प्रधानमन्त्री ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुँदै

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज छेडिने (ब्रेक थ्रू) हुँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ छेडिने (ब्रेक थ्रु) कार्यक्रम हुन लागेको छ । आज दिउँसो १ बजे थानकोट नजिकै औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रु’ गर्न लागिएको हो । पुष्पकमल दाहाल प्रचण्डले स्विच थिचेर ब्लास्टिङ गरेर सुरुङमार्ग ब्रेक थ्रु गर्ने कार्यक्रम रहेको छ ।

बिज्ञापन

नागढुङ्गा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरूले एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न लागिएको जानकारी दिए ।

बिज्ञापन

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । बलम्बुदेखि धादिङको सिस्नेखोलासम्मको सुरुङमार्गको लम्बाइ दुई हजार छ सय ६७ मिटर छ । झण्डै वर्ष ढिलो ब्रेक थ्रु भएको उक्त परियोजना पूर्ण रुपमा सम्पन्न भएर सवारी साधन आवतजावत गर्न अझै एक वर्ष लाग्ने जानकारी दिइएको छ ।

आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ । आयोजना निर्माणको सुरुआती सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपथ्र्यो ।
आयोजनामा तीन वटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ ।

बिज्ञापन

त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन) लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमाले महाधिवेशन उद्घाटनमा शीर्ष नेता गएनन्

आफ्नै प्रस्तावबाट व्याक भए ओली

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी सहसचिव भट्टराई २५ लाख धरौटीमा रिहा

खल्तीविरुद्ध जेनजीहरु खुलकुदमन्त्रीकहाँ

अस्वभाविक बरियता : अधिवक्ताभन्दा सर्वाेच्चका न्यायधीश तल,पूर्व एआइजी जेनजी मन्त्रीभन्दा पुच्छारमा

१ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय वीरगन्जका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर

११२ प्रहरी कर्मचारी कारवाहीमा,बढुवा रोक्कासम्मको चेतावनी

सहकारी व्यवस्थापन टोलीसँग स्पष्टीकरण पछि मन्त्रीको सरुवा

बिशेष