हिमाल आरोहण गर्न ४३ देशका ५३६ आरोहीले लिए अनुमति

वसन्तकालीन याममा विश्वकै अग्लो शिखर सगरमाथाका अलवा नेपालका २१ वटा हिमाल आरोहण गर्न ४३ मुलुकका ५ सय ४३ जनाले अनुमति लिएका छन् ।

बिज्ञापन

पर्यटन विभागका अनुसार आरोहण अनुमति लिनेमा ४३ देशका नागरिक छन्। आरोहण अनुमतिबाट विभागले ३७ करोड ७३ लाख ८३ हजार १ सय ६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। जारी सिजनमा ६१ समूहका ४ सय २४ पुरुष र १ सय १९ महिलाले आरोहण अनुमति पाएको विभागले जनाएको छ ।

बिज्ञापन

जसअनुसार,विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि २२ समूहका २ सय ३४ जनाले अनुमति लिएका छन् । यसरी अनुमति लिनेमध्ये ४२ महिला र १९२ पुरुष छन् ।

पर्यटन विभागका अनुसार सगरमाथाबाट मात्र सरकारलाई ३३ करोड २७ लाख ३७ हजार रुपैयाँ राजस्व प्राप्त सङ्कलन भएको छ। अनुमति लिनेमध्ये सबैभन्दा धेरैले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् भने दोश्रोमा अमादब्लम (६८१४ मिटर)का लागि ६ समूहका ६६ जनाले अनुमति लिएका छन्।

बिज्ञापन

यस्तै मकालु (८४६३ मिटर) को लागि चार समूह का ४५ जनाले अनुमति लिएका छन्। चौथोमा लोत्से (८५१६ मिटर) को लागि ४ समूहका ४० जनाले अनुमति लिएका छन् ।

आरोहण अनुमति लिनेमा संयुक्त राज्य अमेरिकाका ४८, चिनियाँ २५, जापानी १८, बेलायती १६, रसियाली १६, पोलिस ९, अस्ट्रेलियाली ९ जना छन् । यी मुलुकबाहेक अन्य ३५ मुलुकबाट न्यूनतम १ देखि अधिकतम ६ जनासम्म आरोहीहरू नेपाल आएका छन् । त्यसैगरी नेपालबाट हालसम्म ७ जनाले आरोहण अनुमति लिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रिक्त २१ जिल्ला न्यायाधीशका लागि खुल्यो विज्ञापन

‘मन्त्रालयले खटाएको उपसचिवसँग स्थानीय तहको अनुभव छैन,अर्काे पठाउनु’

मितव्ययिता देखावटी, राज्यको ढुकुटी खाने वास्तविक खेल भित्रै

यी कर्मचारीको चलाखीले आगजनीबाट जोगियो भौतिक मन्त्रालय र संसद सचिवालय

आत्मचेतनाद्वारा कर्म र चरित्रको उन्नति

भ्रष्टचारमा मुछिएका लेखापाल जोगाउन पालिका कार्यालयमा आगजी

कर तिर्ने समय एक महिना थप

आज देशभर शोक बिदा

बिशेष