कार्यालय प्रमुखसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख,इन्जिनियर,सब इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले उनीहरुलाई १ करोड २६ लाख बढी नोक्सानी गरेको अभियोगसहित आज विशेष अदालतमा मुद्धा लगेको हो ।

बिज्ञापन

अभियोगपत्रमा सप्तरीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भवन निर्माणमा भ्रष्टाचार भएको भन्दै तत्कालीन कार्यालय प्रमुखसहित पाँच जनाविलाई प्रतिवादी बनाइएको छ । भेटेरिनरी कार्यालय भवन निर्माणको बोलपत्र प्रक्रियामा अनियमितता गरी राज्यलाई १ करोड २६ लाख ९६ हजारभन्दा बढी नोक्सानी पुर्‍याएको दाकीसहित अख्तियारले तत्कालीन कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा प्रभात झा, इन्जिनियर अशोक कुमार सिंह र असिस्टेन्ट सब इन्जिनियर प्रेम कुमार सिंह,राधा कृष्ण निर्माण सेवाका प्रबन्धक कौशल्या कुमारी रजकलाई पनि प्रतिवादी बनाइएको छ ।

बिज्ञापन

अभियोगपत्र अनुसार राम निर्माण सेवाले २ करोड ८९ लाख ६४ हजार २४१ रुपैयाँ कबोल गरेकोमा सो कम्पनीलाई ठेक्का नदिइ ४ करोड १६ लाख ६० हजार ५१० रुपैयाँ कबोल गर्ने राधा कृष्ण निर्माण सेवालाई ठेक्का दिइएको थियो । यसरी कम कबोल गर्ने कम्पनीलाई नदिई बढी रकम कबोल गर्ने कम्पनीलाई ठेक्का दिँदा राज्यलाई १ करोड २६ लाख ९६ हजार २६८ रुपैयाँ ७१ पैसा थप व्ययभार पर्न गई प्रत्यक्ष हानि नोक्सानी भएको देखिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले आरोपित कर्मचारीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम बिगो बमोजिमको जरिवाना र कैद सजायको माग गरेको छ । साथै, गलत मूल्याङ्कन प्रतिवेदन तयार पारेकोमा थप सजायको समेत मागदाबी गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

थप ४९ शाखा अधिकृतको सरुवा : १२ लाई अध्यागमन विभाग

“भन्सारको गाडीमा सशस्त्र–नेपाल प्रहरीको तानातान, एसपीलाई भन्सार अधिकृतको ‘आईजीपी–गृहमन्त्री’ धम्की”

मालपोतका तत्कालीन प्रमुखसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्वोच्चको आदेश : लोक सेवा आयोगको नतिजा प्रकाशनमा ढिलाइ नगर्नू

लेखाका कर्मचारीको सरुवाको तयारी,१५ असोजभित्रै दिनुपर्नेछ आवेदन

विज्ञापन संघका पूर्व अध्यक्षलाई विज्ञापन वोर्डको नेतृत्व

सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम

काँग्रेसी कर्मचारी युनियनमा कलह

बिशेष