यी हुन यही आर्थिक बर्षमा अनिवार्य अवकाशमा जाने २२ सचिवहरु

यस आर्थिक बर्षमा २२ सचिवसहित १९८५ कर्मचारी अनिवार्य अवकाशमा जाँदैछन् । भूमि व्यवस्था,सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको राष्ट्रिय किताबखाना (निजामती)को रेकर्डअनुसार यस बर्ष २२ जना सचिव,८७ सहसचिव,२०६ उपसचिव,३२० जना शाखा अधिकृत,सहायकस्तरका ७७३ र श्रेणीविहिन ५७९ गरी कूल १ हजार ९ सय ८५ कर्मचारी अनिवार्य अवकाशमा जानेछन् । यसरी अनिवार्य अवकाशमा जानेहरुमा ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका हुुन । सचिवहरु भने पाँच बर्ष सेवा अवधि र ५८ बर्षे उमेर हद लागेर अनिवार्य अवकाशमा जान लागेका हुन । निजामती सेवा ऐन २०४९ मा सचिव पाँचवर्षे सेवा अवधि र ५८ वर्षे उमेर हद गरी दुई तरिकाबाट अनिवार्य अवकाशमा जाने व्यवस्था छ ।

बिज्ञापन

सूची अनुसार,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव किरणराज शर्मा साउन ३ साउनबाट अनिवार्य अवकाशमा जानेछन् । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थन्काइएका सचिव लोकनाथ पौड्याल साउन ६ गते,सचिव हरिप्रसाद मैनाली साउन १८, गोविन्दप्रसाद शर्मा साउन २४ मा अनिवार्य अवकाशमा जानेछन् । किताबखानाको अभिलेख अनुसार साउनमा चार सचिव अनिवार्य अवकाशमा जानेछन् ।

बिज्ञापन

हालैमात्र प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पुगेका डिल्लीराम शर्मा पाँच बर्ष सेवा अवधि पूरा गरेर भदौ २ गते अनिवार्य अवकाशमा जानेछन् । शर्मा अवकाशमा गएको पर्सीपल्ट बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी ५८ ले भेटेर घर जाँदैछन् । मुख्य सचिव बन्ने चर्चामा रहेका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य अवकाशमा जानेछन् । भदौं महिनामा तीन सचिव अनिवार्य अवकाशमा जानेछन् ।

यस्तै असोज महिनामा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल १३ गते,राष्ट्रिय सर्तकताबाट जल तथा ऊर्जा आयोगमा पुगेका सरजुकुमार वैद्य असार १५ गते घर जाँदा असोज १७ मा सचिवद्धय अर्थात नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र बैकुण्ठबहादुर अधिकारी अवकाशमा जानेछन् । यस्तै राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ असोज १८ मा अनिवार्य अवकाशमा जानेछन् । असोज महिनामा अवकाशमा जाने सचिवको संख्या पाँच रहेको छ ।

बिज्ञापन

यस्तै,महिला, बालबालिका, यौनिक तथा लैङ्गिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउत पूस २० र राष्ट्रपति कार्यालयका सचिव महादेव पन्थ पुस महिनामै घर जानेछन् ।हाल लोकसेवा आयोगका सचिव रामेश्वर दंगाल माघ १६ गते र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला फागुन ४ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। विज्ञान प्रविधि तथा नवप्रवर्तत मन्त्रालयका सचिव दिनानाथ मिश्र चैत २ गते अनिवार्य अवकाशमा जानेछन् ।आगामी बर्ष अर्थात २०८३ वैशाख ५ गते लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, नायब महान्यायाधिवक्ता लोकराज पराजुली जेठ १० गते, जेठ ३१ गते रक्षा सचिव केदारनाथ शर्मा अनिवार्य अवकाशमा जानेछन् । यस्तै कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल असार १४ गते र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल असार २३ गते अवकाशमा जाने सूचीमा छन्।

सूची अनुसार साउनमा ४ सचिव, भदौमा ३, असोजमा ५, पुसमा २, माघमा १, फागुनमा १, चैतमा १, वैशाखमा १, जेठमा २ र असारमा २ गरी २२ सचिव ५८ बर्षको उमेर हद र ५ बर्षे सेवा अवधि पूरा गरेर घर जाँदैछन् ।

बीचमै संघीय निजामती विद्येयक आए लम्बिन सक्छ कार्यकाल

‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ अहिले छलफलको क्रममा छ । भूमि व्यवस्था सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राय तथा परामर्शका लागि भन्दै अर्थ हुँदै कानुनमा पठाएको विधेयकमा दुई महिना भन्दा लामो समयदेखि होल्ड छ । विद्येयकमा ५५ बर्ष उमेर हद र ३० बर्ष सेवा अवधिको प्रावधान राखिएको छ । यस अघि निजामती कर्मचारीहरूको उमेर हद ५८ वर्षबाट बढाएर ६० वर्ष पुर्‍याउने उल्लेख गरिएको थियो । उमेर हद कार्यान्वयन पहिलो पटक एक वर्ष र त्यसपछि ६ ६ महिना गरिने समेत उल्लेख छ । विद्येयक बीचमै आएमा र ६० बर्ष प्रावधान राखिएको खण्डमा अहिले अवकाशमा जान लागेका सचिवहरुको कार्यकाल लम्बिन सक्छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

छाया निर्देशक बनेर वीर अस्पताल चलाएको आरोप, डा. दीपक मिश्रविरुद्ध अख्तियारमा उजुरी

दुई बिरामीको मृत्यु र उपचार विवादमा मुछिएका डा. जितेन्द्र सिभिल अस्पतालको कार्यकारी बन्न दौडमा

सरकारी कर्मचारीको तलब आजदेखि बढ्यो : अब न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि

यी हुन यही आर्थिक बर्षमा अनिवार्य अवकाशमा जाने २२ सचिवहरु

आगामी आर्थिक वर्षमा १,९८५ निजामती कर्मचारी अनिवार्य अवकाशमा, २० सचिवस्तरका अधिकारी पनि बिदा हुने

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बिशेष