ( संघ, प्रदेश तथा स्थानीय सेवा ) ले सम्पति विवरण वुझाउनुपर्ने हुन्छ ।
दुइ दिने सार्वजनिक विदाको प्रचलन रहेको तथा ६० दिन भित्र वुझाइसक्नु पर्ने वाध्यात्मक कठिनाइलाइ व्यवस्थापन गर्न श्रावण १ गते देखि ६० दिनसम्म हरेक दिन विहान ७ वजे देखि वेलुका ६ वजे सम्म तथा सार्वजनिक विदाका दिनमा समेत सोहि वमोजिम सम्पति विवरण वुझ्ने, वुझाउने सुविधा मिलाइएको महानिर्देशक पोखरेलले जनाउनु भएकोछ ।
बिज्ञापन
म्याद भित्रै सम्पति विवरण वुझाएर कानूनको परिपालना गर्ने असल आचरणयुक्त तथा उदाहरणीय राष्ट्रसेवकको पहिचान कायम गर्न सवै कर्मचारीहरुमा आव्हान गर्दे महानिर्देक पोखरेलले दर्ता नम्वर १ मा आफ्नो सम्पति विवरण आफैले दर्ता गरेर अभियानको शूरुवात गर्नुभएकोछ ।




























