मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

देशभर मनसुनी प्रणाली सक्रिय बन्दै गएसँगै आगामी दुई दिन वर्षा थप तीव्र हुने मौसमविद्ले चेतावनी दिएका छन्। बंगालको खाडी क्षेत्रमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दा मनसुनी गतिविधि सशक्त बनेको र बाढी, पहिरो तथा डुबानको जोखिम उल्लेखनीय रूपमा बढेको छ।

बिज्ञापन

सम्भावित विपद्को जोखिम न्यूनीकरण तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले देशभरका अति संवेदनशील क्षेत्रमा ५४ वटा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको जनाएको छ। ती स्थानमा विपद् हुँदा उद्धार टोली तत्काल परिचालन गर्न सकिने गरी जनशक्ति र आवश्यक सामग्री तयारी अवस्थामा राखिएको छ।

बिज्ञापन

सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार वर्षाजन्य विपद्का दृष्टिले अत्यन्त जोखिमयुक्त १६ स्थानमा स्थायी विपद् व्यवस्थापन बेससमेत सञ्चालनमा छन्। ती केन्द्रमा उद्धारका लागि आवश्यक उपकरण, तालिमप्राप्त जनशक्ति तथा गोताखोर टोली तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो।

कार्कीका अनुसार मनसुनजन्य विपद् व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय तथा प्रादेशिक आपतकालीन कार्यसञ्चालन केन्द्र, जिल्ला विपद् व्यवस्थापन समिति लगायत सबै सरकारी संयन्त्रसँग समन्वय गरेर काम भइरहेको छ। प्राप्त हुने जुनसुकै सूचनामा नजिकको एपीएफ युनिट तत्काल परिचालन हुने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो।

बिज्ञापन

विपद्सम्बन्धी सूचना संकलन र उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरीले ‘एपीएफ कम्युनिटी अलर्ट सिस्टम’ मोबाइल एप सञ्चालनमा ल्याएको छ। यस एपमार्फत नागरिकले विपद्को जानकारी पठाउनेबित्तिकै घटनास्थानको लोकेसनसहित सम्बन्धित बाहिनीमा सूचना पुग्ने र उद्धार टोली तत्काल परिचालन हुने व्यवस्था गरिएको छ।

यसका साथै जोखिममा परेका नागरिकले तत्काल सहयोग लिन सकून् भनेर सशस्त्र प्रहरीको केन्द्रीय कार्यालय तथा प्रत्येक बाहिनीमा १११४ हटलाइन सेवा सञ्चालनमा ल्याइएको छ। हटलाइन वा मोबाइल एपमार्फत प्राप्त हुने सूचनाको आधारमा उद्धार टोली तुरुन्तै परिचालन गरिने एपीएफले जनाएको छ।

प्रवक्ता कार्कीले मनसुन अवधिभर सशस्त्र प्रहरी बल नेपाल २४सै घण्टा तयारी अवस्थामा रहने बताउँदै कुनै पनि प्राकृतिक विपद् आइपरे नागरिकले नजिकको एपीएफ युनिट, १११४ हटलाइन वा कम्युनिटी अलर्ट सिस्टममार्फत सूचना दिन आग्रह गर्नुभयो।

सरकारले पनि मनसुनजन्य प्राकृतिक विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना’ कार्यान्वयनलाई प्राथमिकतामा राखी तीनै तहका सरकार र सुरक्षा निकायबीच समन्वयात्मक रूपमा विपद् व्यवस्थापनका गतिविधि सञ्चालन भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सात सचिव रिक्त,चार महिनादेखि बढुवा ठप्प हुँदा मारमा बरिष्ठ सहसचिवहरु

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

डिभी र पिआरधारी चार अधिकृतलाई १५ दिने स्पष्टीकरण

बिशेष